२०८३ बैशाख १७ बिहीबार
२०८३ बैशाख १७ बिहीबार

रामेछाप । गत असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण सुनकोसी नदीमा आएको बाढीले बगाएको खुर्कोट पुलमा बेलिबृज जडानको काम आजदेखि सुरु भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बेलिबृज जडानको जिम्मा नेपाली सेनालाई दिएसँगै सेनाले काम अघि बढाएको हो । मन्त्रालयको समन्वयमा रामेछापबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उर्जा,जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पुर्ण बहादुर तामाङ(कान्छाराम) आँफै हैटौडामा पुगेर बेलिबृज खुर्कोट ल्याइएको थियो ।

रामेछाप, दोलखा र ओखलढुंगा जिल्लाको मुख्य नाकाका रुपमा रहेकोे पुल नदिले बगाएसँगै अहिले जनताहरुलाई आवत-जावतमा समस्या परेको छ । त्यसलाई मध्येनजर लगाउँदै सरकारले चाँडै यातयात सञ्चालन गर्नेगरी काम अगाडी बढाइएको उर्जा राज्यमन्त्री कान्छारामले जानकारी दिए ।

नेपाली सेनाको टोलीले आइतबारबाट धमाधम बेलिबृज जडानको काम अघि बढाएको जनाएके छ । सेनाको अनुसार करिब दुई साताभित्र नै बेलिबृज जडान गरेर सञ्चालनमा ल्याइने तयारी छ ।

सेनालाई आवश्यक सहयोग र समन्वयको लागि राज्यमन्त्री कान्छाराम फिल्डमै खटिएका छन् । उनले तत्काल खुर्कोट पुलमा बेलिबृज जडान गरेर यातयात सञ्चालन गर्ने व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा अनुरोध गरेपछी यो प्रक्रिया अगाडी बढाइएको थियो ।

https://www.khabarpetika.com/2024/10/02/8316/?fbclid=IwY2xjawFvgXFleHRuA2FlbQIxMQABHdkUTw-iobABTgIaXXH4bqFQFcZ3Vp2HoFDdXhiocOK_lFi2iYDEFkpkNA_aem_uC4cEfTYwkFu4T5mnxeWvg

काठमाडौं । आसन्न स्थानीय तहको उपनिर्वाचनका निम्ति २५ दल दर्ता गरिएका छन् । निर्वाचन आयोगले आइतबार दल दर्ताको निर्णय गरेको हो ।

उपनिर्वाचन प्रयोजनका निम्ति यही असोज १० देखि १६ गतेसम्म दल दर्ताको समय तोकिएको थियो । उक्त अवधिमा २६ दल दर्ताको निवेदन दिइएको थियो । निवेदनमाथि अध्ययन गरी कानुनी रीत पूरा भएका २५ दल दर्ताको निर्णय गरिएको आयोगले जनाएको छ ।

स्थानीय तहमा रिक्त स्थान परिपूर्तिका निम्ति आउँदो मंसिर १६ गते हुने उपनिर्वाचनका लागि मंसिर २ मा उमेवारी दर्ता गरिने कार्यतालिका छ ।

काठमाडौं । विभिन्न मितिमा हराएका २६ ओटा दुई पाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भरत बहादुर बोहराले
१६ ओटा मोटरसाइकल र १० ओटा स्कुटर सम्बन्धित धनीलाई आज हस्तान्तरण गरिएको हो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काडाँघारी, सानोठिमी, नरेफाँट, बालकुमारी, भिमसेनगोला, गौरीघाट, महाराजगंज, बुढानिलकण्ठ, नेपालटार, ठमेल र कंलकी लगायतका स्थानबाट हराएका उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।

बुझाइएका २६ ओटा सहित १४१ ओटा सवारी साधन साउन महिनादेखी आजसम्म ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ भने चोरीका १३ ओटा दुई पाङ्ग्रे सवारी साधन सहित चोरीमा संलग्न १७ जना व्यक्तिहरूलाई पनि आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ ।

