२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

यूएई सरकारले ल्यायो आममाफि कार्यक्रमःअवैध बसेका नेपालीले यसरी लिन सक्ने छन् सुविधा

काठमाडौं । यूएई सरकारले दुई महिनाको भिसा आममाफी कार्यक्रम ल्याएको छ । यूएई सरकारले अवैधरुपमा बसेका नेपालीहरुले पनि लाभ पाउने गरी आममाफी २०२४ घोषणा गरेको हो ।

गत १ सेप्टेम्बरदेखि लागु भएको यो कार्यक्रम ३० अक्टोबरसम्म चल्नेछ । भिसा अवधि पार गरेर अवैध रुपमा बसिरहेका विदेशी श्रमिक र पर्यटक (रन–वे ओभरस्टे) लाई घर फर्किने अवसर दिन युएईले आममाफी घोषणा गरेको बताइएको छ । भिसा पाएपनि यूएईको अध्यागमन नियम उल्लघंन गरेकाहरुले पनि आममाफी पाउनेछन् ।

उनीहरुको आवासीय स्थिति नियमित गर्न र दण्ड नदिई आफ्नो देश फर्कन अवसर दिइएको हो । कानुनी र सुरक्षित रूपमा उनीहरुको समस्या समाधान गर्ने र सम्भावित जरिवाना वा जेल सजायबाट बच्न मद्दत गर्ने यो कार्यक्रमको उद्देश्य छ ।

आममाफीले म्याद सकिएको कागजात लिएर बसेकाहरुलाई आफ्नो ‘स्टाटस’ परिवर्तन गरेर त्यहीँ रहन वा जरिवाना तिरेर स्वदेश फर्किन सहज हुनेछ । यूएईमा रहनका लागि भने ‘जब अफर लेटर’ आवश्यक पर्नेछ ।

रोजगारदाताहरुबाट भागेर बसेकाहरुले पनि आममाफी पाउनेछन् । गैरकानुनी रूपमा युएई प्रवेश गरेका व्यक्तिहरूले यो माफीको लागि आवेदन दिन सक्ने छैनन् ।

आममाफीका लागि यूएईमा आफ्नो भिसा भएको इमिरेट्सभित्रका अध्यागमन कार्यालयमा सम्पर्क गर्नुपर्नेछ । आबुधाबी र दुबईको भिसा भएकाले तोकिएका कार्यालयहरुमा अन्य इमिरेट्सको हकमा आईसीपी सर्भिस सेन्टरहरुमा आवेदन दिन सक्नेछन् । यस्ता सेवा केन्द्रहरू माफी अवधिमा दैनिक विहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुनेछन् ।

एक्जिट पास प्राप्त गर्ने र देश छाड्नेहरुलाई भविष्यमा यूएई फर्किन अयोग्य नरहने गरी प्रतिबन्धको सूचीमा नराख्ने यूएई सरकारले बताएको छ । भिसा स्थिति परिवर्तन गर्न वा एक्जिट इजाजत प्राप्त गर्न कुनै शुल्क नलाग्ने व्यवस्थासमेत छ । गैरकानुनी रूपमा देशमा बस्दा पहिले लागेका जरिवाना समेत माफ गरिनेछ ।

देश फर्किनेहरुका लागि सरकारले १४ दिनको समय दिनेछ । सो अवधिमा देश नछाडेमा फेरि पुरानै नियमअनुसार सबै जरिवाना लाग्नेछ ।

यूएईस्थित नेपाली दूतावासले आममाफी प्रक्रियामा सहभागी हुन चाहनेहरुलाई पासपोर्ट नभएमा निःशुल्क रुपमा एकतर्फी यात्रा अनुमतिपत्र दिने व्यवस्था गरेको छ । यसरी नेपाल फर्किंदा हवाइ टिकट भने आफैंले किन्नुपर्नेछ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।