
नेपाल ब्याडमिन्टन संघको आयोजनामा काठमाडौंमा अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुन भएको छ ।
डिसेम्बर २३ देखि २६ तारिख सम्म नेपाल इन्टरनेशनल च्यालेन्ज २०२४ आयोजना हुने अखिल नेपाल व्याडमिन्ट संघ कोषाध्यक्ष तिलक पाण्डेले जानकारी दिए ।
यो प्रतियोगिता सकिएको भोलिपल्टैदेखि नेपाल इन्टरनेशनल जुनियर प्रतियोगिता आयोजना हुनेछ । वल्र्ड ब्याडमिन्टन र ब्याडमिन्टन एशियाको प्रायोजन र राष्ट्रिय खेलकुद परिषद् राखेपको सहयोगमा हुन लागेको प्रतियोगितामा नेपालसहित २२ देशका खेलाडीले सहभागिता जनाउने छन् ।
उक्त प्रतियोगितामा नेपालसहित भारत, बंंगलादेश, अमेरिका, क्यानडासहित २२ देशले सहभागिता जनाउने कोषाध्यक्ष पाण्डेले जानकारी दिए ।
दुवै प्रतियोगिताका महिला र पुरुष खेलाडीलाई पुरस्कार प्रदान गर्दा मात्रै १५ हजार डलर खर्च हुनेछ । सिङ्गल्स र डबल्सका विजेताले १२ सय डलर प्राप्त गर्दा उपविजेताले ७२०, सेमिफाइनल पुगेकाले ३०० र क्वाटरफाइनलमा पुगेकाले १२० डलर पुरस्कार पाउने छन् ।
वासिङ्टन, डिसी ,(अमेरिका) । अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री डोनाल्ड लुले यसैसाता नेपालको औपचारिक भ्रमण गर्नुहुने भएको छ ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार आजदेखि उहाँ दक्षिण एसियाली मुलुकहरूको भ्रमणमा जानुहुने छ । सहायक विदेशमन्त्री डोनाल्ड पहिले श्रीलङ्का, त्यहाँबाट भारत र त्यसपछि नेपालको भ्रमणमा जानुहुनेछ । उहाँको दक्षिण एसिया भ्रमण नेपालबाट समापन हुनेछ ।
नेपाल भ्रमणका क्रममा उहाँले शीर्ष नेतृत्वसँग पर्यावरण संरक्षण, महिला सशक्तीकरण र दिगो विकासका साथै नेपाल–अमेरिका सम्बन्धका विविध पक्षबारे युवा नेतासँग छलफल गर्नुहुनेछ । पर्यटन तथा अर्थतन्त्रका मेरुदण्ड मानिएका नेपालका सांस्कृतिक सम्पदाको संरक्षणलगायत विषयमा पनि सहायक विदेशमन्त्रीले छलफल गर्ने विदेश मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ
काठमाडौँ । गणतन्त्र सेनानी कोषले पूर्वजनमुक्ति सेनाका सर्वोच्च कमान्डर पुष्पकमल दाहाल प्रचण्डसहितका १५ योद्धाहरूलाई सम्मान गर्ने भएको छ ।
गणतन्त्र प्राप्तिका लागि सशस्त्र सङ्घर्षमा सहभागी भएर योगदान गरेका योद्धाहरूलाई सम्मान गर्ने उद्देश्यसहित प्रचण्डबाट सुरु गर्न लागिएको कोषका अध्यक्ष सरलसहयात्री पौडेलले बताए ।
बुधबार मध्यान्ह १२ बजे राष्ट्रिय नाचघर जमलमा पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले योद्धाहरूलाई सम्मान गर्ने कार्यक्रम राखिएको छ ।
पौडेलका अनुसार गणतन्त्र सेनानी सम्मानको उद्घाटन स्वरूप कोषले प्रचण्डलाई सम्मान गर्नेछ । यस्तै पूर्वजनमुक्ति सेनाका डेपुटी कमान्डर एवं पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन पासाङ, डेपुटी कमान्डरहरू पूर्व अर्थ एवं ऊर्जा मन्त्री वर्षमान पुन, पूर्व अर्थ, गृह एवं ऊर्जा मन्त्री जनार्दन शर्मा र पूर्व कृषि मन्त्री चन्द्रप्रकाश खनाललाइ गणतन्त्र कमान्डरको रूपमा सम्मान गर्ने कार्यक्रम रहेको छ ।
बागमती प्रदेशको १३ वटा जिल्लाबाट एक–एकजना गरी १५ जनालाई गणतन्त्र सेनानी सम्मान गरिने उनले बताए ।
गणतन्त्र सेनानी कोषले क्रमशः इतिहास देखी वर्तमानसम्मका योद्धाहरूलाई सम्मान गर्दै उनीहरूको योगदानलाई स्थापित गर्दै उनले जानकारी दिए । यसअघि सम्मान गर्ने कार्यक्रम राखिएको कार्यक्रम कारणवश स्थगित भएको उनले बताए ।





