२०८२ श्रावण १ बिहीबार
२०८२ श्रावण १ बिहीबार

नेपाल बैंकले दियो प्रधानमन्त्री उद्धार कोषमा दुई करोड

काठमाडौं । नेपाल बैंक लिमिटेडले बाढी, पहिरो र डुबानका कारण प्रभावित जनताको राहतमा खर्च गर्न प्रधानमन्त्री उद्धार कोषमा दुई करोड रुपैयाँ उपलब्ध गराएको छ ।

नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीसहितका पदाधिकारीले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुई करोडको चेक हस्तान्तरण गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडलाई धन्यवाद दिए । साथै उनले लगानीकर्ता र उद्योगधन्दालाई प्रोत्साहन हुने गरी कर्जा प्रवाह गर्न र खराब कर्जाप्रति कडाइका साथ काम गर्न आग्रह पनि गरे ।

यसअघि शुक्रबार विभिन्न वित्तीय संस्थाले ३ करोड ४८ लाखको चेक हस्तान्तरण गरेका थिए ।

मन्त्रिपरिषद्को गत सोमबारको बैठकले उक्त कोषमा प्रारम्भिकरुपमा एक अर्ब रकम जम्मा गर्ने निर्णय गरेको थियो । कोषमा अन्य संस्था र व्यक्तिहरुबाट सहयोग गर्ने क्रम जारी छ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।