बुझाईका २६ ओटा सवारी साधनहरु हराएको भनी विभिन्न मितिमा यस कार्यालयमा निवेदन परेका थिए । सवारी साधन जिम्मा लिए पश्चात सवारी धनिहरुले खुसी ब्यक्त गर्दै सामुहिक रुपमा ट्राफिक प्रहरीलाई धन्यवाद समेत दिएका थिए ।

सवारी साधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरी, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरु जडान गर्न साथै मानिसहरूको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका
प्रहरी नायब उपरीक्षक रविन कार्कीले अनुरोध गरेका छन् ।

काठमाडौं । नेपाल खो खो संघले नेपाल र भारतबीच हुने मैत्रीपूण प्रतियोगिताका लागि नेपाली राष्ट्रिय पुरुष÷महिला टोलीको घोषणा गरेको छ । कीर्तिपुरको नयाँ बजारस्थित कभर्डहलमा खो खो संघले आयोजना गरेको छनोट प्रतिस्पर्धाबाट खेलाडी छनोट गरिएको खो खो संघले जनाएको छ ।


पुरुष÷महिला दुवैमा समान १५–१५ खेलाडीको अन्तिम छनोट गरिएको खो खो संघका कार्यवाहक अध्यक्ष छत्रबहादुर शाहीले जनाएका छन् । दुवै समूहमा समान १०–१० वैकल्पिक खेलाडी पनि सार्वजनिक गरिएको छ ।


पुरुषमा हेमराज पनेरु, जनक चन्द, सुरज पुजारा, विकरालसिं रत्गैया, रोहितकुमार वर्मा, झलक विक, वेदबहादुर ओली, विवश चौधरी, विशाल थारु, यमन पुरी, राजन वल, जोगिन्द्र राना, भरत सारु र गणेश विक रहेका छन् ।


वैकल्पिक खेलाडीमा पवन महर्जन, रेवन अधिकारी, मानव बोहरा, कृतिश सिन्तकला, प्रमोद राय दनुवार, धर्मराज कुश्वाह, मुकेश गोडार, विकी सुनार, आयुश गुरुङ र अमृतकाजी प्रधान छन् ।


महिलामा सरस्वती कठायत, मानमति धामी, पूजा ओड, आशा थारु, पुनम थारु, दिपा विक, निशा शाही, कर्मा शाही, सम्झना विक, दिपा विक, खुश्बु राना, कञ्चन चौधरी, वर्षा पण्डित, गीता चौधरी र अनिशा गोले रहेका छन् ।


प्रेरणा विष्ट, जयन्ती कुँवर, अस्मिता राय, मोहनकुमारी श्रेष्ठ, अम्रता ओली, जमुना राय, निशा सैंजु, प्रिन्सिका गोसाईं, निभा कुमारी र कृजला जलेजु वैकल्पिक सूचीमा छन् ।


मैत्रीपूर्ण प्रतियोगिता असोज २१ र २२ गते हुनेछ । भारतको पनि राष्ट्रिय टिमको सहभागिता रहने कार्यवाहक अध्यक्ष शाहीले जानकारी गराए । पुरुष÷महिलामा समान ४–४ खेल हुनेछ ।

काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश राउतलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । राष्ट्रपति पौडेलले राउतलाई आइतबारै प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए ।

शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्री, उपसभामुख, मन्त्रीहरू, सर्वोच्च अदालतका न्यायाधीशहरू, संवैधानिक अंगका प्रमुख, सुरक्षा निकायका प्रमुखलगायत उच्च पदस्थ अधिकारीको उपस्थिति रहेको थियो ।

सिंहदरबारको दक्षिण गेट अगाडिबाट ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । कालो झण्डा देखाउँदै प्रदर्शन गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी नवराज अधिकारीले ६ जनालाई नियन्त्रणमा लिइएको पुष्टि गरे ।

