२०८३ बैशाख १७ बिहीबार
२०८३ बैशाख १७ बिहीबार


काठमाडौं । काठमाडौं युरो स्कुल, गोंगबुले करातेकी एरिका गुरुङ र राष्ट्रिय महिला फुटबल टोलीकी सरु लिम्बूलाई शुक्रबार नगदसहित सम्मान गरेको छ । काठमाडौं युरोले स्पोर्ट्स मिटको समापन कार्यक्रममा दुवै खेलाडीलाई खेलकुदको माध्यमबाट राष्ट्रलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन महत्वपूर्ण योगदान गरेवापत सम्मान गरेको हो ।
काठमाडौं युरोका अध्यक्ष प्रमोद पाण्डे, बोर्ड अफ डाइरेक्टर राजाराम पुडासैनी र ज्ञानेन्द्रमान जोशी, शैक्षिक निर्देशक डा. दीपक गुप्ता तथा भाइस प्रिन्सिपल राममणि पौडेलले एरिका र सरुलाई नगदसहित प्रशंसा पत्र प्रदान गरी एक कार्यक्रमबीच सम्मान गरे ।
सोही अवसरमा एरिका र सरुले स्पोर्ट्स मिटका विभिन्न खेलमा पदक जित्न सफल खेलाडीलाई पुरस्कृत पनि गरे । स्पोर्ट्स मिटमा फुटबल, बास्केटबल, एथलेटिक्स, कबड्डी र विभिन्न परम्परागत खेलमा प्रतिस्पर्धा भएको थियो ।
काठमाडौं युरो स्कुलले विगतमा ‘साम्बा’ उपनामले चिनिने राष्ट्रिय महिला टोलीकै सावित्रा भण्डारी, दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता करातेका दीपक श्रेष्ठ र मन्डेकाजी श्रेष्ठ, १३ औं सागका स्वर्ण विजेता साइक्लिङका बुद्धिबहादुर तामाङ, करातेका पर्शुराम बाँस्तोला, फुटबलका प्रज्ज्वलप्रताप क्षेत्री, सागका कीर्तिमानी धावक वैकुण्ठ मानन्धर, करातेका सुमन तिमल्सिनालगायतलाई सम्मान गरेको थियो ।
एसियाली खेलकुद र एसियाली सिनियर कराते च्याम्पियनसिपकी ऐतिहासिक रजत विजेता एरिकाले आफूले समग्रमा खेलेको ६ अन्तर्राष्ट्रिय प्रतियोगितामा ४ स्वर्ण, ३ रजत र १ कांस्य जितेकी छन् । इटालीमा भएको १३ औं विश्व कराते च्याम्पिन्सिपमा भने एरिकाले एक ‘बाउट’ जितिन् ।
राष्ट्रिय महिला फुटबल टोलीकी उत्कृष्ट मिडफिल्डर सरुले भारत र पाकिस्तानमा व्यवसायिक लिग खेलेकी छन् ।

विशेषतः जाडो मौसममा केही रोगले निकै सताउने गर्छ । जाडो मौसमसँगै विभिन्न खालका स्वास्थ्य समस्याहरु देखा पर्दछन् । त्यसैले जाडोको समयमा चिसोका कारण हुने विभिन्न खालका रोगबाट मानिसहरु पीडित हुने गर्छन् । केही वर्गलाई जाडोले खासै असर नगरे पनि धेरैका लागि जाडो मौसम अप्रिय हुन सक्छ । वरिपरिको चिसो वातावरणका कारण शरीरमा ह्वात्तै तातो घट्छ र चिसो महशुस हुन्छ । शरीरलाई नयाँ मौसममा एडजस्ट हुन पनि गाह्रो हुन्छ, जसका कारण विभिन्न रोगको जोखिम बढ्छ ।

विशेषगरी जाडो मौसममा हुने मुख्य १० स्वास्थ्य समस्याहरु यस्ता छन् :

