२०८२ जेष्ठ २ शुक्रबार
२०८२ जेष्ठ २ शुक्रबार

अखिल क्रान्तिकारीका महासचिव दीपेश पुन पक्राउ !

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङका छोरा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भई आएको ६०.७१६ सुन तस्करी घटनामा संलग्न रहेको अभियोगमा दीपेश पुन धुम्बाराहीबाट पक्राउ परेका छन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी भीम ढकालले धुम्बाराहीबाट पुन पक्राउ परेको जानकारी दिए । उनले भने, ‘दीपेश पुन पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीले धुम्बाराहीबाट पक्राउ गरेको हो ।’

घटनमा जाेडिएका पुनलाई यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ( सिआइबी)ले उन्मुक्ति दिएको थियो । गत २ साउनमा बरामद भएको तस्करीको सुन प्रकरणमा पूर्वन्यायाधीश डिल्ली आचार्य नेतृत्वमा गठित जाँचबुझ आयोगको सिफारिसका आधारमा पुनलाई पक्राउ गरिएको हो ।

सुन तस्करी प्रकरणमा जोडिएकाहरूलाई कारबाही अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई आज बिहान निर्देशन दिएका थिए । आजै बसेको मन्त्रिपरिषद् बैठकले आयोगको प्रतिवेदन कार्यान्वयमा लैजाने निर्णय गरेलगत्तै दीपेश समातिएका हुन्

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।