२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

गोल्डेनगेटलाई बास्केटबल उपाधि

काठमाडौं । गोल्डेनगेट इन्टरनेसनल कलेजले प्रथम अन्तरकलेज छात्रा बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।


सानागाउँस्थित रोयल स्पोर्ट्स सेन्ट्रलको कोर्टमा भएको प्रतिस्पर्धात्मक फाइनलमा गोल्डेनगेटले जेभियर इन्टरनेसनल कलेजलाई ४२–४० को साँघुरो अन्तरले पराजित ग¥यो । गोल्डेनगेटकी सन्ध्या डंगोलले सर्वाधिक १८ अंक जोडिन् । प्रोफेसनल एडुकेसन कन्सल्टेन्सी (पीइसी) द्वारा आयोजित प्रतियोगितामा सन्ध्यानै ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भइन् ।


अत्तिरिक्त समयको खेल ३–१ ले आफ्नो पक्षमा पार्दै गोल्डेनगेटले उपाधि सुनिश्चित गरेको थियो । निर्धारित समयको खेल ३९–३९ को बराबरीमा टुंगिएको थियो । निर्धारित समयको चार क्वाटरमा गोल्डेनगेटले क्रमशः १०–११, ७–४, ८–१० र १४–१४ को प्रदर्शन गरेको थियो ।


उपाधिसंगै गोल्डेनगेटले २० हजार तथा उपविजेता जेभियरले १० हजार नगदसहित ट्रफी, पदक र गिफ्ट ह्याम्पर प्राप्त गरे ।


विजेतालाई अस्ट्रेलियन क्याथलिक युनिभर्सिटी (एसीयु) की रिजनल मार्केटिङ म्यानेजर कोल्मा फेच्नर, एसीयुकी रिजनल म्यानेजर अनुष्का श्रेष्ठ, पीइसीका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत एसके श्रेष्ठ, पीइसीका प्रोग्राम डाइरेक्टर राजु सिंह, नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान इन्दु बर्मालगायतले एक कार्यक्रमबीच पुरस्कृत   गरे । छदिने प्रतियोगितामा ७ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक नृपेश श्रेष्ठले जनाएका छन् ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।