२०८३ बैशाख १७ बिहीबार
२०८३ बैशाख १७ बिहीबार

काठमाडौँ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईलाई ज्ञापनपत्र बुझाएको छ ।


शुक्रबार मन्त्रालयमा पुगेर महासंघको पदाधिकारीले यस अघि मन्त्रायले जारी गरेको शिक्षक सरुवासम्बन्धीको निर्देशिका खारेज गर्न माग गरेको हो ।

उक्त निर्देशिका खारेज गर्नुपर्ने वा नगरेको खण्डमा शिक्षक सरुवा सहमतिको लागि राष्ट्रिय मापदण्ड तय गरी संशोधन गर्नुपर्ने माग आफुहरुले राखेको अध्यक्ष गुणराज मोक्तानले जानकारी दिए ।

शिक्षा सुधारका लागि भन्दै देशभरका करिब २७ हजार विद्यालय व्यवस्थापन समितिहरूको तर्फबाट ध्यानाकर्षण गराएको उनीहरुको दावी छ ।

महासंघले संसदमा प्रक्रियामा रहेको विद्यालय शिक्षासम्बन्धी विधेयकलाई अभिभावक मैत्री, समुदायमैत्री बनाउँदै विद्यालय सञ्चालन र व्यवस्थापनमा अभिभावकको आधिकारिक प्रतिनिधि विद्यालय व्यवस्थापन समितिलाई थप जिम्मेवार र जबाफदेही बनाउने कानुनी प्रबन्ध गरी यथाशक्य संसदबाट पारित गर्नुपर्ने समेत माग गरेको छ ।

ज्ञापनपत्र बुझ्दै मन्त्री भट्टराईले यस विषयमा मन्त्रायमा छलफल गरेर अगाडि बढ्ने बताइन् । उनले वैकल्पिक उपाय सहित सुझाव ल्याएकोमा महासंघलाई धन्यवाद समेत दिइन् ।

महासंघले शिक्षा मन्त्रालयका सचिव डा. दिपक काफ्लेलाई पनि भेट्दै यस विषयमा ध्यानाकर्षण गराएका छन् ।

काठमाडौं । एसीसी महिला एसिया कपमा नेपालले युएईलाई ६ विकेटले हराएको छ। श्रीलंकाको धम्बुलामा शुक्रबार भएको खेलमा नेपालले सुखद सुरुवात गरेको हो। युएईले दिएको ११६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा पूरा गरेको थियो।

नेपालका लागि सम्झना खड्काले विष्फोटक ब्याटिङ गरेपछि नेपालले जित सुनिश्चित गरेको हो। खड्काले सर्वाधिक ७२ रन बनाइन्। ४५ बलमा उनले ११ चौका प्रहार गर्दै अविजित रहिन्।

काठमाडौं । सरकारले बङ्गलादेशमा रहेका नेपाली विद्यार्थीहरू सुरक्षित रहेको जानकारी दिएको छ ।

परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रममा सन्दर्भमा त्यहाँ अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरूको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ नेपाल सरकार पूर्णरुपमा सचेत रहेको उल्लेख गर्दै नेपाली विद्यार्थीहरू सुरक्षित रहेको उल्लेख गरेको छ ।

मन्त्रालयले ढाकास्थित दूतावासको नम्बर जारी गर्दै आवश्यक परेमा कुनै पनि समयमा यी नम्बरमा सम्पर्क गर्न सकिने उल्लेख गरेको छ ।

मन्त्रालयले विज्ञप्तिमा यस्तो भनेको छ-

बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रममा सन्दर्भमा त्यहाँ अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरूको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ नेपाल सरकार पूर्णरुपमा सचेत छ । हालसम्म सम्बन्धित विश्वविद्यालय, कलेज तथा ढाकास्थित नेपाली राजदूतावास समेतको सहयोग र समन्वयमा नेपाली विद्यार्थीहरू सुरक्षित रहेको तथा उहाँहरूको थप सहजताका लागि निरन्तर प्रयत्न भइरहेको छ ।

तत्कालै थप कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी तथा उहाँहरूका अभिभावक एवं आफन्तहरूले ढाकास्थित नेपाली राजदूतावासको देहायको नम्बरमा जुनसुकै समयमा सम्पर्क गर्न सक्नुहुनेछ :

