२०८३ बैशाख १६ बुधबार
२०८३ बैशाख १६ बुधबार

काठमाडौं । आज संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई लिएर शीर्ष तीन नेताहरूबीच छलफल भएको छ । बिहीबार साँझ नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड),नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको हो ।

कानुनमन्त्री पदम गिरीका अनुसार नेताहरूबीच शान्ति प्रक्रियाका सम्बन्धमा बाँकी कामहरूलाई निष्कर्षमा पुर्‍याउने विषयमा छलफल भएको हो । उनले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका धेरै बुँदामा सहमति भइसकेको बताए ।

नेताहरूबीच सहमति हुन नसकेका विषयलाई चाँडो टुंगोमा पुर्‍याउन गहिरो गृहकार्य गर्ने समझदारी बनेको छ ।

धेरै बुँदामा सहमति भइसक्यो, तीन–चार बुँदामा सहमति जुटाउन बाँकी छ । खासगरी, मेलमिलापका सन्दर्भमा पीडित पक्षको स्वतन्त्र सहमतिमा टुंग्याउन भनिएको थियो । तर, पीडित पक्षको स्वतन्त्र सहमति नभएको अवस्थामा कसरी जाने भन्ने विषय टुंगिन बाँकी छ । गम्भीर मानव अधिकार र मानव अधिकारका कस्ताकस्ता कुराहरूलाई समावेश गर्ने भन्ने विषयमा पनि छलफल हुन बाँकी छ, उनले भने ।

काठमाडौं: विवाहको वहानामा चीन पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा उदयपुर त्रियुगा नगरपालिका-१ जोगीदह घर भएकी ३१ वर्षीया सुन्दरी राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । चीनस्थित नेपाली राजदूतावासको समन्वयमा असार ९ गते उद्दार भई नेपाल फर्कीएकी पीडितको उजुरीको आधारमा जाहेरी दिएपश्‍चात मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

राईले पीडितलाई सामाजिक सञ्जाल मेसेन्जरमार्फत कुराकानी गरी आफूले चिनियाँ नागरिकसँग विवाह गरेर चीन आएको १० वर्ष भयो, चीनमा धेरै राम्रो हुन्छ, तिमी पनि विवाह गरेर चीनमा आउ, विवाह गर्ने केटासँग मेरो चिनजान रहेको छ, केटा धनी र राम्रो छ भनी प्रलोभन देखाई पीडितलाई काठमाडौंको ठमेलमा चिनियाँ केटासँग भेट गराई २०८० फागुन १० गते भिजिट भिसामा चीन पुर्‍याई १ लाख ५० हजार रूपैयाँमा चिनियाँ नागरिकलाई बेचबिखन गरेको अनुसन्धानबाट खुल्न आएको   छ । 

राईलाई जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमती लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सुर्खेत । पहिलो राष्ट्रिय ई स्पोर्ट्स च्याम्पियनसिपको सम्पुर्ण तयारी पुरा भएको छ । आयोजक ई स्पोर्ट्स संघ नेपाल    (ईशान) ले सुर्खेतको विरेन्द्रनगरमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जनाएको हो । कर्णाली प्रदेश ई स्पोर्ट्स संघ सह–आयोजक रहेको प्रतियोगिताको अन्तिम खेल शुक्रबार र शनिबार सुर्खेतमा सञ्चालन हुदैछ ।


ईशानका सचिव आशिष दाहालले प्रतियोगिताको अन्तिम चरणमा छनोट भएका सम्पुर्ण खेलाडी सुर्खेत आईसकेको बताए । पब्जी मोबाईल, मोबाईल लेजेण्ड्स र ई फुटबल समावेश गरिएको राष्ट्रिय च्याम्पियनसिपको छनोटमा पब्जीमा १ सय ३६ टिम, मोबाईल लेजण्ड्समा ४० टिम र ई फुटबलमा १ सय ९३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । मोबाईल लेजण्ड्स र ई फुटबलको फाइनल शुक्रबार अनलाईनमा हुनेछ भने पब्जी मोबाईलको फाईनल ल्यान ईभेन्ट शुक्रबार र शनिबार सुर्खेतमा हुने सचिव दाहालले बताए ।


