२०८२ श्रावण १ बिहीबार
२०८२ श्रावण १ बिहीबार

बाढीपहिरो प्रभावितलार्ई एमाले,काँग्रेसले सांसदको १५ दिन र माओवादीले १० दिनको पारिश्रमिक दिने

काठमाडौँ । गत शुक्रबार र सनिवार परेको अविरल वर्षका कारण देशैभर ठलो जनधनको क्षती पुगेपछी विभिन्न राजनितिक दलहरूले विपतमा सहयोग गर्न राहत रकम घोषणा गरेका छन् ।

सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमालेले बैठकले ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ । पार्टीको मंगलबार बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो । पार्टी उपमहासचिव पृथ्वी सुब्बा गुरुङले दिएको जानकारी अनुसार सरकारको राहत कोषमा सांसदहरूको १५ दिनको पारिश्रमिक जम्मा गर्ने निर्णय समेत बैठकले गरेको छ ।

यता‚ सत्तासझेदार दल नेपाली कांग्रेसको आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ५० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । सरकारको राहत कोषमा उक्त रकम जम्मा गर्ने कांग्रेसले बताएको छ ।

कांग्रेसले हरेक सांसदबाट १५ दिनको तलब बापत रकम सहित पार्टीबाट आन्तरिक सङ्कलन गरेर पचास लाख रुपैयाँ राहत कोषमा जम्मा गर्ने निर्णय गरेको पार्टी प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । यस्तै उसको भातृ संस्था नेपाल विद्यार्थी संघले पनि ७११ भन्दा बढी केन्द्रीय सदस्यबाट जनही पाँच सयको रुपैयाँले रकम सङ्कलन गर्ने निर्णय गर्दै सर्कुलर जारी गरेको छ ।

यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले सरकारको राहत कोषमा रकम जम्मा गर्ने निर्णय गरेको छ । माओवादीले भने सङ्घ र प्रदेश सांसदहरूको १० दिनको पारिश्रमिक बापतको रकम सङ्कलन गरेर राहत कोषमा जम्मा आइतबार बसेको पदाधिकारी बैठकले निर्णय गरेको हो ।

यता‚ रास्वपाले भने हालसम्म कुनै तयारी नगरेको बताएको छ ।

https://www.khabarpetika.com/2024/10/01/8257

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।