
काठमाडौं । धादिङ जिल्ला, गजुरी गाउँपालिका–४ की १७ वर्षीय सरिता तामाङको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धादिङ गजुरी– ३ का २४ वर्षीय विश्वास तामाङ रहेका छन् । गत मंसिर २९ गते रातिदेखि सरिता हराएको भनी उनका दाई नविनले हुलियासहित निवेदन दिएसँगै परिसर काठमाडौं तथा मातहत कार्यालयहरुबाट खोजतलास भएको थियो ।
सो क्रममा हिजो (बुधबार) दिउँसो ३ बजेतिर काठमाडौंको चन्द्रागिरी नगरपालिका–१० सतुङगलस्थित आफ्नै कोठाको लो वेड मुनि सरिता मृत अवस्थामा फेला परेकी थिईन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको अनुसन्धान टोलीले घटनास्थलको अध्ययन, विश्लेषण तथा विभिन्न प्रविधिको प्रयोग गरी संलग्न व्यक्तिलाई खोजतलास गर्ने क्रममा काठमाडौं–१४ खड्कागाउँस्थित डेरागरी बस्ने विश्वास तामाङलाई पक्राउ गरेको हो ।
अभियुक्त विश्वास तामाङको साथबाट मृतक सरिताले प्रयोग गरेको मोबाइल फोनसमेत बरामद भएको प्रहरीले जनाएको छ ।
काठमाडौं । एन्जल्स हार्ट र न्युटन प्रथम हिमरश्मि कप यु–१९ कलेज÷स्कुल उपत्यकाव्यापी छात्र भलिबल प्रतियोगितामा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
एन्जल्स हार्टले लालीगुराँस नेसनल एकेडेमीलाई २५–२० र २५–२१ तथा न्युटनले पासाङ ल्हामुलाई २५–२३ र २५–१२ को सोझो सेटमा पराजित गरे ।
नेपाल राष्ट्रिय कलेजले ग्रामिणलाई २५–१६ र २५–२१, ग्लोसियरले ओरियन्ट कलेजलाई २५–१८, २१–२५ र १५–११, आयोजक हिमरश्मिले गीताञ्जलीलाई २५–२२ र २५–२०, सेन्ट लरेन्सले प्रारम्भलाई २५–१० र २५–१७, जय मल्टिपल क्याम्पसले चाणक्यलाई २२–२५, २५–१२ र १५–१३ तथा युनिग्लोबले मानसिंहलाई २२–२५, २५–१२ र १५–१० को सेटमा हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
क्वाटरफाइनल हिमरश्मि र ग्लेसियर, नेपाल राष्ट्रिय र एन्जल्स हार्ट, न्युटन र युनिग्लोब तथा सेन्ट लरेन्स र जय मल्टिपलबीच हुनेछ ।
काठमाडौं । सर्वोच्च अदालतले सरकारलाई जनयुद्ध शब्द प्रयोग नगर्न अन्तरिम आदेश जारी गरेको छ । संवैधानिक इजलासले गत मंसिर २६ गते गरेको निर्णय आज प्रमाणीकरण भएको हो।
संघीय सरकार र मधेस सरकारको बजेट वक्तव्यमा जनयुद्ध शब्द प्रयोग भएकोमा सो शब्द संविधान विपरित रहेकोले हटाउन माग गर्दै ज्ञानेन्द्रराज आरणले सर्वोच्चमा रिट दायर गरेका थिए।
सर्वोच्चका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्माको इजलासले आव २०८१-८२ को बजेट वक्तव्यको बुँदा नं २, विनियोजन ऐन २०८१ मा र मधेस प्रदेशको बजेटमा प्रयोग भएको जनयुद्ध शब्द हाललाई प्रयोग नगर्न आदेश जारी गरेको हो ।
जनयुद्ध शब्द संविधानको प्रस्तावना र धारा ४२(५) प्रतिकूल भएको सर्वोच्चको ठहर छ ।
काठमाडौ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य रञ्जिता श्रेष्ठ चौधरीले हालै सार्वजनिक भएको रवि लामिछानेको हिरासत बसाइको फोटो हेर्दा रेशम चौधरीमाथि अन्याय भएको महसुश भएको बताएकी छन् ।
उनले रेशम नेलसहित अस्पतालको बेडमा रहेको फोटो सार्वजनिक गर्दै ‘उहाँ यसरी बस्नु हुन्थ्यो, अहिले त धेरै सुख सुविधा हुने रहेछ कारागारमा’ भनेकी छन् ।