१. निमोनिया
जाडो मौसममा निमोनियाको संक्रमण बढी हुने गर्दछ । जाडो मौसममा ब्याक्टेरिया र भाइरसहरु सक्रिय हुन्छन् जसका कारण धेरैलाई निमोनिया हुने गर्छ । फोक्सोको तन्तुहरू संक्रमित भई फोक्सोमा देखा परेको प्रदाहत्मक स्थितिलाई चिकित्सकीय भाषामा निमोनिया भनिन्छ । नेपालमा वर्षेनी निमोनियाका बिरामी बढ्ने गरेको छ । विशेषगरि पाँच वर्ष मुनिका बालबालिका, दीर्घरोगी, वृद्धवृद्धा तथा गर्भवती महिला निमोनियाको उच्च जोखिममा हुन्छन् । संसारमा पाँच वर्ष मुनिका बालबालिकाको मृत्युको मुख्य कारण निमोनियालाई मानिन्छ ।

निमोनिया श्वास प्रणालीको सबैभन्दा तल्लो भाग वायुकोष्ठिकाको संक्रमण हो । निमोनियाको संक्रमण फोक्सोको तन्तुहरूमा भाइरस, ब्याक्टेरिया, फङ्गस (ढुसीको), माईकोप्लास्म वा परजीविहरुको संक्रमण तथा अनियमित किटाणुले हुने गर्छ । अधिकांश स्थितिमा निमोनिया हुँदा फोक्सोको क्रियात्मक इकाई आल्वियोलाई (फोक्सोको तन्तु र रक्तकोषीका बीच प्राण वायुको आदान प्रदान हुने थैली) संक्रमित हुने गर्दछ । निमोनिया हुँदा धेरै तिब्र ज्वरो आउने, जिउ दुख्ने, थकान महसुस हुने, खोकी लाग्ने, खोक्दा हरियो वा खैरो रंगको खकार आउने र कहिले काहि खकारमा रगत पनि देखिने, चिसोको महसुस हुने, रुघाखोकी लाग्ने, छाती दुख्ने र सास फेर्न गाह्रो हुने जस्ता समस्या देखिन्छ ।

२. पिनास
पिनासले जाडो मौसममा विशेष गरी दुःख दिने गर्छ । शुरुमा रुघा लाग्छ र बेवास्ता गर्दै जाँदा त्यसले पिनासको रुप धारण गर्छ । जसले शारिरिक जटिलता निम्त्याउने गर्छ । हाम्रो नाकसँग जोडिएको हड्डी भित्र खोपिल्टो हुन्छ । यसलाई चिकित्सा विज्ञानमा साइनस भनिन्छ । नाकभित्रको पानी चिसोका कारण बाहिर निस्कन नसकेपछि खोपिल्टो बस्छ । यसरी पानी भरिएपछि नाकभित्रको साइनस तन्तुमा आक्रमण गर्छ र पिनासको समस्या उत्पन्न हुन्छ । पिनास सामान्य रोग जस्तो देखिए पनि यसले दीर्घकालीन रूपमा ठूलो समस्या सिर्जना गर्छ ।

यसले गर्दा नाकबाट पानी जस्तो पातलो सिंगान बग्छ, नाक बुझिन्छ, शिरमा अत्यन्त पीडा हुने, रिंगटा लाग्ने, नाक सुक्खा हुने, रुघा लाग्ने, टाउको भारी भएर दुख्ने, पिनासको ग्रन्थिको क्षेत्रमा दबाब दिँदा दुख्ने, स्वर परिवर्तित हुने, नाकको वरिपरि वा आँखाको ठीकमाथि पीडा हुने, गन्ध ग्रहण शक्ति कमजोर हुने, ज्वरो आउने, निरन्तर रुघा लाग्ने, बेचैनी बढ्ने, नाक तथा अनुहार वरिपरि सुन्निएको अनुभव हुने, घाँटी खसखसाउने, थकान हुने, पटक–पटक हाच्छयुँ आउने, नाकबाट स्वास फेर्न गाह्रो हुन्छ । यसको समयमै उपचार नगरे संक्रमणको समस्या नाकसँगै मस्तिष्क, आँखा तथा घाँटीसम्मै पुग्दछ ।

