२०८२ जेष्ठ २ शुक्रबार
२०८२ जेष्ठ २ शुक्रबार

दाना कपमा नेपालको ३ उमेरसमूह टोली सहभागी हुने

काठमाडौं । दाना कपमा सहभागी हुन नेपाली फुटबल टोली शनिबार (साउन ५ गते) डेन्मार्क प्रस्थान गर्ने भएको छ । जुलाइ २२ देखि २८ तारिखसम्म हुने उक्त प्रतियोगितामा नेपालबाट ३ फरक उमेरसमूहको छात्र टोली सहभागी हुनेछ ।


यु–१२ उमेरसमूहमा कृशल लिम्बू, प्रविक तामाङ, सभ्यम अमात्य, बृमधा तामाङ, मिङमार गेलु शेर्पा, रिजन भुजेल, सन्चेस भुजेल र युनेश श्रेष्ठले प्रतिस्पर्धा गर्ने छन् ।
यु–१४ मा सिद्धार्थ देवकोटा, कश्यपराज थापा, शुभम् अमात्य, प्रजल बस्नेत, निक्सन केसी, शुलभध्वज जोशी र आदिप्त बस्नेतले खेल्ने छन् ।


यु–१६ मा गौरवबहादुर खड्का, गोरक्षजंग सुवेदी, आरुश पौडेल, अमर लिम्बू, युङड्रु वाङगेल गुरुङ, आलोक जिरेल, समिर गुरुङ, अमुल महर्जन, प्रतीक थापा, शुभम् थापा, सोहन बस्नेत, अध्ययन गुरुङ, अग्रिमजंग सिंह बस्नेत, ग्रेमन श्रेष्ठ, लिसन गुरुङ र जोसुअ बुढाथोकी सहभागी हुने छन् ।

यु–१२ र यु–१४ को प्रतिस्पर्धा भने सेभेन ए साइड स्वरुपमा हुनेछ । टिम व्यवस्थापकमा रमेश भुजेल र नारायण रोका, प्रशिक्षकमा अमिर विशुंखे, विनोद बुढाथोकी र आशिष कपाली रहेका छन् । प्रतियोगितामा ४५ भन्दा बढी राष्ट्रको सहभागिता रहने व्यवस्थापक रोकाले जनाएका छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।