२०८२ कार्तिक २७ बिहीबार
२०८२ कार्तिक २७ बिहीबार

व्यापारीहरूले बालेको बत्तीको पैसा सरकारले जसरी भए पनि उठाउनुपर्छ:राज्यमन्त्री कान्छाराम

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्ण बहादुर तामाङ(कान्छाराम)ले व्यापारीहरूले बालेको बत्तीको पैसा मिनाहा गर्न नहुने बताएका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले व्यापारीहरूले बत्तीको पैसा तिर्न सकेन मिनाहा गर्नुपर्छ भन्ने कुरा गलत भएको भन्दै सरकारले जसरी भए पनि त्यो पैसा उठाउनुपर्ने बताएका हुन् ।

राज्यमन्त्री तामाङले सरकारमा आएपछि सरकारका निकायहरू एक आपसमा बाझेर देश विकास हुन नसकेको कुरा अनुभव गर्न पाएको बताए ।

उनले भने, ‘म जति दिन मन्त्रालयमा बस्छु त्यति दिन काम गर्ने छु । दिन पनि गनेर बसेको छु । सरकार सरकार बाझेर यो देश विकास हुन दिएको छैन । दुई चार वटा सरकार बाझिदा पनि देश विकास नभएको सरकारमा आएपछि बुझेँ । हाइड्रोपावरको सन्दर्भमा वनले फाइलहरू रोकेर राख्छ ।’

यस्तै, उनले दोलखा, रामेछाप लगायत ७७ जिल्लाको हरेक गाउँमा बत्ती पुर्‍याउने काम गर्ने पनि बताएका छन् ।

उनले भने, ‘दोलखा, रामेछाप लगायत ७७ जिल्लामा मेरो लक्ष्य के छ भने म मन्त्री हुने दिनसम्म एउटा गाउँ एउटा, दुई वटा मात्र घर रहेको भए पनि, खर्च धेरै लाग्ने रहेछ भनेपनि, दुई वटा घरमा बत्ती बाल्ने काम गर्छु । त्यसो भयो भने गरिबले पनि बत्ती बाल्न पायो । सरकारले जनताको काम गर्नुपर्छ भन्ने लाग्छ । त्यही हिसाबले म मेरो जिम्मेवारी पूरा गर्छु ।’

https://www.khabarpetika.com/2024/09/06/7548/

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।