३. दम
जाडो मौसममा बढी हुने समस्यामध्ये दम पनि एक हो । जाडो मौसममा दमका रोगीलाई निकै गाह्रो हुने गर्छ । जाडो मौसममा चिसो र सुख्खा हावाले श्वासप्रश्वासका नलीहरू खुम्चने समस्या हुन्छ । यसरी नली खुम्चिएपछि श्वासनली साँघुरो बन्दै जान्छ र श्वासप्रश्वासमा बाधा उत्पन्न हुन थाल्छ । खासगरी बृद्धबृद्धालाई यस रोगले धेरै सताउने गर्छ । त्यसैले यस्ता रोग भएका बृद्धबृद्धाको विशेष ख्याल गर्नुपर्ने हुन्छ । धेरै दम बढेमा त्यसले मुटुमा पनि असर गर्छ र मुटुको समस्या पनि थपिन सक्छ । चिसो हावा, धुलो धुवाँ आदिका कारण यो समस्या पैदा हुन्छ । तसर्थ जाडो भयो भनेर घरमा अनावश्यक आगो वा धुवाँ बाल्नु हुँदैन । घरबाट बाहिर निस्किँदा न्यानो कपडा लगाएर तथा टाउको र कान समेत छोपेर हिड्नुपर्छ ।

४. रुघाखोकी
जाडो यामको अर्को मुख्य समस्या भनेको रुघाखोकी हो । जाडोयाम सुरु हुनासाथ मौसममा आउने परिवर्तनका कारण रुघाखोकीको समस्या देखिन थाल्छ । सिजनल भाइरसका कारण जाडो मौसममा रुघाखोकीका बिरामी अत्यधिक बढ्ने गरेको पाइन्छ । किनभने जाडोमा इन्फ्लुएन्जाका कीटाणु र भाइरसहरु बढी सक्रिय हुन्छन् । जसका कारण मानिसमा रुघाखोकी लाग्ने गर्छ । यस्तो संक्रमण एकबाट अर्कोमा सर्ने भएकाले पनि थुप्रै मानिसलाई प्रभाव पर्ने गर्छ । यो भाइरस कुनै संक्रमित व्यक्तिले खोक्दा, हाछ्युँ गर्दा, बोल्दा, मुखबाट निस्किने पानीका कणहरूमार्फत हावाका माध्यमबाट अर्को व्यक्तिमा सर्ने गर्छ । त्यसैले रुघाखोकी लागेको मानिससँग दुरी कायम गर्नुपर्छ । उनीहरूले प्रयोग गरेको सामान सकेसम्म प्रयोग गर्नु हुदैन । यसले खासगरी बच्चा तथा बुढाबुढीलाई आक्रमण गर्छ ।

५. बाथ, जोर्नी दुख्ने
जाडो मौसममा जोर्नी दुख्ने समस्या र बाथ रोगले पनि धेरैलाई सताउने गर्छ । हाम्रो शरीरभित्रको तापक्रम र बाहिरको तापक्रम नमिल्दा जोर्नी सम्बन्धी समस्या देखा पर्छन् । त्यसैले अधिकांश मानिस यस समस्याबाट पीडित हुने गर्छन् । जोर्नी दुख्ने समस्याले उठबस तथा हिँडडुल गर्नमै कठिनाई उत्पन्न हुन्छ । पाको उमेरका मानिसलाई यो समस्याले बढि सताउने भएपनि कहिलेकाहीँ बच्चाबच्ची तथा युवाहरुमा पनि यस्ता समस्या उत्पन्न हुन सक्छ । बाथका रोगीलाई चिसो मौसममा निकै गाह्रो हुन्छ । त्यसैले चिसो मौसममा जिउलाई न्यानो पारी राख्ने, रातको समयमा सुत्दा समेत बाक्लो कपडा ओढ्ने, जिउलाई सक्रिय राखिराख्ने, न्यानो लुगा लगाउने, पैतलालाई न्यानो बनाउने, पर्याप्त तातो झोलिलो खानेकुरा खाने, भिटामिन सी तथा डी युक्त खानेकुरा पर्याप्त खाने, क्याल्सियम खाने, सागपात, पोषणयुक्त खानेकुरा प्रशस्त मात्रामा खाने गर्नुपर्छ । यसले जोर्नीलाई चिसो हुनबाट बचाउँछ ।

