२०८३ बैशाख १७ बिहीबार
२०८३ बैशाख १७ बिहीबार

सिन्धुली । वीपी राजमार्ग अन्तर्गत नेपालथोकबाट डाइभर्सनको काम सुरु भएको छ ।

बुधबारसम्म सिन्धुलीदेखि काभ्रे जिल्लासम्मको ट्रयाक खुल्ने सडक डिभिजन कार्यालय खाल्टेका इन्जिनियर सन्देशराज ढुंगेलले जानकारी दिए ।

भोलिसम्म आफ्नो क्षेत्रको सडकको काम सकेर अन्य क्षेत्रको काम थाल्ने उनको भनाइ छ ।

सिन्धुलीको खुर्कोटस्थित सुनकोशी मरिन डाइभर्सन नजिक भासिएको सडक मर्मत तथा विभिन्न ठाउँमा पहिरोले अवरोध गरेको बाटो खुलाएर नेपालथोकसम्मको सडक आइतबार साँझसम्म सडक डिभिजन खाल्टेले खुलाएको थियो ।

काठमाडौं । १२ औँ एनएसए कप पौडी प्रतियोगिताबाट अजय काजी ताम्राकार वर्षकै उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

याे पनि पढ्नुहाेस : अजल काजीले बनाए नयाँ रास्ट्रीय कीर्तिमान 

नेपाल पौडी संघको आयोजनामा असोज १३ र १४ गते सम्पन्न भएको प्रतियोगिता उनले ५० मिटर बटरफ्लाईमा नयाँ राष्ट्रिय कीर्तिमान समेत कायम गरेका थिए ।

याे पनि पढ्नुहाेस : १२ औं एनएसए कप पौडी प्रतियोगिता सम्पन्न,उत्कृष्ट खेलाडी नगद सहित सम्मान

वर्ष उत्कृष्ट खेलाडी घोषित भएसँगै अजल काजीले संघको तर्फबाट नगद २५ हजार रुपैँया सहित सम्मानपत्र प्राप्त गर्न सफल भए ।

https://www.khabarpetika.com/2024/10/01/8263/

काठमाडौं । असोज ११ र १२ गतेको भारी वर्षासँगै आएको बाढी र पहिरोबाट १७ अर्ब रुपैयाँभन्दा बढी क्षति भएको सरकारले प्रारम्भिक अनुमान गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्य सचिव एकनारायण अर्यालले प्रारम्भिक क्षतिबारे जानकारी दिएका हुन् । उनका अनुसार २२४ जनाको मृत्यु भएको छ भने २४ जना बेपत्ता भएका छन् । १५८ जना घाइते भएका छन् ।

बाढी, पहिरो र डुवानबाट खानेपानीको संरचनामा ३ खर्ब ५५ करोड र सडक पूर्वाधारतर्फ २ अर्ब ५२ करोड क्षति भएको प्रारम्भिक अनुमान छ । त्यस्तै उर्जातर्फ ४ अर्ब, सिँचाईतर्फ २ अर्ब र कृषि तथा पशुपक्षीतर्फ ६ अर्बको क्षति भएको छ ।

कृषि बालीमा भएको क्षतिको विवरण एक महिनाभित्र तयार पारिने मुख्य सचिव अर्यालले बताए ।

खोज तथा उद्दार कार्य २ दिनभित्र सक्ने र राहतलाई एकद्धार प्रणालीमार्फत वितरण गर्ने सरकारको योजना छ । घरबारबिहीन भएकाहरुलाई सरकारले तोकेको स्थानमा अस्थायी आवास बनाउन दिइने मुख्य सचिव अर्यालले जानकारी दिए ।

काठमाडौं । आयोजक काष्ठमण्डप विद्यालयले दोश्रो काष्ठमण्डप कपमा मंगलबार दोहोरो उपाधि जितेको छ । काष्ठमण्डप सिनियर ब्वाइज र जुनियर ब्वाइजको फुटसलमा च्याम्पियन बन्यो ।

सिनियर ब्वाइजको फाइनलमा काष्ठमण्डपले काठमाडौं प्रज्ञाकुञ्ज स्कुललाई ४–० गोलले पराजित ग¥यो । काष्ठमण्डपका मानव सुब्बाले २ तथा अविग्नसिंह ठकुरी र कृयश सापकोटाले समान १–१ गोल गरे । मानव प्रतियोगिताकै उत्कृष्ट खेलाडी पनि घोषित भए । काष्ठमण्डपकै रोनक प्रधान उत्कृष्ट गोलरक्षक चुनिए ।

