२०८२ असार २८ शनिबार
२०८२ असार २८ शनिबार

सडक खन्ने क्रममा पहिरो खस्दा तामाकोशी नदी ३ घण्टादेखि थुनियो, तटीय क्षेत्र उच्च जोखिम

दोलखा । दोलखाको लामाबगरमा सुख्खा पहिरोले तामाकोशी नदी थुनिएको छ ।

दाेलखाकाे विगु गाउँपालिका १- लामाबगरस्थित क्यालु खोला र देउरालीकोबीचमा सडक खन्ने क्रममा सुक्खा पहिरो खस्दा तामाकोशी नदी आंशिक रूपमा थुनिएको छ ।

तामाकोशी जलबिद्युत आयोजनाको लामाबगर स्थित बाँधस्थलबाट करिब साँढे २ किलोमिटरको दुरीमा रहेको स्थानमा सुख्खा पहिरो खसेको हो । पहिरोले नदी थुनिएपनि अहिलेसम्म खुल्न नसकेको दोलखाका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

पहिराेका कारण लप्चीबाट चरिकोट आउँदै गरेका २५ जना विदेशी पर्यटकसहित करिब ५० जना अलपत्र परेका छन् । निरन्तर पहिराे खसिरहेकाले त्यसतर्फ जान राेक लगाईएकाे छ ।

लामाबगरमा निर्माणाधीन नासा हाईड्रो र सानिमा हाईड्रोले सडक निर्माण तथा बिस्तारको क्रममा सुख्खा पहिरो खसेको बताईएको छ । तामाकोशी नदी लामो समयदेखि थुनिएका कारण माथिल्लो तामाकोशी आयोजनाको बाँधस्थल लगायतका संरचनामा समेत क्षति पुग्ने खतरा रहेको छ । तामाकोशी नदीमा हाल प्रतिसेकेण्ड ५० क्युविक मिटर पानीको वहाव रहेको छ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।