६. एलर्जी
जाडोको समयमा एलर्जीको समस्या निकै धेरै हुन्छ । एलर्जीका कारण रुघा, खोकी, घाँटी दुख्ने, सुन्निने जस्ता समस्या पैदा हुन्छन् । जाडोमा हुने यस्ता एलर्जीले स्वास्थ्यमा पनि भिन्नै प्रकारको समस्या निम्त्याउने गर्दछ । यसको मुख्य कारण रोगप्रतिरोधी प्रणाली नै हो भने कतिपय अवस्थामा भने यो सधैभरि देखा पर्दछ । जाडोमा लगातार हाँच्छ्यिु आउनु र रुघाखोकी लाग्नु आफैमा एक प्रकारको एलर्जीको संकेत हो । सामान्यतया, एलर्जी हुनुमा हानिकारक भाइरस तथा व्याक्टेरिया मुख्य कारण हुने गर्छ । विशेषगरी, चिसो वा जाडो मौसममा शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुने गर्छ । जसले गर्दा यस्ता भाइरस तथा व्याक्टेरियाले शरीरमा छिटै असर गर्दछ । संवेदनशील छाला भएका व्यक्तिलाई पनि यो समयमा छाला सम्बन्धि धेरै समस्या हुने गर्छ ।

७. हृदयघात
जाडोमा धेरै मानिसलाई हृदयघात हुने गर्छ । तापक्रममा आएको गिरावटले रक्तनली साँघुरिने र मुटुमा रगत पम्प गर्न गाह्रो हुने हुन्छ । त्यस्तै जाडोमा रक्तचाप उच्च हुन्छ भने यसले नशाहरुमा बढी दख्खल दिन्छ । जसले गर्दा नशा फुट्ने गर्दछ । मुटुमा जमेर बसेको बोसो जाडोमा अझ धेरै जम्ने भएकाले यसले मुटुको नलीमा अवरोध उत्पन्न गरी हृदयघातको जोखिम बढाउँछ । जसका कारण मोटा र वृद्धवृद्धाहरुले जाडो मौसममा मर्निङ वाक गर्न उपयुक्त हुदैन ।

८.घाँटीको समस्या (टन्सिल)
चिसोमा देखिने अर्को प्रमुख समस्या हो, घाँटीको समस्या । जसमा पनि टन्सिल जाडोमा निम्तिने प्रमुख समस्या हो । जाडो मौसममा धेरैलाई घाँटीको संक्रमण हुने गर्दछ । यस्ता संक्रमणमध्ये धेरैजसो भाइरल इन्फेक्सनका कारण हुने गर्दछ । त्यसबाहेक, तापक्रममा आएको परिवर्तन, चिसो तातो मिसिएको खानेकुरा खाँदा पनि घाँटीलाई असर पार्छ । घाँटीको समस्याबाट जोगिनका लागि मनतातो पानीमा नुन राखेर कुला गरेको खण्डमा यस्ता समस्या सजिलै निको हुन्छ । मनतातो पानीले संक्रमण नहटे पनि घाँटी सुन्निन दिदैन । यस्तै झोल पदार्थ सेवन गर्ने, न्यानो कपडा लगाउने गर्नुपर्छ ।