कुल पुरस्कार राशी १२ लाख रहेको प्रतियोगितामा पब्जी मोबाईलमा ९ लाख, मोबाईल लेजेण्ड्समा २ लाख र ई फुटबलमा एक लाख रुपैयाँ प्रदान गरिने छ ।
यस वर्ष कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौं राष्ट्रिय खेलकुदको प्रचार प्रसारलाई सहयोग पुर्याउने उद्धेश्यले पहिलो राष्ट्रिय प्रतियोगिताका लागि सुर्खेतलाई छनोट गरिएको संघका वरिष्ठ उपाध्यक्ष हिमबिक्रम केसीले बताए । उनले राष्ट्रिय प्रतियोगिताको आयोजनाबाट दशौं राष्ट्रिय खेलकुदमा ई स्पोर्ट्स प्राथमिकतमा पर्ने विश्वास ब्यक्त गरे ।

 
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सन्ज्यालले आधुनिक प्रविधिको खेल प्रतियोगिता कर्णालीमा हुनु सिंगो प्रदेशका लागि खुसीको विषय भएको बताए । कर्णाली प्रदेशमा रहेका ई स्पोर्ट्सका खेलाडीको आकर्षणलाई हेरेर प्रदेशले आयोजनामा सहयोग गरेको बताए । प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् र कर्णाली प्रदेश ई स्पोर्ट्स संघले सहयोग गरेका छन् ।

एसईईको ग्रेड वृद्धि परीक्षा साउन १८ र १९ गते,कति जनाले पाउँछ दिन?

रामेछाप । माध्यमिक तहको वार्षिक परिक्षा (एसईई) २०८० मा मन्थली नगरपालिका भित्र सञ्चालनमा रहेका सामुदायिक विद्यालय तर्फ हरिसिद्वी माध्यमिक विद्यालयले सत प्रतिशत नतिजा ल्याउन सफल भएको छ ।

विहिबार राष्ट्रिय परिक्षा बोर्डले सार्वजनिक गरेको नतिजामा मन्थली नगरपालिका १० चनखु स्थित हरिसिद्वी माविका ८ जना विद्यार्थी रहेकोमा आठै जना पास भएको प्रधानध्यापक चन्द्रबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार ग्रेड ३.२ देखि ३.६ मा दुई जना, २.८ देखि ३.२ मा तीन जना, २.४ देखि २.८ ल्याएर पास गर्नेमा तीन जना रहेका छन् ।

SUBODH DHUNGEL/PHOTO FACEBOOK

त्यस्तै मन्थली माध्यमिक विद्यालयका छात्र सुवोध ढुंगेल ४ जिपिए ल्याउने एक मात्रै विद्यार्थी बनेका छन् ।

मन्थली नगर शिक्षा शाखाले सार्वजनिक गरिएको एक सूचना अनुसार मन्थली नगरपालिका अन्तर्गत सामुदायिक र संस्थागत विद्यालयको परिक्षामा सहभागी मध्य ६६ प्रतिशत विद्यार्थी उतिर्ण भएका छन् । NG पाउनेमा १७२ जना रहेको छ ।

यस्तै संस्थागत विद्यालय तर्फ भने ३ वटै विद्यालयले सत प्रतिशत नतिजा हासिल गराउन सफल भएको छ ।

यस्तो छ मन्थली नगरपालिकाको सामुदायिक र संस्थागत विद्यालयहरूको शैक्षिक सत्र २०८० को एसईई नतिजा :-

४ GPA – १ जना
३.६ देखि ४ GPA सम्म – ६९ जना
३.२ देखि ३.६ GPA सम्म – १०६ जना
२.८ देखि ३.२ GPA सम्म – १२५ जना
२.४ देखि २.८ GPA सम्म – ७६ जना
२.० देखि २.४ GPA सम्म – १० र
NG – १७२ जना

एसईईमा २ लाख ४२ हजार ३१४ जना परीक्षार्थी फेल,उत्तीर्ण कति ?

काठमाडौं । नेपाली भेट्रान धावक बुद्धवीर लामा र धर्म महर्जनले अन्तर्राष्ट्रिय खुला भेट्रान एथलेटिक्स प्रतियोगितामा बिहीबार स्वर्ण जितेका छन् ।


बंगलादेशको ढाकामा भइरहेको प्रतियोगिताको ६५ वर्षमाथि ५ हजार मिटर दौडमा बुद्धवीरले स्वर्ण जितेका हुन् । गीतकार समेत रहेका उनले निर्धारित दूरी २२ मिनेट ०३ सेकेन्डमा पूरा गरेका थिए । सोही दूरीको ५० वर्षमाथि धर्मले १७ मिनेट ८ सेकेन्डमा दौड पूरा गर्दै पहिलो भए ।

