२०८३ बैशाख १७ बिहीबार
२०८३ बैशाख १७ बिहीबार

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्ति प्रति आपत्ति जनाएका छन् । ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ लक्षित गरेर दिएके अभिव्यक्तिलाई लिएर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अन्तरदेशीय विवाह पितृसत्तालाई मन नपरेको बताएका हुन् ।

‘आज देश विदेश फैलिएर अन्तरदेशीय विवाह पनि हुने गरेको छ । तर पितृ सत्तालाई यो मन परेको छैन । त्यसैले कयौं टिप्पणीहरु आउने गरेका छन् । शिक्षामन्त्रीलाई लक्षित गरेर आएको टिप्पणीप्रति पनि हामीले गम्भीर आपत्ति जनाएका छौं’, लामिछानेले भने, ‘तपाईंले कसलाई माया गर्ने, कोसित विवाह गर्ने, तपाईको व्यक्तिगत जीवन कस्तो हुने भन्नेकुरा तपाईको निर्णय हो, मात्र तपाईको । अरु कसैको निर्णय होइन ।’

केही दिनअघि शिक्षक प्रतिनिधिसँगको भेटमा र गत शनिबार सार्वजनिक कार्यक्रममा एमाले अध्यक्ष ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विदेशी नागरिकसँग गरेको विवाहलाई लिएर टिप्पणी गरेका थिए ।

माइती गाउँ घुम्न आएको बेला चुनाव हुन लागेको, त्यहाँ समानुपातिक पद्धतिबाट सांसद छानिएको र अहिले मन्त्री बनेको ओलीले टिप्पणी गरेका थिए । ओलीले गरेको टिप्पणीप्रति शिक्षामन्त्रीले पनि बुधबार सामाजिक सञ्जाल मार्फत प्रतिवाद गरेकी छन् ।

यस्ताे छ उनले सामाजिक सञ्जालमा राखेकाे भनाई :

काठमाडौं :  ज्यान सम्बन्धी कसूरका फरार काठमाडौं महानगरपालिका-५ हाँडीगाउँ बस्ने दोलखा भिमेश्‍वर नगरपालिका-१ घर भएका ५० वर्षीय गणेश घिमिरेलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

दोलखा भिमेश्‍वर नगरपालिका-१ सुष्पाक्षमावती बस्ने ७७ वर्षीय झिलक बहादुर विश्‍वकर्मा आइतबार बिहान सोही ठाउँस्थित आफ्नै मकै बारीमा मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा घटनामा संलग्न रही फरार रहेका घिमिरे काठमाडौं महानगरपालिका-५ स्थित लुकिछिपी बसिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक बर्षको बजेट वक्तव्यमा ‘जनयुद्ध’ शब्द लेखिएको विषयलाई लिएर कुनै आग्रह पूर्वाग्रह नराख्न आग्रह गरेका छन् ।

बजेटमाथिको छलफलमा भाग लिँदै नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरुले संविधानमा उल्लेख भएको भन्दा अर्को शब्द किन प्रयोग गरिएको भनेर प्रश्न गरेका थिए । बिहीबार कांग्रेसका सांसद रामहरि खतिवडाले पनि यो प्रश्न गरेका थिए ।

सुरुमा जवाफ दिँदा यो विषयमा अर्थमन्त्री पुन मौन रहेपछि सांसद खतिवडाले जनयुद्ध शब्दको प्रयोगबारे जवाफ नआएको भनी अर्थमन्त्रीलाई स्मरण गराए । जवाफ दिने क्रममा अर्थमन्त्री पुनले बजेट वक्तव्यमा जनयुद्ध शब्द पहिलो पटक नपरेको बताए ।

‘१९९८ वरिपरीका चार सहिदहरु देखि २००७ सालको आन्दोनको सम्मान हुने गरी, २०४६ सालको, २०५२ को, २०६२(०६३, मधेश आन्दोलन, आदिवासी-जनजाती आन्दोलनका लगायत सबै आनदानेलनका सहिदहरुप्रति श्रद्धान्जलि, घाइते अपांगहरुप्रतिका सम्मानहरु राखेको छु’ अथृमन्त्री पनुले भने ।’

तत्कालीन नेकपा माओवादीले २०५२ सालदेखि १० वर्षसम्म चलेको सशस्द्ध युद्धलाई संविधानमा ‘सशस्द्ध युद्ध’ भनेर सम्बोधन गरिएको छ । माओवादी केन्द्रले जनयुद्ध शब्द प्रयोग गदै आएको छ ।

काठमाडौं । बोस्टन ओपन कराते च्याम्पियनसिपमा रायडेन थापा मगरले स्वर्ण जितेका छन् । उनले ५ वर्षमुनिको बिगिनर्समा स्वर्ण जितेको टोलीका व्यवस्थापक सिद्धार्थ लामाले जनाएका छन् ।


