२०८३ बैशाख १७ बिहीबार
२०८३ बैशाख १७ बिहीबार

काठमाडौं । रत्नराज्यलक्ष्मी क्याम्पस(आरआर)को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति पदका लागि नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट विनाेदराज जाेशीले उम्मेदवारी दर्ता गरेका  छन् ।

चैत्र ५ गते सम्पन्न हुने स्ववियु निर्वाचनको लागि नेविसंघबाट जोशिले सभापति पदको लागि उम्मेदवारी दर्ता गरेका हुन् ।

विद्यार्थीहरुमाझ लोकप्रिय जोशीले हरेक विद्यार्थीको समस्यामा निरन्तर रूपमा सहयोग गर्दै आइरहेका छन् । 

आरआरमा यि हुन् नेविसंघबाट दर्ता गरेका उम्मेदवारहरु –

सभापति – बिनोद राज जोशी

सचिब- अन्जन बस्नेत

कोषाध्यक्ष – शारदा पौडेल 

सदस्य-: शेखर रोकाया

सदस्य- हिमेन्द्र नाथ शर्मा

सदस्य- वसन्त थिङ

सदस्य – प्रेरणा शाहि

सदस्य- लोकेश बुढा

सदस्य- सङ्गिता खत्री

सदस्य -रबिन राज खत्री

सदस्य -विशाल पौडेल उपाध्याय

आरआरमा अनेरास्ववियुबाट लोकेश खड्का र अखिल क्रान्तिकारीबाट संगम कुमार लामाले सभापति पदमा उम्मेदवारी दर्ता गरेका छन् । 

काठमाडौं । चैत्र ५ मा हुने स्ववियु निर्वाचनका लागि बानेश्वर बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ(नेविसंघ) बाट निराजन कार्कीले सभापति पदमा उम्मेदवारी दिएका छन् ।

विद्यार्थीहरुमाझ लोकप्रिय कार्कीलाई नेविसंघले स्ववियु सभापतिको उम्मेदवार बनाएको हो ।

विविएस चौथो वर्षमा अध्ययनरत कार्कीले विद्यार्थीहरुको हकहितको निम्ति क्याम्पसमा निरन्तर आवाज उठाउँदै आइरहेका छन् । 

बानेश्वर क्याम्पसमा दुई हजार छ सय मतदाता रहेका छन् ।

काठमाडौ । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादीलाई लोकतन्त्र भित्र आफ्नो ठाउँ खोज्न सुझाव दिनुभएको छ।

प्रतिनिधि सभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो।

‘‘लोकतन्त्र जति प्रचण्डको हो त्यत्ति नै व्यक्ति ज्ञानेन्द्रको हो भन्ने मान्यता हामी सबै राजनीतिक दलले राखेका छौँ’’,उहाँले भन्नुभयो, ‘‘राजावादीलाई मेरो आग्रह छ लोकतन्त्र भित्र आफ्नो ठाउँ खोज्नुहोस्।’’

राजावादी सक्रिय हुनुको पछाडि सरकारको शासकीय शैली र त्यसबाट उत्पन्न भएको असन्तोष रहेको टिप्पणी समेत प्रचण्डले गर्नुभएको छ। उहाँले राजावादी सक्रिय हुनुको पछाडि संगठित प्रयास रहेको आशंका व्यक्त गर्नुभएको हो। उहाँले व्यवस्था उल्ट्याउनका लागि देशभित्र र देशबाहिरका चलखेल समेत मिसिएको बताउनुभयो। प्रचण्डले नेपालमा शान्ति प्रक्रिया मात्र नभई गणतन्त्रणको इतिहास समेत मौलिक र उदार रहेको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘राजावादीका पछि संगठित प्रयास छ भन्ने कुरा हामीलाई थाहा छ। यसमा देशभित्र र देश बाहिरका चलखेल पनि मिसिएका छन्। तर यस खालका चलखेल आजमात्र भएका होइनन्। नेपालमा यस्ता खालका चलखेल हिजो पनि थिए, अस्ति पनि थिए। तर अहिले किन वृद्धि भयो मुख्यतः प्रश्न यहाँनिर रहेको छ।’’

उहाँले पूर्व राजाको सुरक्षासहित ल्याइएको गणतन्त्रमाथि प्रहार गर्न खोजिए अबको क्रान्ति निकै निर्मम हुने समेत चेतावनी दिनुभयो।

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।