२०८२ कार्तिक २५ मंगलवार
२०८२ कार्तिक २५ मंगलवार

यस वर्षको धान दिवस तथा रोपाइँ महोत्सव चितवनमा मनाइने

काठमाडौं । २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८१ चितवनमा मनाइने भएको छ । २१ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव २०८१ मूल समारोह समितिले बिहीबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै जलवायु मैत्री कृषि,धान उत्पादनमा वृद्धि नाराका साथ आगामी असार १५ गते चितवनको बछौलीमा प्रधानमन्त्रीको उपस्थीतिमा धान दिवस मनाइने जानकारी दिएको हो ।

त्यसअघि असार १४ गते नार्क परिसर खुमलटारमा धान विशेष अन्तक्रिया कार्यक्रमको आयोजना गरिएको कृषि विभागका महानिर्देशक नरहरिप्रसाद घिमिरेले जानकारी दिए।

उनले जलवायु परिवर्तनका कारण धान खेतीमा बढ्दो नकारात्मक असरलाई न्यूनकरण गर्न जलवायु अनुकूलित प्रविधिहरूको अनुसन्धान र विकास एवं उपब्ध प्रविधिहरुको प्रचार प्रसार गरि सम्बद्ध पक्षलाई जागरुक बनाइ धान उत्पादन बनाउनुपर्ने सन्देश यस वर्षको नाराले दिएको धारणा राखे ।

घिमिरेले अहिलेसम्म देशभर औसत कूल ९.८ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको बताए। उनले देशभर करिब १४ लाख हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदै आएको जानकारी दिए।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।