योजना बम्जन, द्वितीय सचिव: +८८०१८८०६९१०१३

रिया क्षेत्रीः +८८०१७४५४०७९५८

काठमाडौं । न्यूरोडमा काठमाडौं महानगर र स्थानीयवासीबीच उत्पन्न भएको तनाव अझै साम्य भएको छैन । महानगरले डोजर चलाउने प्रयास गरेपछि स्थानीयवासी फेरि प्रतिकारमा उत्रिएका छन् ।

न्यूरोडमा सडक पेटी विस्तारका लागि महानगरले काम थालेपछि बिहानैबाट टकराब बढेको थियो । स्थानीयले अवरोध गरेपछि महानगरले काम गर्न पाएन । नगर प्रहरी र स्थानीयबीच बारम्बार घम्साघम्सी भएको थियो ।

अहिले बेलुकीपख बाक्लो संख्यामा प्रहरीको उपस्थितिमा महानगरले डोजर निकाल्ने प्रयास गर्‍यो । डोजर निकाल्नासाथ स्थानीयवासीले घेराउ गरेका थिए । उनीहरूले डोजरमाथि नै चढेर अवरोध पुर्‍याएका छन् ।

काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विभिन्न सरकारी निकायबाट निर्माण व्यवसायीलाई भुक्तानी हुनुपर्ने रकम यकिन भइरहेको र चाँडै भुक्तानी प्रक्रिया अघि बढ्ने जानकारी दिए । नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारीसँग अर्थमन्त्रालयमा भएको भेटघाटमा उनले दायित्व सिर्जना भइसकेको रकम भुक्तानी नरोकिने स्पष्ट परेका छन् ।

महासङ्घका पदाधिकारीसंगको छलफल अघि अर्थमन्त्री पौडेलले विभिन्न विषयगत मन्त्रालयका सचिवसँग छलफलगरेका थिए। “काम सम्पन्न भइसकेका आयोजनाको भुक्तानी नरोक्न विभिन्न मन्त्रालयलाई भनिसकेको छ”, अर्थमन्त्री पौडेलले भने , “समस्या आइसकेपछि यत्तिकै राख्ने होइन, समाधान गर्दै जाने हो । दुवै पक्ष छलफल गरेर निकास खोज्नतर्फ लागौँ ।” सम्पन्न भएको कामको भुक्तानी नरोक्न विषयगत मन्त्रालयका सचिवलाई निर्देशन दिइसकेको अर्थमन्त्री पौडेलले बताए ।

पूर्वाधार निर्माणको गुणस्तर कायम गर्दै तोकिएको समय र लागतभित्र काम सम्पन्न गर्न पनि अर्थमन्त्री पौडेलले निर्माण व्यवसायीलाई आग्रह गरे । “तपाईहरुका जायज समस्या सुन्न र समाधान गर्न सरकार तयार छ । तपाईहरु पनि तोकिएको समय र लागतभित्र काम सक्नुस । कामको गुणस्तर कायम गर्ने विषयलाई पहिलो प्राथमिकतामा राख्नुहोला”, अर्थमन्त्री पौडेलले भने । निर्माण व्यवसायीले प्रदेश र स्थानीय तहसमेतबाट गरेर करिब ६० अर्ब बराबर भुक्तानी पाउन बाँकी रहेको दावी गर्दै आएका छन् ।

काठमाडौँ । उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले सिंहदरबारस्थित निर्माणाधिन सङ्घीय संसद भवन थपिएको समयसीमा भित्रै निर्माण कार्य पूरा गर्न आफूले सक्दो पहल गर्ने बताएका छन् ।

शुक्रबार सिंहदरबारमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायतका सङ्घीय संसदका पदाधिकारीहरुले सो भवनको निर्माण कार्यप्रति सम्बन्धित निकायसँग चासो व्यक्त गरेपछि उहाँले सो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

उपप्रधानमन्त्री सिंहले आफू भर्खरै मन्त्रालयमा आएकाले सम्बन्धित निकायसँग छलफल गरेर त्यसको विस्तृत विवरण सभामुख घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष दाहाललगायतका पदाधिकारीहरुलाई उपलब्ध गराउने र त्यसलाई समयमै अझ राम्रो ढङ्गले काम गराउन लागिपर्ने बताए।

उहाँले राष्ट्रिय प्राथमिकतामा रहेको सो भवन निर्माणका कार्यमा ढलाई नगरी काम गर्न पनि मातहतका निकायलाई निर्देशन दिनुभयो । उपप्रधानमन्त्री सिंहले सो भवन निर्माणका लागि कुनै समस्या भए हटाएर अघि बढ्न पनि आफूले पहल गर्ने बताए ।

