२०८२ जेष्ठ २ शुक्रबार
२०८२ जेष्ठ २ शुक्रबार

मेलम्चीको पानी मनसुन सक्रिय नहुँदासम्म बन्द नहुने

काठमाण्डौ । मेलम्ची खानेपानी आयोजनाको पानी तत्काल बन्द नहुने भएको छ । यसअघि आजदेखि मेलम्चीको पानी काठमाण्डौ नआउने गरी बन्द गर्ने तयारी भएकोमा तत्कालका लागि मनसुन सक्रिय नहुँदासम्म बन्द नगरिने भएको हो । मनसुनजन्य विपत्तीबाट मेलम्ची खानेपानी आयोजनालाई जोगाउन सरकारले वर्षा शुरु भएसँगै बन्द गर्ने र वर्षा अन्त्य भएसँगै खोल्ने गर्दै आएको छ ।

मनसुन सक्रिय भएर मेलम्ची आयोजनामा ठूलो क्षति पुग्ने सम्भावना देखिएमा जुनसुकै समयमा बन्द गरिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले बताउनुभयो । उहाँकाअनुसार दैनिक १७ करोड लिटर पानी उपत्यकाबासीलाई वितरण गरिने भनिए पनि अहिले मेलम्ची आयोजनाबाट दैनिक २० करोड लिटर हाराहारीमा पानी वितरण भैरहेको छ ।

दुई वर्षअघि मेलम्ची खोलामा आएको बाढीले आयोजनामा झण्डै दुई अर्ब मूल्य बराबरको क्षति पुगेको थियो । गएको साउन २८ र २९ गतेको बाढीले पनि आयोजनाको संरचनामा क्षति पुगेको थियो । काठमाण्डौमा दैनिक ४३ करोड लिटर खानेपानी माग भएपनि आवश्यकताअनुसार आपूर्ति हुन सकेको छैन ।

उपत्यकामा बढ्दो जनसङ्ख्यासँगै भूमिगत पानी, पोखरी, ढुङ्गेधारा सुक्दै जाँदा खानेपानी अभाव छ । उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम रानाले उपत्यकामा मेलम्चीको खानेपानीले आपूर्ति व्यवस्थापन मात्रै नगरेर जमिनमुनिको पानीको सतह बढाएको जानकारी दिनुभयो । बोर्डकाअनुसार उपत्यकामा रहेका आठ सय ३७ ओटा ढुङ्गेधारामध्ये एक सय १७ वटा ढुङ्गेधारा लोप भइसकेका छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।