९. हाइपोथर्मिया
शरीरको भित्री तापक्रम ३०० सेल्सियसभन्दा कम हुन गई उत्पन्न हुने समस्यालाई हाइपोथर्मिया भनिन्छ । शरीरको तापक्रम ३२ डिग्री सेल्सियस पुग्दासम्म शरीरले अनुकूल काम गर्छ तर त्योभन्दा कम भए शरीरमा अक्सिजनको परिपूर्तिमा ह्रास तथा कार्बनडाइक्साइडको मात्रामा वृद्धि भई शरीर काम्नुको साटो मांशपेशी कडा हुने, निदाउने, शिरा धमनी संकुचन हुने र रक्तचाप मुटुको चाल र श्वासप्रश्वास घट्दै जान्छ । जब शरीरको तापक्रम २६ डिग्री सेल्सियसभन्दा कम हुन्छ, बिरामी बेहोस हुन्छ । आँखाको नानी नचल्ने, जोर्नीहरूमा हुने टेन्डन रिफलेक्स हराएर जाने गर्छ । जब गुदद्वारको तापक्रम २५ डिग्री सेल्सियसभन्दा कम हुन्छ, तब व्यक्तिको मृत्यु हुन्छ ।

१०. छालामा समस्या
जाडो मौसममा छाला पनि जोखिममा हुन्छ । जाडोमा शरीरमा पानीको मात्रा कम भइरहन्छ । त्यसैले, पानी कम पिउने बानीका कारण छालामा समस्या देखिन थाल्छ । जाडोमा चिसोका कारण देखिने विभिन्न समस्याहरु मध्ये छाला सुख्खा हुने समस्या पनि प्रमुख हो । विशेषगरी वाहिरी वायुको तापक्रम कम हुदै जाँदा सुख्खा वायुका कारण छाला सुख्खा हुने गर्दछ । छाला सुक्खा हुने, चिलाउने, ओठ फुट्ने आदि हुन् । जाडो मौसममा छाला सुक्खा हुने समस्या धेरैलाई हुन्छ । चिसोका कारण पानीको मात्रा कम हुँदा छाला सुक्खा हुन्छ । छालाको एलर्जी, छाला चिलाउने, ओठ फुट्ने जस्ता समस्या चिसो मौसममा देखिने मुख्य समस्या हुन् । छालाको एलर्जीले जटिल समस्यासम्म निम्त्याउन सक्छ । छालामा हुने समस्याबाट बच्नका लागि प्रशस्त मात्रामा पानी पिउने गर्नु पर्छ ।

काठमाडौं । अनौपचारिक भ्रमणका सिलसिलामा नेपाल आएका भुटानी राजा (नरेश) जिग्मे खेसर नाम्गेल वाङचुक शुक्रबारै स्वदेश फर्किएका छन् । उनलाई परराष्ट्रमन्त्री आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरिन् ।

शुक्रबार बिहान काठमाडौं आएका भुटानी राजा वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शनसहित पूजाआजा गरेका थिए । भारतबाट स्वदेश फर्कने क्रममा उनी काठमाडौं आएका हुन् ।

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शिक्षकहरूको तलब भत्ता मासिक भुक्तानीको व्यवस्था गर्न स्थानीय तहहरूलाई परिपत्र गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पत्रका आधारमा प्रशासन मन्त्रालयले परिपत्र गरेको हो ।

‘शिक्षा ऐन, नियमावली तथा प्रचलित कानुनले कुनै शिक्षकको मासिक तलब भत्ता रोक्का राख्ने व्यवस्था गरेको अवस्थामा बाहेक शिक्षकले काम गरेबापत पकाएको तलब भत्ता मासिक भुक्तानी गर्ने व्यवस्था’ आवश्यक जानकारी तथा कार्यार्थ भन्दै मन्त्रालयले स्थानीय तहहरूलाई परिपत्र गरेको हो ।

यसअघि शिक्षा मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रकाशन मन्त्रालयलाई शिक्षा ऐन, नियमावली तथा प्रचलित कानुनले कुनै शिक्षकको मासिक तलब भत्ता रोक्का राख्ने व्यवस्था गरेको अवस्थामा बाहेक शिक्षकले काम गरेबापत पकाएको तलब भत्ता मासिक भुक्तानी गर्ने व्यवस्थाका लागि सबै स्थानीय तहमा परिपत्र गर्न भन्दै पत्र पठाएको थियो । शिक्षा मन्त्रालयले गत सोमबार पठाएको पत्र अनुरुप संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र गरेको हो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकहरूलाई मासिक रूपमा तलब निकासा गर्न स्थानीय तहहरूमा ताकेता गर्दै आएको थियो । देशभरका ७५३ वटै पालिकालाई सूचना जारी गर्दै केन्द्रले शिक्षकको तलब मासिक रूपमा भुक्तानी हुने व्यवस्था मिलाउन केन्द्रले भन्दै आएको थियो ।

