२०८३ बैशाख १७ बिहीबार
२०८३ बैशाख १७ बिहीबार

पूर्वउपराष्ट्रपति नन्द किशोर पुन पासाङका छोरा दीपेश पुनलाई भैरहवा लगिएको छ। रुपन्देहीमा सहकारी ठगीसम्बन्धी मुद्दामा उनीविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भएको थियो।

उनलाई शुक्रबार साँझ जहाजमार्फत भैरहवा पठाएको हो । रुपन्देहीका एसपी रञ्जितसिंह राठौरले रुपन्देहीको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका सर्वसाधारणको बचत हिनामिनामा संलग्न भएको आरोपमा अनुसन्धान गर्न लगिएको बताए।

उनी सुन तस्करीमा संलग्न भएको आरोप पनि छ । सोही आरोपमा प्रहरी प्रधान कार्यालयको विशेष टोलीले उनलाई धुम्बाराइबाट पक्राउ परेको थियो ।

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङका छोरा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भई आएको ६०.७१६ सुन तस्करी घटनामा संलग्न रहेको अभियोगमा दीपेश पुन धुम्बाराहीबाट पक्राउ परेका छन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी भीम ढकालले धुम्बाराहीबाट पुन पक्राउ परेको जानकारी दिए । उनले भने, ‘दीपेश पुन पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीले धुम्बाराहीबाट पक्राउ गरेको हो ।’

घटनमा जाेडिएका पुनलाई यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ( सिआइबी)ले उन्मुक्ति दिएको थियो । गत २ साउनमा बरामद भएको तस्करीको सुन प्रकरणमा पूर्वन्यायाधीश डिल्ली आचार्य नेतृत्वमा गठित जाँचबुझ आयोगको सिफारिसका आधारमा पुनलाई पक्राउ गरिएको हो ।

सुन तस्करी प्रकरणमा जोडिएकाहरूलाई कारबाही अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई आज बिहान निर्देशन दिएका थिए । आजै बसेको मन्त्रिपरिषद् बैठकले आयोगको प्रतिवेदन कार्यान्वयमा लैजाने निर्णय गरेलगत्तै दीपेश समातिएका हुन्

रामेछाप । रामेछाप नगरपालिका वडा नं ९ टारमा भएको आगोलागी पीडितलाई मन्थली नगरपालिकाले सहयोग गरेको छ । शुक्रबार १३ बोरा २५ किलोको चामल, १३ बाेरा १० किलोको चिउरा र १३ कार्टुन चाउचाउ आगोलागी पिडितलाई सहयोग गरेको मन्थली नगरपालिकाका मेयर लव श्रेष्ठले खबर पेटिका लाई जानकारि दिए ।

‘रामेछाप नगरपालिका संग छलफल गरेर आगामी दिनमा थप सहयोग गर्ने र भोलि विपत व्यवस्थापनको बैठक बसेर कुन पालिकाले के कति सहयोग गर्ने भन्ने निर्णय हुँदैछ’  मेयर श्रेष्ठले भने ।

पीडितलाई राहत वितरण गर्न क्रममा मन्थली नगरपालिकाका मेयर लव श्रेष्ठ, उप-मेयर इश्वोरी बस्नेत र प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद चापागाई लगायतको उपस्थिति रकेहकाे थियाे ।

बिहिबार दिउँसाे जंगलमा लागेको आगो बस्तीमा पसेर १२ घर परिवारको १४ घर पूर्ण रूपमा जलेर नष्ट भएको,दुई दर्जन भन्दा बढी घरमा क्षति भएको सोही वडाका वडा अध्यक्ष चन्द्रबहादुर श्रेष्ठले बताए । आगोलागीमा परेर गोठमा बाँधिएका गाई, भैँसी, गोरु र ५० वटा भन्दा बढी खसीबाख्रा आगोले जलेर मरेका थिए ।

रामेछाप । विहिबार रामेछाप नगरपालिका ९ स्थित टार गाउँमा भएको आगोलागि बाट पिडित भएकाहरुलार्ई तत्काल राहतको व्यवस्था गर्न प्रधानमन्त्री पुस्प कमल दाहाल(प्रचण्ड) लाई बाग्मती प्रदेश सभा सदस्य तारानाराय श्रेष्ठले अनुरोध गरेका छन ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्डलाई भेटेर रामेछाप जिल्ला प्रदेश सभा १ बाट निर्वाचित सांसद श्रेष्ठले अग्नी पिडितहरुलाई तत्काल राहतको व्यवस्थापनको लागि अनुरोध गर्दै पत्र बुझाएका हुन् ।

भेटमा प्रधानमन्त्री प्रचण्डले सम्बन्धित पक्षसँग समन्वय गरेर सरकारको तर्फबाट अग्नी पिडितहरुलाई गर्नुपर्ने जिम्मेवारी बाट पछि नहट्ने प्रतिबद्धता जनाएको सांसद श्रेष्ठले खबर पेटिकालाई बताए । ‘हिजो रामेछापको टारमा जुन आगोलागि भएको छ । त्यो दुखद छ । आज प्रधानमन्त्रीलाई भेटेर घटनाको बारेमा जानकारी गराएर राहतको लागि अनुरोध गरेको छु, ।’ सांसद श्रेष्ठले भने ‘प्रधानमन्त्री ज्युले सकारात्मक रुपमा लिनुभएको छ । उहाँले सम्बन्धित पक्षसँग समन्वय गरेर राहतको व्यवस्था गर्ने बताउनुभएको छ ।’

सांसद श्रेष्ठले विहिबार दिउँसो अन्दाजी १ बजेतिर भीषण आगलागि भई स्थानीय बासिन्दाको घर गोठ,पशु चौपाया, लत्ता कपडा तथा अन्नपातको पुर्ण क्षती भई सिंगो गाउँ नै घरबास विहिन भएको उल्लेख गरेका छन् । त्यस्तै उनले बाग्मती प्रदेशका मुखयमन्त्री शालिकराम जमकटेललाई पनि राहतको लागि अनुरोध गरिएको जानकारी दिए ।

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।