धर्मले प्रतिस्पर्धा गरेको स्पर्धामा नेपालकै रैवत दाहाल दोश्रो भए । उनले निर्धारित दूरी तय गर्न १७ मिनेट ५० सेकेन्ड समय लगाएका थिए ।


नेपालले थप १ कांस्य पनि जित्यो । ५५ वर्षमाथि ५ हजार मिटर दौडमा दीपककुमार रन्जितले कांस्य प्राप्त  गरे । उनले निर्धारित दूरी २० मिनेट १९ सेकेन्डमा तय गरे ।


प्रतियोगितामा नेपालबाट ६ खेलाडी सहभागी छन् । पुष्पलाल श्रेष्ठले ६५ वर्षमाथि १० हजार मिटर दौड तथा लाक्पा शेर्पा लामाले ४० वर्षमाथि १० हजार मिटर दौडमा प्रतिस्पर्धा गर्ने छन् । उक्त दौड शनिबार हुने टोलीको नेतृत्व समेत गरेका बुद्धवीरले जनाएका छन् । शनिबारै धर्मले १० हजार मिटर दौडमा पनि प्रतिस्पर्धा गर्ने छन् ।

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा आज राति भारत र साविक विजेता इङ्गल्यान्ड खेल्दैछन् । यो खेल राति सवा ८ बजे वेस्ट इन्डिजको गायनामा शुरु हुनेछ ।

भारत सुपर–आठको समूह ‘एक’ बाट शीर्ष स्थानमा रहँदै अन्तिम चारमा पुगेको हो । भारतले सुपर–आठको पहिलो खेलमा अफगानिस्तानलाई ४७ रन, दोस्रो खेलमा बङ्गलादेशलाई ५० रन र तेस्रो खेलमा अस्ट्रेलियालाई २४ रनले हराउँदै अन्तिम चारमा पुगेको हो ।

यस्तै इङ्गल्यान्ड सुपर–आठको समूह ‘दुई’ बाट दोस्रो स्थानमा रहँदै अन्तिम चारमा पुगेको हो । इङ्गल्यान्डले सुपर–आठको पहिलो खेलमा वेस्ट इन्डिजलाई ८ विकेटले हराएको थियो । यस्तै दोस्रो खेलमा दक्षिण अफ्रिकासँग ७ रनले पराजित भएको इङ्गल्यान्डले तेस्रो खेलमा अमेरिकालाई १० विकेटले हराएको थियो ।

एक्युवेदर वेबसाइटका अनुसार यो खेल वर्षाले प्रभावित हुनसक्ने सम्भावना छ । सेमिफाइनलका लागि ‘रिजर्भ डे’ अर्थात् अतिरिक्त दिन नराखिएको हुँदा यो खेल वर्षाका कारण रद्द भएमा भारत फाइनलमा पुग्नेछ ।

आईसीसीको नियमअनुसार सेमिफाइनल खेल रद्द भएमा सुपर–आठ मा शीर्ष स्थानमा रहने टिम सिधै फाइनलमा पुग्नेछ । भारत सुपर–आठ समूह ‘एक’ को शीर्ष स्थानमा रहेको थियो भने इङ्गल्यान्ड सुपर–आठ समूह ‘दुई’ को दोस्रो स्थानमा रहेको थियो ।

यसैबीच आज बिहान भएको पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका पहिलो पटक टी–२० विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । फाइनल खेल पर्सि शनिवार राति सवा ८ बजे वेस्ट इन्डिजको ब्रिजटाउनमा हुनेछ ।

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा चित्त नबुझे विद्यार्थीहरूले अनलाइनबाटै पुनर्योग निवेदन दिन सक्ने भएका छन् ।

कार्यालयमा विद्यार्थीको चाप घटाउनका लागि यस वर्षदेखि अनलाइनबाटै निवेदन दिन सकिने व्यवस्था मिलाएको राष्ट्रिय परीक्षा बोर्डका बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । पुनर्योगका लागि नतिजा प्रकाशन भएको १५ दिनभित्र निवेदन दिइसक्नुपर्ने उहाँले बताउनुभयो ।

त्यस्तै अनलाइनमा कसैको नतिजा नखुलेमा, अनुपस्थित देखाएमा वा प्रयोगात्मक नम्बर नदेखाएमा प्रवेशपत्रको प्रतिलिपिसहित शिक्षा विकास तथा समन्वय इकाइ विभागमा सिधै निवेदन दिन पनि सकिने व्यवस्था गरेको अध्यक्ष शर्माले बताउनुभयो ।

