
काठमाडौँ । काठमाडौँ महानगरपालिका ३१ मध्यबानेश्वरबाट बिहीबार मोटरसाइकल चोरीमा संलग्न एकजनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
से ७ प ८५ ६२ नम्बरको मोटरसाइकल चलाइरहेको अवस्थामा अछामको चौरपाटी गाउँपालिका ४ घर भई हाल मध्यबानेश्वर बस्दै आएका २५ वर्षीय प्रमोद कुँवरलाई हिजो ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
दवास्तविक नम्बर बागमती प्रदेश ०२-०४७ प १९ ७५ रहेको उक्त मोटरसाइकल काठमाडौँकै रानीबारीबाट हराएको भनि रुपन्देहीका अनुज पाण्डेले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए ।
चोरीमा संलग्न कुँवरमाथी थप अनुसन्धान गर्दा से ७ प ८५ ६२ नम्बरकै अर्को मोटरसाइकल समेत उनिसँग रहेको पाइएपछी खोजी गर्दै जाँदा सोही नम्बरको अर्को मोटरसाइकल समेत प्रहरीले फेला पारेको थियो ।
अनुसन्धान गर्दै जाँदा उक्त मोटरसाइकलको वास्तविक नम्बर बागमती प्रदेश ०२-०३८ प ९२ ५३ रहेको खुल्न आएको हो । सोही मोटरसाइकल हराएको भनि काडाघारी बस्दै आएका ओखलढुंगाका उत्तम कुमार पराजुलीले प्रहरी प्रभाग बालकुमारी ललितपुरमा खोजतलासको लागि निवेदन दिएका थिए ।
कुँवरलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त लैनचौर पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।
काठमाडौँ । थली तेक्वान्दो डोजाङले तेक्वान्दोका अन्तर्राष्ट्रिय पदक विजेता रन्जित डंगौरालाई सम्मान गरेको छ ।
सातौं एसिया कप अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण जित्दै नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन सफल भएकोमा रन्जितलाई सम्मान गरिएको डोजाङले जनाएको छ ।
भारतको गोवामा जुन २१ देखि २३ तारिखसम्म भएको उक्त प्रतियोगितामा रन्जितले पुरुष सिनियर ८० केजीमुनि तौलसमूहमा स्वर्ण जितेका थिए । थली तेक्वान्दो डोजाङका प्रमुख युमा शंकर लामाले रन्जितलाई एक कार्यक्रमबीच प्रशंसा पत्र प्रदान गरी सम्मान गरेका हुन् । ।

काठमाडौँ । अनेरास्ववियु रत्नराज्य लक्ष्मी क्याम्पस(आरआर) कमिटिले ‘दोस्रो रास्ट्रव्यापी अखिल आरआर पुरुष भलिबल कप २०८१’ को आयोजना गर्ने भएको छ ।

यही भदौ २६ देखि प्रदर्शनिमार्ग स्थित आरआर क्याम्पसमा हुने खल्ला पुरुष भलिबल प्रतियोगितामा रास्ट्रव्यापी विभिन क्याम्पस र जिल्लाहरुबाट टिम सहभागी हुने आयोजक कमिटिका अध्यक्ष लोकेश खड्काले जानकारी दिए ।

प्रतियोगितामा प्रथम,द्धितीय र तृतीय हुनेलाई क्रमश नगद रु दुइ लाख, एक लाख र पचपन्न हजार र साथमा शिल्ड,मेडल र प्रमाणपत्र दिइने आयोजकले जनाएको छ ।
त्यस्तै विधागत छ जना उदयमान खेलाडी घोषित गर्दै उचित पुरस्कार सहित सम्मान गरिने आयोजकको भनाइ छ । एक टिममा एक लिब्रो सहित कम्तिमा १२ जना खेलाडी सहभागी हुनुपर्नेछ ।


भदौ २६ देखि असोज ३ गतेसम्म सञ्चालन हुने कार्यक्रमको सम्पुर्ण तयारी अन्तिम चरणमा पुगीसकेको अध्यक्ष खड्काले बताएका छन् ।
आयोजकका अनुसार भदौ २४ गतेसम्म टिम दर्ता गर्न सकिनेछ ।

खेलको प्रत्यक्ष प्रशारण नमस्ते सुर्खेतको युट्युव च्यानलबाट हुनेछ ।
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्ण बहादुर तामाङ(कान्छाराम)ले व्यापारीहरूले बालेको बत्तीको पैसा मिनाहा गर्न नहुने बताएका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले व्यापारीहरूले बत्तीको पैसा तिर्न सकेन मिनाहा गर्नुपर्छ भन्ने कुरा गलत भएको भन्दै सरकारले जसरी भए पनि त्यो पैसा उठाउनुपर्ने बताएका हुन् ।
