२०८३ बैशाख १९ शनिबार
२०८३ बैशाख १९ शनिबार

चनखुमा माघ १७ गते ह्याङ्लाले ल्होछार कार्यक्रम गर्दै 

रामेछाप । मन्थली नगरपालिका वडा नम्बर -१० चनखुमा यसबर्ष पनि सोनाम ल्होछार मनाउने भएको छ । “तामाङ भाषा,कला धर्म र संस्कृति हाम्रो पहिचान ,यसको संरक्षण र प्रवर्द्धन गर्ने हाम्रो अभियान ” भन्ने मुल नाराको साथमा ह्याङ्ला ह्युल सामुदायिक संस्थाले गर्दै आइरहेको ल्होछार कार्यक्रम माघ १७ गते गर्न लागेको संस्थाको अध्यक्ष कुलमान योन्जनले जानकारी दिए ।

तामाङको १२ वटा वर्गमा प्रत्येक बर्षमा एउटा वर्गलाई विदाई गर्दै अर्कोलाई स्वागत गरेर सोनाम ल्होछार मान्ने गरेको छ । यसपटक गडुल वर्गलाई विदाई गर्दै सर्प वर्गलाई स्वागत गरेर कार्यक्रम गर्न लागेको आयोजक संस्थाले बतायो ।

कार्यक्रममा तामाङ मौलिक डम्फु नाचको साथमा  विभिन्न मौलिक नृत्यहरु देखाइने आयोजकले जनाएको छ ।

चनखुमा ह्याङ्लाले २०७४ सालदेखि निरन्तर रूपमा ल्होछार कार्यक्रम गर्दै आइरहेको छ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।