गएको चैत १५ गतेदेखि शुरु भएको परीक्षाको नतिजा आज सार्वजनिक भएको हो । परीक्षामा सहभागीमध्ये ४७ दशमलव ८६ प्रतिशत अर्थात् दुई लाख २२ हजार चार सय ७२ जना मात्रै कक्षा ११ मा भर्ना हुन योग्य भएका छन् ।

परीक्षामा सहभागी चार लाख ६४ हजार सात सय ६५ जना सहभागी भएका थिए । ‘एनजी’ अर्थात ‘ननग्रेडिङ’ हुने दुई लाख ४२ हजार तीन सय १३ जनामध्ये बढीमा दुई विषयमा ‘एनजी’ हुने एक लाख १५ हजार आठ सय ३४ जना आउँदो साउन १८ र १९ गते हुने ‘ग्रेड’ वृद्धि परीक्षामा सहभागी हुन पाउने अध्यक्ष शर्माले जानकारी दिनुभयो ।

एक महिनामै नतिजा प्रकाशन हुने भएकोले उनीहरू ‘ग्रेडिङ’ भएमा यही वर्ष कक्षा ११ मा भर्ना हुन पाउँछन् । दुईभन्दा बढी विषयमा ‘ननग्रेडिङ’ मा पर्ने एक लाख २६ हजार चार सय ७९ जना विद्यार्थीले भने आउँदो वार्षिक परीक्षामा सहभागी हनुपर्नेछ ।

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले दूध बेचेर जीविकोपार्जन गर्ने किसानहरूको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बास्कोटाले सरकार पटक पटक परिवर्तन हुँदा पनि वर्षौं देखिएको दुग्ध किसानहरूको समस्या समाधान नभएको भन्दै उनीहरूको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । किसानहरूको ५ अर्बभन्दा बढी रुपैयाँ भुक्तानी बाँकी रहेको अवस्थामा किसानलाई रुवाएर सरकार हाँसेर बस्न नमिल्ने उनले बताए ।

दुग्ध किसानका बारेमा प्रधानमन्त्रीले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने उनको भनाइ छ । बास्कोटाले धुलो दूध बाहिरबाट ल्याएर स्वदेशी किसानलाई मर्कामा पार्ने काम भएको भन्दै आपत्ति जनाए ।

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुरु भएको छ । बैठकमा अहिले शून्य समयमा सांसदहरुले विभिन्न जनसरोकारका विषयमा कुरा राख्ने क्रम जारी रहेको छ ।

बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराइने र राष्ट्रियसभाका सचिव डा.सुरेन्द्र अर्यालले ‘विनियोजन विधेयक, २०८१ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गरिने कार्यसूची छ ।

यसैगरी अर्थमन्त्री वर्षमान पुनले राष्ट्रियसभा नियमावली, २०७५ को नियम १३३ क को उपनियम (२) बमोजिम ‘विनियोजन विधेयक, २०८१ सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

काठमाडौं । २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८१ चितवनमा मनाइने भएको छ । २१ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव २०८१ मूल समारोह समितिले बिहीबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै जलवायु मैत्री कृषि,धान उत्पादनमा वृद्धि नाराका साथ आगामी असार १५ गते चितवनको बछौलीमा प्रधानमन्त्रीको उपस्थीतिमा धान दिवस मनाइने जानकारी दिएको हो ।

त्यसअघि असार १४ गते नार्क परिसर खुमलटारमा धान विशेष अन्तक्रिया कार्यक्रमको आयोजना गरिएको कृषि विभागका महानिर्देशक नरहरिप्रसाद घिमिरेले जानकारी दिए।

उनले जलवायु परिवर्तनका कारण धान खेतीमा बढ्दो नकारात्मक असरलाई न्यूनकरण गर्न जलवायु अनुकूलित प्रविधिहरूको अनुसन्धान र विकास एवं उपब्ध प्रविधिहरुको प्रचार प्रसार गरि सम्बद्ध पक्षलाई जागरुक बनाइ धान उत्पादन बनाउनुपर्ने सन्देश यस वर्षको नाराले दिएको धारणा राखे ।

घिमिरेले अहिलेसम्म देशभर औसत कूल ९.८ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको बताए। उनले देशभर करिब १४ लाख हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदै आएको जानकारी दिए।

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।