‘पूर्व गृहमन्त्री माननीय रवी ज्यूको फोटो भाइरल भैरहेको अवस्थामा हामीमाथी चाही विभेद भएकै हो जस्तो महसुस भयो । हाम्रो नागरीक उन्मुक्ती पार्टीको जन्मदाता त्यस समय उहाँ पनि जन निर्वाचित सासंद नै हुनुहुन्थ्यो,’– उनले भनेकी छन् ।
काठमाडौँ । जनकपुर बोल्ट्स सिद्धार्थ बैक नेपाल प्रिमियर लिग(एनपिएल)को फाइनलमा प्रवेश गरेको छ ।
दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्समाथि २ विकेट जित निकाल्दै जनकपुर बोल्ट्स फाइनलमा प्रवेश गरेको हो ।
अब जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स उपाधिका लागि शनिवार भिड्ने छन् ।
जितका लागि १ सय १९ रनको लक्ष्य पाएको जनकपुर बोल्ट्सले १९ ओभरमा ८ विकेट गुउमाउँदै लक्ष्य पुरा गर्यो ।
कर्णालीको जितमा जेम्स निशामले आक्रामक पारि खेले । उनले १७ बलमा ४५ रन बनाए ।
काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकमा उपसमितिले पेस गरेको प्रतिवेदनमाथि प्रधानमन्त्री केपी शर्मा ओलीको कुनै हस्तक्षेप नरहेको स्पष्ट गरेका छन् ।
सभापति खतिवडाले समिति स्वतन्त्र रूपमा आफ्नो काममा क्रियाशील रहेको तथा यसका काममा ‘प्रधानमन्त्री ओलीको चासो’ भन्ने आधारहीन प्रचार भएकामा त्यसको प्रतिवाद गरे । ‘कसले दुष्प्रचार गरेको हो जानकारी छैन’, उनले भने ।
उपसमितिले नीतिगत बाहेकका विषयमा मन्त्रिपरिषद्ले गरेको निर्णयमाथि पनि आयोगले अनुसन्धान गर्न सक्ने गरी संशोधन गर्न सुझाव दिएको थियो ।
काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले तोकिएकै मितिमा स्ववियु निर्वाचन हुनुपर्ने माग गरेको छ ।
त्रिभुवन विश्वविद्यालयले १५ फागुनमा स्ववियु निर्वाचन गर्ने जनाएको छ । सोही मितिमा स्ववियु निर्वाचन हुनुपर्ने भन्दै अनेरास्ववियुले विश्वविद्यालय पदाधिकारीसँग छलफल गर्ने भएको छ ।
बिहीबार १२औं सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै अनेरास्ववियुले तोकिएकै मितिमा स्ववियु निर्वाचन गर्न दबाब दिन सर्वपक्षीय छलफल समेत आह्वान गरेको छ ।
अनेरास्ववियुले स्ववियु निर्वाचनका लागि २५ र २६ पुसमा तयारी कार्यशाला सञ्चालन गर्ने भएको छ । कार्यशालामा देशभरिका अनेरास्ववियुका जिल्ला अध्यक्षहरू सहभागी हुनेछन् ।
बैठकले २०८१ चैत मसान्तभित्र २४औं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय समेत गरेको छ । काठमाडौंमा ६, ७ र ८ माघमा बस्ने केन्द्रीय कमिटीको बैठकपछि स्ववियु निर्वाचनलाई असर नपर्ने गरी महाधिवेशनको कार्यसूची र स्थान सार्वजनिक गर्ने निर्णय बैठकले गरेको छ ।
काठमाडौं– वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धनुषा गणेशमान चारधाम नगरपालिका-४ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ जोरपाटी बस्ने ३८ वर्षीय राज कुमार चौधरी र धनुषा मटिहानी नगरपालिका-९ घर भई काठमाडौं महानगरपालिका-९ गौशाला बस्ने ३९ वर्षीय रूपेश कुमार चौधरी रहेका छन् ।
पक्राउ मध्ये राज कुमारले पोल्याण्ड पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख ३० हजार रूपैयाँ र रूपेश कुमारले सिंगापुर पठाइदिन्छु भन्दै १ जना पीडितबाट १६ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राज कुमारलाई काठमाडौं काँडाघारीबाट मंगलबार र रूपेश कुमारलाई काठमाडौं टेकुबाट बुधबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।