राज्यमन्त्री तामाङले सरकारमा आएपछि सरकारका निकायहरू एक आपसमा बाझेर देश विकास हुन नसकेको कुरा अनुभव गर्न पाएको बताए ।
उनले भने, ‘म जति दिन मन्त्रालयमा बस्छु त्यति दिन काम गर्ने छु । दिन पनि गनेर बसेको छु । सरकार सरकार बाझेर यो देश विकास हुन दिएको छैन । दुई चार वटा सरकार बाझिदा पनि देश विकास नभएको सरकारमा आएपछि बुझेँ । हाइड्रोपावरको सन्दर्भमा वनले फाइलहरू रोकेर राख्छ ।’
यस्तै, उनले दोलखा, रामेछाप लगायत ७७ जिल्लाको हरेक गाउँमा बत्ती पुर्याउने काम गर्ने पनि बताएका छन् ।
उनले भने, ‘दोलखा, रामेछाप लगायत ७७ जिल्लामा मेरो लक्ष्य के छ भने म मन्त्री हुने दिनसम्म एउटा गाउँ एउटा, दुई वटा मात्र घर रहेको भए पनि, खर्च धेरै लाग्ने रहेछ भनेपनि, दुई वटा घरमा बत्ती बाल्ने काम गर्छु । त्यसो भयो भने गरिबले पनि बत्ती बाल्न पायो । सरकारले जनताको काम गर्नुपर्छ भन्ने लाग्छ । त्यही हिसाबले म मेरो जिम्मेवारी पूरा गर्छु ।’
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निजी अस्पतालहरूले पनि बीमाको सुविधा दिनुपर्ने बताएका छन् । शुक्रबार एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपालको २६ औँ वार्षिक दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै उनले निजी अस्पतालहरूले पनि बीमाको सुविधा दिने व्यवस्था गर्न लागिएको बताएका हुन् ।
मन्त्री पौडेलले सरकारी अस्पतालमा मात्रै स्वास्थ्य बीमाको सुविधा लिन पाइने तर निजीमा लिन नपाइने अवस्थाको अन्त्य गर्दै सबै अस्पतालहरूमा बीमा सुविधा हुनुपर्ने बताए । त्यसको लागि बीमा बोर्ड शक्तिशाली हुनुपर्ने उनले बताए । उनले नियमन गर्ने निकाय र कार्यान्वयन गर्ने निकाय फरक–फरक हुनुपर्ने पनि बताए । कार्यान्वयन र नियमन एउटै निकायले गर्दा बीमा व्यवस्थित गर्न नसकिने उनको भनाइ छ ।
उनले भने, ‘अब सरकारी अस्पतालमा मात्रै बीमाको सुविधा लिन पाइने । निजीमा नपाइने भन्ने हुँदैन । शुल्क तलमाथि भयो भने उपभोक्ताले रोज्ने कुरा भयो । निजीमा महँगो हुन्छ, मेरो बीमाको पैसा धेरै जान्छ । सरकारीमा कम हुन्छ मेरो बीमाको पैसाले अलि धेरै काम गर्छ भन्ने भयो भने त्यो सरकारीतिरै जान्छ । शुल्क समान भयो भने निजीलाई नदिनुपर्ने के कारण छ ? बीमा बोर्डले सरकारी र निजी अस्पतालहरूमा आफ्ना नागरिकलाई सेवा दिलाउनका लागि ती अस्पतालहरूमा स्वास्थ्य सेवा किनेको हो ।’
मन्त्री पौडेलले १० प्रतिशत नागरिकलाई निःशुल्क उपचार गर्ने कुरालाई पारदर्शी बनाएर देखाउन निजी अस्पतालहरूलाई आग्रह गरे । उनले हरेक दिन के–कति विपन्न नागरिकको उपचार भयो भन्नेकुरा बेलुका सार्वजनिक गर्न आग्रह गरे । उनले विपन्न नागरिकलाई कसैको सिफारिसमा भन्दापनि नीति बनाएर सोही अनुरूप पारदर्शी ढंगले सेवा दिनुपर्ने बताए ।
काठमाडौं । सरकारले सबै मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई टिकटकको प्रतिबन्ध हटाउन निर्देशन दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै मन्त्रिपरिषदको निर्णयअनुसार टिकटकमा लगाइएको रोक हटाउन निर्देशन दिएको छ ।