त्यस अवसरमा उपप्रधानमन्त्री सिंहले सो भवन समयमै सम्पन्न गर्नका लागि चासो व्यक्त गरको भन्दै सभामुख घिमिरे, राष्ट्रिय सभा अध्यक्ष दाहाललगायतप्रति आभार व्यक्त गरेका थिए ।

काठमाडौं । भन्सार छली अवैध रूपमा संकलन गरी लैजान लागेको करिब ५२ ग्राम तौल बराबरको सुन जस्तो देखिने पहेंलो धातुको बाला २ थान, औठी १ थान र चन्द्र बिन्दु १ थान सहित ३ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बाग्लुङ, बाग्लुङ नगरपालिका-४ घर भएका ३६ वर्षीय शम्सेर विक, गुल्मी सत्यवति गाउँपालिका-२ घर भएका ३६ वर्षीय नुम बहादुर थापा मगर र बारा जितपुरसिमरा उपमहानगरपालिका-२४ घर भएका ४३ वर्षीय साहेव देवन रहेका छन् ।

हिमालयन एयरलाईन्सको उडानद्वारा नेपाल आएका शम्सेर र नुम बहादुरलाई जनही ९/९ हजार रूपैयाँ दिएर भन्सार छली गर्न लगाई ल्याएको उक्त धातु साहेवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट अवैध रूपमा संकलन गरी लैजान लागेको अवस्थामा फेला पारी तीनै जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले ३३औँं गृष्मकालीन पेरिस ओलम्पिकमा सहभागी हुन जाने नेपाली खेलाडीलाई सफलताको शुभकामना प्रदान गर्दै बिदाइ गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले खेलाडीलाई शुभकामनासहित बिदाइ गरेका हुन्। सो अवसरमा उहाँले खेल राष्ट्रलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने सबैभन्दा उपयुक्त माध्यम भएको बताउँदै उच्च मनोबलका साथ प्रतिस्पर्धा गर्न आग्रह गरे ।

राष्ट्रपति पौडेलले गृष्मकालीन पेरिस ओलम्पिकमा सहभागी खेलाडीले देशको प्रतिष्ठा उँचो बनाउने विश्वास व्यक्त गरे । उनले दृढ सङ्कल्प र अठोटका साथ ओलम्पिकमा सहभागी हुन खेलाडीलाई सुझाव दिए ।

सोही कार्यक्रममा राष्ट्रपति पौडेलले पेरिस ओलम्पिकको ‘सेभ द मिसन’ रहनुभएका राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङलाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरेका थिए । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले उच्च मनोबलका साथ खेल प्रदर्शन गर्न आग्रह गर्दै सफलताको शुभकामना प्रदान गरे ।

खेलाडीको बिदाइ कार्यक्रममा युवा तथा खेलकुदमन्त्री चौधरीसहित नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, ३३औँं गृष्मकालीन पेरिस ओलम्पिकमा नेपालका तर्फबाट प्रतियोगितामा सहभागी हुने खेलाडी, प्रशिक्षकलगायतको सहभागिता थियो ।

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य तोलामा रु. दुई हजारले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकानुसार बिहीबार प्रतितोला रु. एक लाख ४९ हजार पाँच सयमा कारोबार भएको छापावाला सुनको आज भने रु. एक लाख ४७ हजार पाँच सय निर्धारण भएको छ ।

बिहीबार प्रतितोला रु. एक लाख ४८ हजार आठ सयमा कारोबार भएको तेजाबी सुनको मूल्य आजका लागि भने रु. एक लाख ४६ हजार आठ सय निर्धारण भएको छ ।

यस्तै चाँदीको मूल्य तोलामा रु. ३० ले घटेको छ । बिहीबार प्रतितोला रु. एक हजार आठ सय ६० मा कारोबार भएको चाँदीको मूल्य आज रु. एक हजार आठ सय ३० निर्धारण गरिएको छ ।

काठमाडौँ । पृथ्वीराजमार्ग अन्तरगत धादिङ्गको जवाङ् खोलामा ट्रकका सहचालक त्रिशूली नदीमा हाम फालेर बेपता भएका छन् ।

शुक्रबार बिहान करिब ८ बजे हेटौडाका वीरबहादुर योन्जन नाम गरेका करिब ३२ वर्षका सह चालक त्रिशूलीमा हाम फालेको प्रहरीले जनाएको छ ।

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।