२०८२ कार्तिक २९ शनिबार
२०८२ कार्तिक २९ शनिबार

श्याम सुवेदीको व्यक्तिगत सहयोगमा फुलासी हरिसिद्धी माविका विद्यार्थीलाई ट्र्याकसुट वितरण

रामेछाप । मन्थली नगरपालिका १४ फुलासी स्थित हरिसिद्धी माध्यमिक विद्यालय चौकीघरका विद्यार्थीहरुलाई ट्र्याकसुट वितरण गरिएको छ ।

मन्थली नगरपालिका १ निवासी समाजसेवी श्याम सुवेदीले आफ्नो व्यक्तिगत सहयोगमा १ सय ३० थान ट्र्याकसुट वितरण गरिएको हरिसिद्धी माविका व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर तामाङले जानकारी दिए । तामाङले विद्यार्थीहरुलाई ट्र्याकसुट वितरण गरेर सहयोग गरेकोमा सुवेदीलाई धन्यवाद समेत व्यक्त गरे ।

सुवेदी मन्थली माध्यमिक विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष रहेका छन् । पुर्व शिक्षक समेत रहेका सुवेदीले आफ्नो पेन्सन र मन्थलीमा रहेको घरभाडाबाट विभिन्न सामाजिक कामहरु गर्ने गरेका छन् ।

रामेछाप जिल्लाको शिक्षाको धरोहरका रूपमा परिचित सुवेदीले वार्षिक दस लाख बराबरको विभिन्न शैक्षिक सामाग्री सहयोग गर्दै आइरहेका छन् ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।