२०८२ जेष्ठ ९ शुक्रबार
२०८२ जेष्ठ ९ शुक्रबार

तोकिएकै मितिमा स्ववियु निर्वाचन हुनुपर्ने अनेरास्ववियुको माग

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले तोकिएकै मितिमा स्ववियु निर्वाचन हुनुपर्ने माग गरेको छ ।

त्रिभुवन विश्वविद्यालयले १५ फागुनमा स्ववियु निर्वाचन गर्ने जनाएको छ । सोही मितिमा स्ववियु निर्वाचन हुनुपर्ने भन्दै अनेरास्ववियुले विश्वविद्यालय पदाधिकारीसँग छलफल गर्ने भएको छ ।

बिहीबार १२औं सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै अनेरास्ववियुले तोकिएकै मितिमा स्ववियु निर्वाचन गर्न दबाब दिन सर्वपक्षीय छलफल समेत आह्वान गरेको छ ।

अनेरास्ववियुले स्ववियु निर्वाचनका लागि २५ र २६ पुसमा तयारी कार्यशाला सञ्चालन गर्ने भएको छ । कार्यशालामा देशभरिका अनेरास्ववियुका जिल्ला अध्यक्षहरू सहभागी हुनेछन् ।

बैठकले २०८१ चैत मसान्तभित्र २४औं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय समेत गरेको छ । काठमाडौंमा ६, ७ र ८ माघमा बस्ने केन्द्रीय कमिटीको बैठकपछि स्ववियु निर्वाचनलाई असर नपर्ने गरी महाधिवेशनको कार्यसूची र स्थान सार्वजनिक गर्ने निर्णय बैठकले गरेको छ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।