२०८२ कार्तिक २९ शनिबार
२०८२ कार्तिक २९ शनिबार

त्रिशूलीमा हराएका एक किशोर मृत फेला, अर्काको खोजी जारी

धादिङ । धादिङको गजुरी गाउँपालिका–५ घाटबेशी स्थित त्रिशूली नदीमा शनिबार बेपत्ता भएका दुई किशोरमध्य एकजनाको शव फेला परेको छ।

सशस्त्र प्रहरीको गोताखोरले नदीको २० फिट गहिराईबाट १५ वर्षीय युनिक सुवेदीको शव आज (आइतबार) निकालेको हो।

सोही स्थानका १३ वषीय रिदम रोईला अझै बेपत्ता छन्। उनको खोजी जारी रहेको एपीएफले जनाए‍को छ।

युनिक र रिदम शनिबार दिउँसो ४ बजे देखि हराइ रहेका थिए। त्रिशूली नदी किनारमा उनीहरूले लगाएको कपडा भेटिएपछि उक्त स्थानमा सशस्त्र प्रहरी बल, नेपाल बिपद् व्यवस्थापन बेश आदमघाटबाट सशस्त्र प्रहरी उपरीक्षक मदन कुमार रसाईलीको कमाण्डमा ७ जनाको टोली खटिएको थियो।

तर शनिबार ती किशोररू फेला नपरेपछि उद्धार कार्य स्थगित गरेको सशस्त्र प्रहरीले आज (जेठ २७ गते) विहानैदेखि खोेजी सुरु गरेको थियो।

त्यसक्रममा आज १ः२० बजे कपडा खोलेको ठाउँ देखि १०/१५ मिटर माथि युनिकको लास फेला पारेको हो।

उनीसँगै हराइरहेका अर्का किशोर रिदमको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।