त्यस्तै अमेरिकाको बोस्टनमा भएको प्रतियोगितामा याङजुन लामाले कांस्य जिते । उनले १५–१६ वर्ष उमेरसमूहको एडभान्स कुमुतेमा सफलता पाएका हुन् ।
प्रतियोगितामा पदक विजेता रायडेन र याङजुनसहित न्युयोर्कस्थित च्याम्पियन मार्सल आर्ट्सबाट ४ खेलाडीले सहभागिता जनाएका थिए । १०–११ वर्षको एडभान्स कुमुतेमा याङतेन लामा तथा बिगिनर्स कुमुतेमा डेछेन शेर्पाले सहभागिता जनाएका थिए ।


टोलीको प्रशिक्षकमा बंगलादेशको ढाकामा भएको ११ औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता सुनिल लामा र पुष्प थापा मगर रहेका छन् ।

काठमाडौं ।  योगेन्द्र विष्टले १३ औं एसियाली कुराँश च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । उनले पुरुष ८१ केजीमुनि तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।


प्रतियोगिता इरानको तेहरानमा जुन ६ देखि १० तारिखसम्म हुनेछ । एसियाली प्रतियोगितामा योगेन्द्रको यो पहिलो सहभागिता हो । योगेन्द्र भारतको केरलामा गत अप्रिलमा भएको प्रथम दक्षिण एसियाली कुराँश प्रतियोगिताका स्वर्ण विजेता हुन् ।


योगेन्द्रसंगै मनोज आचार्य र नेपाल कुराँश संघका कार्यवाहक अध्यक्ष जीवन राई पनि इरान जाँदै छन् । मनोज प्रशिक्षक सेमिनार तथा जीवन एसियाली कुराँशको कोंग्रेसमा सहभागी हुने छन् । दुवै कार्यक्रम प्रतियोगिताकै दौरान हुनेछ । टोली बिहीबार इरान प्रस्थान गर्ने छ ।


टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे । सो अवसरमा सदस्य–सचिव घिसिङले खेलको पहिलो अनुहार खेलाडी हुन् भन्दै कुराँश संघलाई खेलको विस्तार गरी खेलाडी उत्पादनमा जोड दिनु पर्ने बताए ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको राजीनामा स्वीकृत भएको छ । लोकसभा चुनावको नतिजापछि आज प्रधानमन्त्री मोदीले बुझाउनुभएको राजीनामा राष्ट्रपति द्रौपदी मुर्मूले स्वीकृत गर्नुभएको हो ।

राष्ट्रपतिले प्रधानमन्त्री र मन्त्रिपरिषद्लाई नयाँ सरकार गठन नभएसम्म कार्यभार सम्हाल्नसमेत आग्रह गर्नुभएको बीबीसीले जनाएको छ । वर्तमान १७ औँ लोकसभाको कार्यकाल जुन १६ तारिखमा सकिँदैछ ।

भारतीय सञ्चारमाध्यमका अनुसार पर्सि जुन ७ मा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धनको संसदीय दलको बैठक बसेर भाेलिपल्ट अर्थात् जुन ८ नयाँ सरकारको शपथ ग्रहण समारोह गर्ने तयारी छ ।

हिजो भएको लोकसभा चुनावको मतगणनामा भाजपाले दुई सय ४० सिट जितेको छ । भाजपा नेतृत्वको गठबन्धन एनडीएको दुई सय ९२ सिट भएको छ । कांग्रेसले ९९ सिट जितेको छ । कांग्रेस नेतृत्वको गठबन्धन इन्डियाको दुई सय ३४ सिट भएको छ ।

सरकार बनाउन दुई सय ७२ सीट चाहिन्छ । एनडीएले दुई सय ९२ सिट जितेसँगै मोदी तेस्रो पटक प्रधानमन्त्री बन्न सक्ने सम्भावना उच्च रहेको हो ।

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रूकुम पश्‍चिम चौरजहारी नगरपालिका-१ घर भई काठमाडौं महानगरपालिका-३ सुकेधारा बस्ने ३९ वर्षीय रूपेश राज गिरी, स्याङजा आँधिखोला गाउँपालिका-६ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० बस्ने ४५ वर्षीय राजु ढकाल र धनुषा औरही गाउँपालिका-४ घर भई काठमाडौं महानगरपालिका-३२ तिनकुने बस्ने २२ वर्षीय युवराज ठाकुर रहेका छन् ।

पक्राउमध्ये रूपेशले रोमानिया पठाईदिन्छु भन्दै पीडितहरूबाट ८ लाख रूपैयाँ, राजुले दुबई पठाईदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ र युवराजले पोल्याण्ड पठाईदिन्छु भन्दै पीडितहरूबाट ८ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले रूपेश राजलाई काठमाडौं आलोकनगरबाट, राजुलाई काठमाडौं नागपोखरीबाट र युवराजलाई काठमाडौं तिनकुनेबाट पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालो झण्डा र ब्यानर देखाएको छ ।

आज बिहान पोखरा सभागृहमा प्रवेश गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डलाई सूर्यदर्शन सहकारीका पीडितहरुले कालो झण्डा र ब्यानर देखाएका हुन् ।