जुनियर ब्वाइज फाइनलमा काष्ठमण्डपले रातो बंगलालाई ६–२ गोलले हरायो । काष्ठमण्डपका लागि सहज ढकालले ह्याट्रिकसहित ४ गोल गरे । गिरिश घिमिरेले २ गोल थपे । सहजनै उत्कृष्ट खेलाडी बने । काष्ठमण्डपका आरम्भ श्रेष्ठ उत्कृष्ट गोलरक्षक ठहरिए ।

फुटसलकै सिनियर गल्र्सको उपाधि काठमाडौं वल्र्ड स्कुलले जित्यो । उपाधि भिडन्तमा काठमाडौं वल्र्ड स्कुलले जोन डेवीलाई सडन डेथमा पाखा लगायो । निर्धारित समयको खेल १–१ बराबरीमा टुंगिएपछि खेलको निर्णय सोझै पेनाल्टी सुटआउटबाट गरिएको थियो । जोन डेवीकी रियान्सी त्रिपाठी उत्कृष्ट खेलाडी तथा काठमाडौं वल्र्ड स्कुलकी अरुणा सिंह उत्कृष्ट गोलरक्षक बने ।

बास्केटबलमा टीआईए र एनसीसीएसले उपाधि जिते । टीआईए ब्वाइज तथा एनसीसीएस गल्र्समा पहिलो भए ।

ब्वाइजको फाइनलमा टीआईएले विल्सन एकेडेमीमाथि ४५–४४ को कठिन जित दर्ता ग¥यो । गल्र्सको उपाधि भिडन्तमा एनसीसीएसले काष्ठमण्डपलाई २७–२१ ले पराजित ग¥यो । ब्वाइजमा टीआईएका रोशन नगरकोटी तथा गल्र्समा एनसीसीएसकी दिभा महर्जन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

विजेतालाई नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, काष्ठमण्डपकी संस्थापक प्रिन्सिपल एवं निर्देशक डा. शिवा थापा, काष्ठमण्डपकी निर्देशक इला पियालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । साताव्यापी प्रतियोगिताको बास्केटबलतर्फ सिनियर ब्वाइजमा १२ तथा सिनियर गल्र्समा ८ टिमले प्रतिस्पर्धा गरेको काष्ठमण्डपका इसीए इन्चार्ज सुन्दर बुढाथोकीले जनाएका छन् । फुटसलको सिनियर ब्वाइजमा र जुनियर ब्वाइजमा समान १२–१२ तथा सिनियर गल्र्समा ८ टिम सहभागी थिए ।

https://www.khabarpetika.com/2024/10/01/8277/

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले १ लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश ठाकुर प्रसाद खरेलले उनलाई दुईवटा मुद्दामा जनही ५०–५० हजार धरौटी माग गरेका हुन् ।

प्रहरीको साइबर ब्युरोले उनलाई असोज ६ मा भक्तपुर स्थित घरबाट पक्राउ गरेको थियो ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूले हवाई यात्रामा गरिएको मूल्यवृद्धिलाई लिएर सरकारको ध्यानाकर्षण गराएको छ ।

मंगलबार अनेरास्वयूका नेताहरूले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो ।

उनीहरूले प्राकृतिक विपत्तिपछि हवाई सेवामा गरिएको चर्को मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन् । अन्यथा आन्दोलन गर्ने उनीहरूको चेतावनी छ ।

https://www.khabarpetika.com/2024/10/01/8270/
https://www.khabarpetika.com/2024/10/01/8270/

वाल्डोस्ता । दक्षिणपूर्वी संयुक्त राज्य अमेरिकामा हेलेनु नामक विनाशकारी आँधीबेहरीबाट ज्यान गुमाउनेको संख्या सोमबार ११८ पुगेको छ ।

दक्षिणपूर्वी अमेरिकी राज्यमा सयौँ अझै बेपत्ता छन् र मृत्युको संख्या बढ्दै जाँदा राष्ट्रपति जो बाइडेनले उद्धार प्रयासको निरीक्षण गर्न बुधबार आँधीले ध्वस्त पारेको उत्तरी क्यारोलिनाको यात्रा गर्ने घोषणा गरेका छन् ।

आँधीबेहरी र त्यसले निम्त्याएको बाढीबाट उत्तर क्यारोलिनामा ४९, दक्षिण क्यारोलिनामा २५, जर्जुयामा २५, फ्लोरिडामा १४, टेनेसीमा ४ र भर्जिनियामा एक गरी कम्तीमा ११८ जनाको मृत्यु भएको एएफपीले संकलन गरेको स्थानीय अधिकारीको तथ्यांकले जनाएको छ ।

संघीय आपतकालीन व्यवस्थापन प्रशासन (फेमा) का कर्मचारीले प्रभावित राज्यमा मानिसको उद्धार र खोजी कार्य जारी राखेका छन् । उनीहरूले प्रभावित क्षेत्रहमा पानी र बिजुली आपूर्ति पुनर्स्थापना गर्ने, आँधीले ढालेका रूखहरू पन्छ्याउने, आवश्यक सामग्री उपलब्ध गराउने र सहायता आवश्यक हुने मानिसको नाम दर्ता गर्ने काम गरिरहेका छन् ।

