काठमाडौँ । इजरायल जाने नेपाली कामदारको छनोट गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले छानबिन समिति गठन गरेको छ ।

नेपालबाट दीर्घकालीन स्याहार केन्द्रमा इजरायल लैजान सहायक कामदारहरूको छनोट प्रक्रियामा पेस भएका कागजातबारे छानबिन गर्न समिति गठन गरेको हो।
छनोट प्रक्रियामा पेस भएका कागजातहरूको आधिकारिकताको जाँच गर्न र समग्र छनोट प्रक्रियालाई विश्वसनीय र पारदर्शी बनाउन मन्त्रालयका उपसचिव मेघनाथ रिमालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनेको हो।
नेपाल र इजरायलबिच ‘जी टु जी’ प्रक्रियाबाट कामदार लैजान सहमति भएको थियो ।












