२०८२ असार ३१ मंगलवार
२०८२ असार ३१ मंगलवार

प्रयास मञ्च नेपालले निमेशलाई सम्मान गर्ने

काठमाडौं । प्रयास मञ्च नेपालले अन्तर्राष्ट्रिय पदक विजेता निमेश गुरुङलाई सम्मान गर्ने भएको छ । मञ्चको आयोजनामा असोज ३ गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने १३ औं बुद्धवीर लामा गीतिमय साँझ एकल सांगीतिक कार्यक्रममा निमेशलाई सम्मान गर्न लागिएको मञ्चका अध्यक्ष शिवध्वज कार्कीले जनाएका छन् ।


निमेश प्रहरी संगठनबीच हुने विश्व दौड प्रतियोगिताअन्तर्गत हाफ म्याराथन र १० किलोमिटर दौडका स्वर्ण विजेता हुन् । सिंगापुर प्रहरीको निरीक्षकबाट हालै सेवा निवृत्त निमेश हाल बेलायतमा बस्छन् ।

सो कार्यक्रममा निमेशसंगै दक्षिण एसियाली खेलकुदका कीर्तिमानी धावक वैकुण्ठ मानन्धर र विश्वका ६ मुख्य म्याराथन मध्ये ४ म्याराथनमा सहभागिता जनाइसकेका धावक शम्भुप्रसाद दाहाललगायत देश÷विदेशमा रहेर विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वलाई पनि सम्मान गरिने अध्यक्ष कार्कीले जानकारी दिए ।
त्यस अवसरमा अमेरिकाबाट गायक÷संगीतकार आधार तुम्बापो, डायस्पोरा गीतकार गणेश श्रेष्ठ, वरिष्ठ गीतकार मुकेश राई, समाजसेवी कलपना गुरुङ, भारतका शिक्षासेवी पाल्देन लामा, विना तामाङ, हास्य कलाकार महेन्द्र बागदास, द भ्वाइस अफ किड्स नेपालकी प्रतिभा अस्मिक खवास र गायिका शोभना प्रधानलाई सम्मान गरिने छ ।


गीतिमय साँझमा गीतकार लामाका गीतहरु मात्र प्रस्तुत गरिने छ । लामा गत असारमा बंगलादेशको ढाकामा भएको अन्तर्राष्ट्रिय खुला भेट्रान एथलेटिक्स प्रतियोगिताको पुरुष ६५ वर्षमाथि ५ हजार मिटर दौडका स्वर्ण विजेता   हुन् ।

https://www.khabarpetika.com/2024/09/07/7576/

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।