२०८२ असार २८ शनिबार
२०८२ असार २८ शनिबार

नेपाल प्रहरीमा ठुलो संख्यामा नयाँ भर्ना खुल्यो

काठमाडौं । नेपाल प्रहरीमा नयाँ भर्ना खुलेको छ । जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र कार्यालय सहयोगी पदमा १ हजार २ सयभन्दा बढी संख्यामा भर्ना खुलेको हो ।

प्रहरी जवानमा १ हजार १६५ जना, कार्यालय सहयोगी (भान्छे) पदमा ४७ र कूचीकार पदमा ११ जनाका लागि भर्ना खुलेको हो ।

भर्ना फारम बुझाउने म्याद यही मंसिर २७ गतेदेखि पुस ७ गतेसम्म छ ।

जवान पदका लागि ३०० रुपैयाँ दस्तुर तोकिएको छ । साथै एकभन्दा बढी समूहमा दरखास्त दिने उम्मेदवारका लागि प्रत्येक समूहमा थप ६० रुपैयाँ दस्तुर लाग्दछ ।

कार्यालय सहयोगी पदका लागि भने २०० रुपैयाँ दस्तुर तोकिएको छ । साथै एकभन्दा बढी समूहमा दरखास्त दिने उम्मेदवारका लागि प्रत्येक समूहमा थप ४० रुपैयाँ दस्तुर लाग्दछ ।

जवान पदका लागि १८ वर्ष उमेर पूरा भई २३ वर्ष ननाघेको र कार्यालय सहयोगी पदका लागि १८ वर्ष उमेर पूरा भई २५ वर्ष ननाघेको हुनुपर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

https://www.khabarpetika.com/2024/12/06/9176/

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।