२०८२ जेष्ठ ३ शनिबार
२०८२ जेष्ठ ३ शनिबार

लुम्बिनीका मुख्यमन्त्री महराद्वारा राजीनामा

देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले राजीनामा दिएका छन् । आइतबार बसेको प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री महराले राजीनामा दिएका हुन् ।

मुख्यमन्त्री महराले राजीनामा नदिने बरु विश्वासको मत लिने बताए पनि विश्वास मत नपाउने सङ्केत देखिएपछि उनले पदबाट राजीनामा दिएका हुन् । प्रदेश सभा सचिवालयले साउन ५ गते प्रदेश सभा बैठक र सम्भावित कार्यसूची सार्वजनिक गर्दै विश्वासको मत सम्बन्धी सूचना प्रकाशन गरेको थियो ।

केन्द्रमा नेपाली कांग्रेस र नेकपा (एमाले) सत्ता सहकार्य भएपछि लुम्बिनी प्रदेश सरकारमा सहभागी एमालेका पाँच जना मन्त्रीले असार २० गते राजीनामा दिनुका साथै समर्थन फिर्ता लिएका थिए । सरकारलाई दिएको समर्थन फिर्तापछि मुख्यमन्त्री महराको सरकार अल्पमतमा परेको थियो ।

लुम्बिनीमा एमाले–कांग्रेसको समीकरण अनुसार सहज बहुमत जुट्ने छ । एमालेको २९ र कांग्रेसका २७ जना सांसद छन् । सरकार बनाउन ४४ जना सांसद आवश्यक पर्छ । नयाँ सरकार बनाउन एमाले–कांग्रेसलाई बहुमत पुर्‍याउन सहज देखिएको हो । तर प्रदेश सभामा रहेका साना दललाई समेत समेटेर नयाँ सरकार बनाउने तयारी रहेको एमालेका प्रमुख सचेतक तुलसी चौधरीले जानकारी दिए। कांग्रेस–एमाले सरकारमा अधिकांश साना दलहरूले पनि समर्थन जनाउने सङ्केत देखिएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।