अधिकारीहरूले मृतकको संख्या बढ्ने चेतावनी दिँदै अझै ६०० जना बेपत्ता रहेको जानकारी गराएका छन् । एएफपी

धनकुटा: २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शहिदभूमी गाउँपालिका-४ बस्ने ३६ वर्षीय बिर्ख बहादुर भन्ने बिर्खलाल राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

राईले ती महिलालाई आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी आखिसल्लाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

https://www.khabarpetika.com/2024/10/01/8263/

काठमाडौं । १२ औँ एनएसए कप पौडी प्रतियोगितामा तेन्जिन नाम्दोल रायन गुरुङले नँया राष्ट्रिय किर्तिमान राखेका छन् ।

नेपाल पौडी संघको आयोजनामा असोज १३ र १४ गते सम्पन्न भएको प्रतियोगितामा गुरुङले एक सय मिटर व्याकमा राष्ट्रिय किर्तिमान कायम गरेका हुन् ।

उनले यसअघि १० औँ एनएसए कपमा नाजिर हुवा हुसेनले एक सय मिटर व्याकमा राखेको 01.04.46 रेकर्डलाई तोड्दै 01.04.15 कायम गरेका छन् ।

उनलाई नगद पाँच हजार सहित मायाको चिनो दिएर सम्मान गरिएको आयोजक पौडी संघले जाएको छ ।

त्यस्तै प्रतियोगितामा अजल काजी ताम्रकारले ५० मिटर बटरफ्लाईमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका थिए । 

उनले २६.५५ सेकेन्डको नयाँ कीर्तिमान कायम गरेका हुन् । यस अघि  उनकै नाममा २६.७९ को राष्ट्रिय कीर्तिमान थियो । उनलाई पनि नगद पाँच हजार सहित मायाको चिनो दिएर सम्मान गरिएको थियाे । अजल काजी वर्ष उत्कृष्ट खेलाडी समेत घाेषित भएका थिए ।

वर्ष उत्कृष्ट खेलाडी घाेषित भएसँगै अजल काजीले संघकाे तर्नफबाट नगद २५ हजार रुपैँया सहित सम्मानपत्र प्राप्त गर्न सफल भए ।

https://www.khabarpetika.com/2024/09/30/8250/?fbclid=IwY2xjawFojrNleHRuA2FlbQIxMQABHR78_g7f8VrSi8GL7BEYRMgeFoZxutOuBjlsXaLJaMbXoVCLYOBjzBwt0A_aem_rJIaLN5yeE7_wA4d_rEysQ

काठमाडौँ । गत शुक्रबार र सनिवार परेको अविरल वर्षका कारण देशैभर ठलो जनधनको क्षती पुगेपछी विभिन्न राजनितिक दलहरूले विपतमा सहयोग गर्न राहत रकम घोषणा गरेका छन् ।

सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमालेले बैठकले ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ । पार्टीको मंगलबार बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो । पार्टी उपमहासचिव पृथ्वी सुब्बा गुरुङले दिएको जानकारी अनुसार सरकारको राहत कोषमा सांसदहरूको १५ दिनको पारिश्रमिक जम्मा गर्ने निर्णय समेत बैठकले गरेको छ ।

यता‚ सत्तासझेदार दल नेपाली कांग्रेसको आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले ५० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । सरकारको राहत कोषमा उक्त रकम जम्मा गर्ने कांग्रेसले बताएको छ ।

कांग्रेसले हरेक सांसदबाट १५ दिनको तलब बापत रकम सहित पार्टीबाट आन्तरिक सङ्कलन गरेर पचास लाख रुपैयाँ राहत कोषमा जम्मा गर्ने निर्णय गरेको पार्टी प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए । यस्तै उसको भातृ संस्था नेपाल विद्यार्थी संघले पनि ७११ भन्दा बढी केन्द्रीय सदस्यबाट जनही पाँच सयको रुपैयाँले रकम सङ्कलन गर्ने निर्णय गर्दै सर्कुलर जारी गरेको छ ।

यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले सरकारको राहत कोषमा रकम जम्मा गर्ने निर्णय गरेको छ । माओवादीले भने सङ्घ र प्रदेश सांसदहरूको १० दिनको पारिश्रमिक बापतको रकम सङ्कलन गरेर राहत कोषमा जम्मा आइतबार बसेको पदाधिकारी बैठकले निर्णय गरेको हो ।

यता‚ रास्वपाले भने हालसम्म कुनै तयारी नगरेको बताएको छ ।

https://www.khabarpetika.com/2024/10/01/8257
error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।