काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले)का सांसद रघुजी पन्तले प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संविधान पढ्न सुझाव दिएका छन् । सांसद पन्तले संविधानले दिएको पद पनि तपाईंहरूनै राख्नुस् भन्दै दिएको अभिव्यक्तिमा आपत्ति जनाउँदै यस्तो सुझाव दिएका हुन् ।
“तपाईंले यो प्रतिपक्षी दलको नेता पनि तपाईंहरू नै राख्नुस् भन्नुभयो । संविधान त पढ्नुस् नेताज्यू,” पन्तले भने, “तपाईंले दिएर पाउने हो प्रमुख प्रतिपक्षी दलको नेता ? प्रमुख प्रतिपक्षी दलको नेता बन्न मन लाग्दैन भने छेवैमा हुनुहुन्छ जनार्दनजीलाई दिनुभए हुन्छ ।”
https://www.khabarpetika.com/2024/08/27/7210/