२०८२ जेष्ठ ९ शुक्रबार
२०८२ जेष्ठ ९ शुक्रबार

गणतन्त्र सेनानी कोषले प्रचण्डसहित १५ जना पूर्वकमान्डरहरूलाई सम्मान गर्ने

काठमाडौँ । गणतन्त्र सेनानी कोषले पूर्वजनमुक्ति सेनाका सर्वोच्च कमान्डर पुष्पकमल दाहाल प्रचण्डसहितका १५ योद्धाहरूलाई सम्मान गर्ने भएको छ ।

गणतन्त्र प्राप्तिका लागि सशस्त्र सङ्घर्षमा सहभागी भएर योगदान गरेका योद्धाहरूलाई सम्मान गर्ने उद्देश्यसहित प्रचण्डबाट सुरु गर्न लागिएको कोषका अध्यक्ष सरलसहयात्री पौडेलले बताए ।

बुधबार मध्यान्ह १२ बजे राष्ट्रिय नाचघर जमलमा पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले योद्धाहरूलाई सम्मान गर्ने कार्यक्रम राखिएको छ ।

पौडेलका अनुसार गणतन्त्र सेनानी सम्मानको उद्घाटन स्वरूप कोषले प्रचण्डलाई सम्मान गर्नेछ । यस्तै पूर्वजनमुक्ति सेनाका डेपुटी कमान्डर एवं पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन पासाङ, डेपुटी कमान्डरहरू पूर्व अर्थ एवं ऊर्जा मन्त्री वर्षमान पुन, पूर्व अर्थ, गृह एवं ऊर्जा मन्त्री जनार्दन शर्मा र पूर्व कृषि मन्त्री चन्द्रप्रकाश खनाललाइ गणतन्त्र कमान्डरको रूपमा सम्मान गर्ने कार्यक्रम रहेको छ ।

बागमती प्रदेशको १३ वटा जिल्लाबाट एक–एकजना गरी १५ जनालाई गणतन्त्र सेनानी सम्मान गरिने उनले बताए ।

गणतन्त्र सेनानी कोषले क्रमशः इतिहास देखी वर्तमानसम्मका योद्धाहरूलाई सम्मान गर्दै उनीहरूको योगदानलाई स्थापित गर्दै उनले जानकारी दिए । यसअघि सम्मान गर्ने कार्यक्रम राखिएको कार्यक्रम कारणवश स्थगित भएको उनले बताए ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।