उनीहरुले बाढी पहिरो पीडितलाई सरकारले तत्काल राहत दिनु पर्ने र पुनस्थापना गर्नुपर्ने भन्दै कालो झण्डा देखाएर प्रदर्शन गरेका थिए । प्रदर्शन गर्नेहरु मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का कार्यकर्ताहरु रहेका छन् ।

काठमाडौँ । सिधा कुराका पत्रकार नवीन ढुंगाना र युवराज कँडेल थुनामुक्त भएका छन् । माफी मागेपछि उनीह्रु आज जेलमुक्त भएका हुन् । अदालतको अवहेलना ठहर भएर ढुंगाना र कँडेल असोज १३ गते जेल चलान भएका थिए ।

‘सिधा कुरा’ डटकममा ’डार्क फाइल’ भनेर प्रसारण÷प्रकाशन गरिएको सामग्रीविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा उनीहरुलाई जेल सजायको फैसला भएको थियो ।

सर्वोच्च अदालतको ९ सदस्यीय बृहत् पूर्ण इजलासले ’फेक अडियो’ बनाउने राजकुमार तिमल्सिनालाई ६ महिना र प्रकाशन÷प्रसारण गर्ने सिधा कुरा अनलाइनका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानालाई ३र३ महिना कैद सजाय सुनाएको थियो ।

लिखित निवेदन दिएर प्रसारित सामग्रीको विषयमा क्षमायाचना गरेमा सिधा कुराका प्रकाशक र सम्पादकलाई तोकिएको सजाय घटाएर ७ दिन कायम हुने फैसलामा उल्लेख भएअनुसार ढुंगाना र कँडेल थुनामुक्त भएका हुन् । क्षमायाचना गरेपछि अदालतबाट पत्र आएसँगै आज बिहान ढुंगाना र कडेल छुटेको केन्द्रीय कारागारका जेलर कृष्णबहादुर कटुवालले जानकारी दिए ।

https://www.khabarpetika.com/2024/10/06/8406/

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राउतलाई आज प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् ।

“नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफरिसमा सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतलाई प्रधानन्यायाधीश पदा नियुक्त गुर्नभएको छ,” राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

राउतले आजै शपथ लिने र लगत्तै कार्यभार सम्हाले राष्ट्रपति कार्यालयले जनाएको छ । 

काठमाडौं । नेपाल बैंक लिमिटेडले बाढी, पहिरो र डुबानका कारण प्रभावित जनताको राहतमा खर्च गर्न प्रधानमन्त्री उद्धार कोषमा दुई करोड रुपैयाँ उपलब्ध गराएको छ ।

नेपाल बैंक सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीसहितका पदाधिकारीले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुई करोडको चेक हस्तान्तरण गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडलाई धन्यवाद दिए । साथै उनले लगानीकर्ता र उद्योगधन्दालाई प्रोत्साहन हुने गरी कर्जा प्रवाह गर्न र खराब कर्जाप्रति कडाइका साथ काम गर्न आग्रह पनि गरे ।

यसअघि शुक्रबार विभिन्न वित्तीय संस्थाले ३ करोड ४८ लाखको चेक हस्तान्तरण गरेका थिए ।

मन्त्रिपरिषद्को गत सोमबारको बैठकले उक्त कोषमा प्रारम्भिकरुपमा एक अर्ब रकम जम्मा गर्ने निर्णय गरेको थियो । कोषमा अन्य संस्था र व्यक्तिहरुबाट सहयोग गर्ने क्रम जारी छ ।

मकवानपुर: हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट ८ किलो २४३ ग्राम ९७० मिलिग्राम सुन जस्तो देखिने धातु सहित दुई जना भारतीय नागरिकलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत महाराष्ट्र सांगली दिघंची थाना पुजारवाडी बस्ने २५ वर्षीय अभिषेक अजिनाथ कुटी र २७ वर्षीय राहुल भिट्टिहाल बाड रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२-०४७ प ७५०३ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूले आफ्नो शरीरको विभिन्न भागमा लुकाई छिपाई ल्याएको ८ थान बिस्कुट आकारको उक्त तौलको धातु फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइने छ । 

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।