
काठमाडौं । रत्नराज्यलक्ष्मी क्याम्पस(आरआर)को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति पदका लागि नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट विनाेदराज जाेशीले उम्मेदवारी दर्ता गरेका छन् ।
चैत्र ५ गते सम्पन्न हुने स्ववियु निर्वाचनको लागि नेविसंघबाट जोशिले सभापति पदको लागि उम्मेदवारी दर्ता गरेका हुन् ।
विद्यार्थीहरुमाझ लोकप्रिय जोशीले हरेक विद्यार्थीको समस्यामा निरन्तर रूपमा सहयोग गर्दै आइरहेका छन् ।
आरआरमा यि हुन् नेविसंघबाट दर्ता गरेका उम्मेदवारहरु –
सभापति – बिनोद राज जोशी
सचिब- अन्जन बस्नेत
कोषाध्यक्ष – शारदा पौडेल
सदस्य-: शेखर रोकाया
सदस्य- हिमेन्द्र नाथ शर्मा
सदस्य- वसन्त थिङ
सदस्य – प्रेरणा शाहि
सदस्य- लोकेश बुढा
सदस्य- सङ्गिता खत्री
सदस्य -रबिन राज खत्री
सदस्य -विशाल पौडेल उपाध्याय
आरआरमा अनेरास्ववियुबाट लोकेश खड्का र अखिल क्रान्तिकारीबाट संगम कुमार लामाले सभापति पदमा उम्मेदवारी दर्ता गरेका छन् ।










