२०८२ मंसिर २३ मंगलवार
२०८२ मंसिर २३ मंगलवार

क्यानद्वारा क्याप्टेन विजय लामामाथि कारबाही, उडानमा अनिश्चितकालीन प्रतिबन्ध

काठमाडौँ — नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट क्याप्टेन विजय लामामाथि कारबाही गर्दै उडानमा अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको छ। उडान सञ्चालनसम्बन्धी मापदण्ड उल्लङ्घन गरेको ठहरसहित प्राधिकरणले यस्तो कदम चालेको हो।

क्यानका अनुसार लामाले उडानको क्रममा फोटो तथा भिडियो खिचेर भ्लग तयार पारेको पाइएको छ, जसले उडान सुरक्षा मापदण्ड र नियमनको स्पष्ट उल्लङ्घन गरेको मानिएको छ। उडानको वातावरणमा ध्यान केन्द्रित गर्नुपर्ने अवस्थामा भ्लग बनाउने गतिविधि सुरक्षा जोखिममा पर्ने कारण क्यानले कडा निर्णय लिएको बताइएको छ।

प्राधिकरणले नेपाल वायुसेवा निगमको अपरेसन विभागलाई पत्र पठाउँदै अर्को सूचना नआउँदासम्म रोस्टरबाट हटाई जहाज उडाउन नदिन निर्देशन दिएको छ। यस विषयमा निगम र प्राधिकरणबीच थप समन्वय भइरहेकाे जनाइएको छ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।