२०८२ जेष्ठ ३ शनिबार
२०८२ जेष्ठ ३ शनिबार

मेलम्ची आयोजनाको ‘हेडवर्क्स’ सार्ने प्रक्रिया अघि बढ्यो, ३ अर्ब रुपैयाँ र ४ वर्षको समय लाग्ने अनुमान

काठमाण्डाै । मेलम्ची खानेपानी आयोजनाले आयोजनाको ‘हेडवर्क्स’ सार्नका लागि परामर्शदाता छनाेट प्रक्रिया अघि बढाएको छ । मन्त्रिपरिषद् बैठकले आयोजनाको हेडवर्क्स सार्नका लागि सैद्धान्तिक अनुमति दिने निर्णय गरेसँगै आयोजनाले विस्तृत अध्ययनका लागि परामर्शदाता छनाेट प्रक्रिया अघि बढाएको हो ।

गएको जेठ २४ गतेको मन्त्रिपरिषद् बैठकले आयोजनाको हेडवर्क्स सुरक्षित स्थानमा सार्नका लागि सैद्धान्तिक सहमति दिने निर्णय गरेको थियो । असार मसान्तसम्ममा विस्तृत अध्ययनका लागि परामर्शदाता छनाेट गर्न आशयपत्र निकाल्ने गरी तयारी अघि बढाएको आयोजना प्रमुख रत्न लामिछानेले जानकारी दिनुभयो ।

२०७८ साल असार १ गते आएको बाढी पहिरोले मेलम्ची खानेपानी आयाेजनाकाे हेडवर्क्सकाे ९० प्रतिशत क्षेत्र गेग्रानले पुरेको थियो । वरपरको गेग्रान सफा गरिसकेपछि फेरि गएको साउन २७ गते आएको बाढीले गेग्रान थुपारेको थियो ।

अहिलेको हेडवर्क्सकाे क्षेत्र नजिकै सधै पहिरो बगिरहने ठूलो पहाड रहेको छ । विषय विज्ञहरूबाट गराएको विभिन्न अध्ययनहरूले हेडवर्क्सलाई सार्नुपर्ने सुझाव आएकाले सार्ने निर्णयमा पुगेको आयोजनाले जनाएको छ । हेडवर्क्सका संरचना बगरमुनि नै पुरिएका छन् र गेग्रान निकाल्न सकिने अवस्था छैन । आयोजनाले अब हेडवर्क्सलाई झन्डै एक किलोमिटर माथि सार्ने भएको हो ।

दुई वटा पहाडका बीच खोँचमा सार्न लागिएको हेडवर्क्स निर्माणको विस्तृत अध्ययनका लागि असार मसान्तभित्र सूचना प्रकाशित गर्ने तयारी आयोजनाले गरेको प्रमुख लामिछानेले जानकारी दिनुभयो । हेडवर्क्सका लागि झन्डै साढे तीन अर्ब रुपैयाँ लागत लाग्ने अनुमान आयोजनाले गरेको छ । समयमै काम सम्पन्न भएमा चार वर्षभित्र हेडवर्क्सका सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने प्रक्षेपण छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।