२०८२ असार २ सोमबार
२०८२ असार २ सोमबार

सुन जस्तो देखिने पहेंलो धातु सहित तीन जना पक्राउ

काठमाडौं । भन्सार छली अवैध रूपमा संकलन गरी लैजान लागेको करिब ५२ ग्राम तौल बराबरको सुन जस्तो देखिने पहेंलो धातुको बाला २ थान, औठी १ थान र चन्द्र बिन्दु १ थान सहित ३ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बाग्लुङ, बाग्लुङ नगरपालिका-४ घर भएका ३६ वर्षीय शम्सेर विक, गुल्मी सत्यवति गाउँपालिका-२ घर भएका ३६ वर्षीय नुम बहादुर थापा मगर र बारा जितपुरसिमरा उपमहानगरपालिका-२४ घर भएका ४३ वर्षीय साहेव देवन रहेका छन् ।

हिमालयन एयरलाईन्सको उडानद्वारा नेपाल आएका शम्सेर र नुम बहादुरलाई जनही ९/९ हजार रूपैयाँ दिएर भन्सार छली गर्न लगाई ल्याएको उक्त धातु साहेवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट अवैध रूपमा संकलन गरी लैजान लागेको अवस्थामा फेला पारी तीनै जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।