२०८२ कार्तिक २८ शुक्रबार
२०८२ कार्तिक २८ शुक्रबार

काठमाडौं महानगरको सबै अस्पताललाई १५ दिनभित्र आफ्नै औषधि पसल सञ्चालन गर्न भित्रको निर्देशन

काठमाडौँ । काठमाडौं महानगरपालिकाले महानगरभित्र पर्ने सबै अस्पताललाई १५ दिनभित्र आफ्नै औषधि पसल (फार्मेसी) सञ्चालन गर्न महानगरको निर्देशन दिएको छ ।

बुधबार सूचना प्रकाशित गर्दै महानगरले हाल काठमाडौं महानगरपालिका क्षेत्रभित्र सञ्चालित अधिकांश अस्पतालहरूको आफ्नो स्वामित्वमा फार्मेसी सञ्चालन नभएको र अन्य व्यक्तिहरूलाई फार्मेसी सञ्चालन गर्न अनुमति दिँदा उपभोक्ताहरू गुणस्तरीय फार्मेसी सेवाबाट बञ्चित भइरहेको तथा चर्को मूल्यमा औषधि तथा औषधिजन्य सामग्रीहरू बिक्री भइरहेको भन्ने गुनासो प्राप्त हुन आएकाले ५ दिनभित्र आफ्नै स्वामित्वमा फार्मेसी सञ्चालन गर्न भनेको हो ।

सर्वोच्च अदालतले २०७४ असोज २ गते नै अस्पतालहरुलाई आफ्नै फार्मेसी सञ्चालन गर्न आदेश दिएको थियो । नेपाल सरकारबाट जारी भएको अस्पताल फार्मेसी सेवा सञ्चालन निर्देशिका २०७२ अनुसार पनि अस्पतालहरूको न्यूनतम सेवा मापदण्डअन्तर्गत अस्पतालले आफ्नो स्वामित्वमा फार्मेसी सेवा सञ्चालन गर्नुपर्ने कानुनी व्यवस्था छ ।

तर काठमाडौंका अधिकांश अस्पतालले फार्मेसी सेवा सञ्चालन निर्देशिका तथा सर्वोच्चको आदेशको अटेर गर्दै अन्य व्यक्तिहरुलाई फार्मेसी सञ्चालन गर्न दिइरहेका छन् ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।