उनीहरुले ‘सहकारी पीडितलाई न्याय दे’ भन्ने नारा पनि लगाएका थिए ।

कालो झण्डा र ब्यानर देखाउने ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रधानमन्त्री प्रचण्ड गण्डकी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलगायतमा सहभागी हुन मंगलबार पोखरा आएका थिए ।

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जलवायु परिवर्तनका कारण सिर्जित समस्यासँग जुध्नका लागि साझा प्रतिबद्धतासहितको व्यवहारिक कार्यान्वयन जरुरी रहेको बताउनुभएको छ ।

विश्व वातावरण दिवसको अवसरमा आज यहाँ आयोजित ‘फोहर व्यवस्थापन र जलवायु सम्मेलन’ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले चुनौतीको रुपमा रहेको फोहर व्यवस्थापन गरी स्वच्छ वातावरण निर्माणमा जुट्नुपर्नेमा जोड दिनुभयो । “जलवायु परिवर्तनबाट सिर्जित समस्यासँग जुध्न पनि स्वच्छ वातावरण जरुरी रहेको छ”, उहाँले भन्नुभयो ।

पानी, हावा र जलवायुको कुनै सीमा नहुने भएकाले जलवायु परिवर्तनसँग जुध्नका लागि विश्वको साझा मत जरुरी रहेको अध्यक्ष दाहालको भनाइ छ । गरिब, महिला, सीमान्तकृत वर्ग जलवायुजन्य समस्याबाट सबैभन्दा बढी जोखिममा परेको स्पष्ट पार्दै उहाँले नेपाल जलवायु परिवर्तनको बढी जोखिममा परेको देश भएकाले पनि समयमै थप सचेत हुन जरुरी रहेको बताउनुभयो ।

जलवायु परिवर्तनको प्रभाव कृषि, खाद्य, मानव स्वास्थ्य, ऊर्जा, खानेपानीमा परेको र जीविकोपार्जनसमेत जटिल बन्दै गएको जानकारी दिँदै अध्यक्ष दाहालले बाढीपहिरोलगायत समस्याबाट मुक्त हुन नेपालको अधिकारको रुपमा रहेको जलवायु कोषबाट बढीभन्दा बढी सहयोग ल्याउनुपर्ने उल्लेख गर्नुभयो । वातावरणमैत्री विकासको प्रक्रिया अवलम्बन गरी अगाडि बढ्नुको विकल्प नभएको उहाँको धारणा थियो । फोहर व्यवस्थापनका लागि आधुनिक तरिकाको प्रशोधन गरी थप सहजीकरण गर्नुपर्ने बताउनुभयो । जलवायु परिवर्तनसँग जुध्नका लागि जलवायु कोषबाट नेपालले सहज रुपमा राहत रकम पाउनुपर्ने उहाँले उल्लेख गर्नुभयो । हरियाली प्रवद्र्धन गर्दै वातावरण संरक्षणमा विशेष ध्यान दिन उहाँले सरकारको ध्यानाकर्षण समेत गराउनुभयो ।

पूर्व वन तथा वातावरणमन्त्री वीरेन्द्र महतोले जलवायु परिवर्तनबाट परेको प्रभावलाई न्यूनीकरण गर्न आम नेपालीको सहयोग जरुरी रहेको बताउनुभयो । उहाँले जलवायु परिवर्तनको प्रभाव आमरुपमा देखिन थालेको उल्लेख गर्दै जलवायु परिवर्तनको नाममा गरिने अनावश्यक खर्च नियन्त्रण गरेर वास्तविक क्षेत्रमा खर्च गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहिर ठाकुरले फोहर व्यवस्थापनमा अत्याधुनिक प्रविधिको प्रयोग गर्नुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा नेपाल र भारतका जलवायु र फोहर व्यवस्थापनमा संलग्न विज्ञहरुको सहभागिता रहेको छ । सो अवसरमा जलवायु परिवर्तनबारे जानकारी दिलाउने उद्देश्यका साथ प्रकाशित ‘एबिसी फर क्लाइमेट’ नामक पुस्तकसमेत सार्वजनिक गरिएको थियो । रासस

काठमाडौं । तीनकुनेस्थित एक स्टोरमा आगलागी हुँदा २ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा धनुषा घर भई कालिमाटी बस्दै आएका २३ वर्षीय बिक्कर लामा र भक्तपुरको सूर्यविनायक–६ घर भएका २८ वर्षीय उदय श्रेष्ठ छन् ।

उनीहरु दुबै जना स्टोरमा काम गर्ने व्यक्ति रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए । घाइते दुबै जनाको अवस्था सामान्य रहेको र उनीहरुको तीनकुनेकै कान्तिपुर अस्पतालमा उपचार भइरहेको एसपी अधिकारीले बताए ।

जीवन रेग्मीको पाँच तले घरको अन्डरग्राउण्डमा दिलिप कुमार साहले सञ्चालन गरेको ‘गु्रप अन ट्रेडिङ डिलर’मा आगलागी भएको हो ।

प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको छ ।

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।