https://mofaga.gov.np/notice-file/Notices-20241206040515822.pdf

काठमाडौं ।  वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा रामेछाप लिखु तामाकोशी गाउँपालिका-३ बिजुलकोट घर भई काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-९ नयाँबस्ती बस्ने ३४ वर्षीय उखिल बम्जन र कैलाली टिकापुर नगरपालिका-१ घर भई काठमाडौं महानगरपालिका-१० बुद्धनगर बस्ने २६ वर्षीय कमल रावल रहेका छन् । 

पक्राउ मध्ये उखिलले १ जना पीडितबाट १ लाख ४० हजार रूपैयाँ र कमलले १ जना पीडितबाट १ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उखिललाई काठमाडौं पिङगलास्थानबाट बुधबार र कमललाई काठमाडौं ताहाचलबाट बिहीबार पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

https://www.khabarpetika.com/2024/12/06/9182/

काठमाडौं । भुटानका राजा जिग्मे खेसर नाम्गेल वाङचुक अनौपचारिक भ्रमणका सिलसिलामा आज बिहान काठमाडौं आइपुगेका छन् ।

उनलाई परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी छन् ।

भुटानी राजा वाङचुकले स्वयम्भूनाथ र बौद्धनाथको दर्शन गरेर फर्कने कार्यक्रम छ ।

भारतबाट स्वदेश फर्कने क्रममा उनी काठमाडौं आएका हुन् । विमानस्थलबाट उनी करिब २ः४० बजे फिर्ता हुने तालिका छ ।

काठमाडौं । नेपाल प्रहरीमा नयाँ भर्ना खुलेको छ । जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र कार्यालय सहयोगी पदमा १ हजार २ सयभन्दा बढी संख्यामा भर्ना खुलेको हो ।

प्रहरी जवानमा १ हजार १६५ जना, कार्यालय सहयोगी (भान्छे) पदमा ४७ र कूचीकार पदमा ११ जनाका लागि भर्ना खुलेको हो ।

भर्ना फारम बुझाउने म्याद यही मंसिर २७ गतेदेखि पुस ७ गतेसम्म छ ।

जवान पदका लागि ३०० रुपैयाँ दस्तुर तोकिएको छ । साथै एकभन्दा बढी समूहमा दरखास्त दिने उम्मेदवारका लागि प्रत्येक समूहमा थप ६० रुपैयाँ दस्तुर लाग्दछ ।

कार्यालय सहयोगी पदका लागि भने २०० रुपैयाँ दस्तुर तोकिएको छ । साथै एकभन्दा बढी समूहमा दरखास्त दिने उम्मेदवारका लागि प्रत्येक समूहमा थप ४० रुपैयाँ दस्तुर लाग्दछ ।

जवान पदका लागि १८ वर्ष उमेर पूरा भई २३ वर्ष ननाघेको र कार्यालय सहयोगी पदका लागि १८ वर्ष उमेर पूरा भई २५ वर्ष ननाघेको हुनुपर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

https://www.khabarpetika.com/2024/12/06/9176/

काठमाडौं । युवा गायक सौगात जंग थापा र गायिका अनु चौधरीको ‘आवाजमा बाचा तोडदिन म’ बोलको गीत सार्वजनिक भएको छ ।

नविन कुमार शाहीको शब्दमा रहेको गीतलाई गायक थापाले नै संगीत दिएका छन् ।

मोडल अनुजा सिंह र ज्ञानु नेपालीको अभिनय रहेको भिडियोलाई चक्र बहादुर बरालले छायांकन गरेका हुन् भने अमृत चापागाँइले सम्पादन गरेका हुन् ।

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।