शर्तसहित प्रतिबन्ध हटाउने सरकारको निर्णयपछि टिकटकका प्रतिनिधिहरु काठमाडौं आएका थिए । उनीहरुले बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरकारले राखेका शर्तहरुबारे छलफल गरेर सबै सर्ब शर्त मान्न तयार रहेको बताएका थिए ।
टिकटकको सिंगापुरस्थित कार्यालयबाट आएका तीन जना प्रतिनिधिले सरकारले राखेका शर्तहरु पूरा गर्ने प्रतिवद्धता पत्र दिएपछि मन्त्रालयले प्राधिकरणलाई मन्त्रिपरिषदको निर्णय जानकारी गराउँदै टिकटकमाथिको रोक हटाउन निर्देशन दिएको थियो ।
सामाजिक सद्भाव खलबल्याएको भन्दै सरकारले २७ कात्तिक २०८० मा टिकटक बन्द गरेको थियो । त्यसको करिब साढे नौ महिनापछि गत ६ भदौमा मन्त्रिपरिषद बैठकले शर्तसहित टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय लिएको थियो ।
टिकटक नेपालमा दर्ता हुनुपर्ने, ‘प्वाइन्ट अफ कन्ट्याक्ट’ अर्थात् सम्पर्क केन्द्र तोक्नुपर्ने, नेपालको पर्यटन प्रवद्र्धन, डिजिटल सुरक्षा, डिजिटल साक्षरता, सार्वजनिक शिक्षाका क्षेत्रमा सहयोग गर्नुपर्ने शर्त सरकारले राखेको थियो ।
टिकटकले आधारभूत र माध्यमिक विद्यालयबाट डिजिटल साक्षर अभियानमा टिकटकले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । त्यस्तै सामाजिक दुर्भावना फैलाउने खालका ‘कन्टेन्ट’ भित्र रहेका शब्द, वाक्यहरूको अंग्रेजी, नेपालीसहित नेपालभित्र बोलिने अन्य भाषामा ‘फिल्टरेसन’ र ‘मोडरेसन’ गर्न पनि तयार भएको छ ।
२७ कात्तिक २०८० मा प्रतिबन्ध लगाएकै बेलादेखि टिकटकले सरकारलाई प्रतिबन्ध फुकुवा गर्न पटक–पटक निवेदन दिएको थियो । चीन सरकारले पनि सरकारमाथि प्रतिबन्ध खोल्न दबाब बढाएको थियो । कांग्रेस–एमालेको गठबन्धन सरकार बनेपछि टिकटकको प्रतिबन्ध हटाउन छलफल सुरु भएको थियो ।
सरकारले निर्णय गरेलगत्तै मोफसलका साना शहरहरु र ग्रामीण भेगमा सेवा दिने इन्टरनेट सेवा प्रदायक कम्पनीले टिकटक चल्न दिइसकेका छन् । तर, काठमाडौं, पोखरा लगायतका मुख्य सहरहरुका कतिपय इन्टरनेट सेवा प्रदायकको सेवामा टिकटक प्रतिबन्ध कायम थियो । अब भने सबैतिर टिकटक चल्न थालेको छ ।

काठमाडौं – वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा मोरङ पथरी शनिश्चरे नगरपालिका-१० घर भई भक्तपुर सुर्यविनायक नगरपालिका-११ बस्ने ३७ वर्षीय सन्देश कार्कीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
सन्देशले ग्रीस पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ७ लाख रूपैयाँ लिई सम्पर्क विहिन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-८ गौशालाबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
काठमाडौं– नेपाल प्रहरीमा स्नातकोत्तर तह Masters in Police Sciences (MPS) संचालन सम्बन्धमा सहकार्य गर्न राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र त्रिभुवन विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराज शर्माले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित कार्यक्रमबीच उक्त समझदारीपत्रमा हस्ताक्षर गर्नुका साथै समझदारीपत्र आदान प्रदान समेत गर्नुभयो ।
कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सिनियर प्रहरी अधिकृतहरूको वृत्तिविकास र नेतृत्व विकास कोर्षको रूपमा रहने यस एमपिएस कार्यक्रम तथा यसमा समाहित विषयहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देखा परेका नवीनतम् परिवेश अनुरूप कार्यसम्पादन गर्न सक्ने व्यावसायिक र सक्षम जनशक्तिको विकास हुने अपेक्षा लिएको उल्लेख गर्नुभयो । रिसर्च, अनुसन्धान, रणनीति र योजना तर्जुमा गर्न सक्ने दक्ष जनशक्ति विकास भई नेपाल प्रहरीको आधुनिकीकरण तथा सांगठनिक सुदृढिकरणका क्षेत्रमा अपेक्षित लक्ष्य प्राप्त हुनेमा विश्वस्त रहेको उहाँले बताउनुभयो ।
प्रहरी महानिरीक्षक कुँवरले प्रहरीको नेतृत्व तहमा पुग्ने क्षमता भएका प्रहरी अधिकृतहरूको क्षमता र दक्षतालाई अभिवृद्धि गर्दै हाल नेपाल प्रहरीमा विद्यमान् बढुवा प्रणालीलाई समेत पारदर्शी र अनुमानयोग्य बनाउन सहयोगी हुने बताउनुभयो । यस समझदारीले नेपाल प्रहरी र त्रिभुवन विश्वविद्यालयबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै दुवै निकायले शान्ति, सुरक्षा एवम् सुशासनको क्षेत्रमा निर्वाहित उत्तरदायित्वको दायरा अझ फराकिलो बनाएको विश्वास उहाँले व्यक्त गर्नुभयो ।
सो अवसरमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराज शर्माले समझदारीले प्रहरी अधिकृतहरूको क्षमता विकासमा उल्लेखनीय योगदान पुग्ने चर्चा गर्नुभयो । साथै उहाँले आगामी दिनमा समेत थप सहकार्य र समन्वय हुने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक डा.मनोज कुमार केसीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
समझदारीपत्रमा अक्षयकोष, एमपिएस कार्यक्रम संचालन, शैक्षिक क्यालेण्डर, विभिन्न शुल्कहरू, विद्यार्थीहरूको विवरण, कोर्षको प्रभाव अध्ययन, शाखा स्थापना एवम् विविध कार्य, निरीक्षण र निर्देशन, परीक्षा व्यवस्थापन, परीक्षा केन्द्र, त्रिभुवन विश्वविद्यालय पुस्तकालय तथा सुविधा प्रयोग लगायतका प्रावधानहरू उल्लेख गरिएको छ ।
उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, त्रिभुवन विश्वविद्यालयका सहायक डीनहरू, प्रहरी नायव महानिरीक्षकहरू एवं वरिष्ठ प्रहरी अधिकृतहरू लगायत त्रिभुवन विश्वविद्यालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
काठमाडौँ । नेपालमा साउन महिनामा मात्रै ३९ करोड ६२ लाख ७४ हजार रुपैयाँ बराबरको सारी आयात भएको छ । गत आर्थिक वर्षको साउनको तुलनामा यस वर्षको साउनमा १२ करोड रुपैयाँ बढीको सारी आयात भएको भन्सार विभागले जनाएको छ ।
गत आर्थिक वर्षको साउनमा २७ करोड ५९ लाख ९५ हजार रुपैयाँको सारी, लुंगी र धोती आयात भएको थियो ।
नेपालमा सुती र मानवनिर्मित रेसाबाट बनेका सारी, लुंगी र धोती आयात हुने गरेको छ । यो वर्षको साउनमा ९ लाख २४ हजार ९ सय ५४ थान सारी, लुंगी र
भारतबाट ३९ करोड १६ लाख २४ हजार रुपैयाँ बराबरको ९ लाख १५ हजार १४५ थान सारी, लुंगी र धोती आयात भएको छ । चीनबाट ४१ लाख ११ हजार रुपैयाँको सारी लुंगी र धोती आयात भएको छ । इन्डोनेसिया, बेलायत र अमेरिकाबाट पनि सारी, लुंगी र धोती आयात भएको छ ।
काठमाडौं । गायिका उषा गजुरेलको स्वरमा “मायाको सम्झना दिनमा लाख चोटी” बोलको गित सार्वजनिक भएको छ ।
श्रीकृष्ण बम मल्लको स्वर र संगीतमा रहेको गितमा गजुरेलले पनि स्वर दिएकी हुन् ।
सम्राट दाहाल निर्माता रहेको यस गितको भिडियो मौसम हिमालीको निर्देशन र कोरिउोग्राफी गरेका छन् । अजय रेग्मीको छायांकनमा बनेको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् ।
भिडियोमा सुन्दर सिडिएस र करिष्मा ढकालको अभिनय रहेको छ ।
भिडियो हेर्नुहोस् –





