
तानसेन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको सत्ता समीकरणलाई २०८४ को निर्वाचनसम्म लैजाने बताएका छन् । कांग्रेस नेतृत्वको गठबन्धले मुलुकलाई बर्बादीतर्फ लगेकाले एमालेले सबै कुरा छोडेर नयाँ समीकरण निर्माण गरेको उनले बताए ।
नेकपा एमाले पाल्पाको १०औं जिल्ला अधिवेशनमा उनले भने, ‘अहिले एमाले प्रधानमन्त्री पनि मागेको छैन । महत्वपूर्ण मन्त्रालयमा पनि दाबी गरेको छैन । ठूला ठूला पदहरू छोडेर सत्तामामात्रै बसेको छ भन्ने लागेको छ होला । तर, एमाले मिशन गठबन्धन भत्काउने र ८४ मा एकल बहुमतको सरकार बनाउने रहेको छ ।’
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्रीको अभिव्यक्तिबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।
प्रमुख तीन दलका शीर्ष नेताहरूको शुक्रबार बसेको बैठकमा कांग्रेसले गृहमन्त्री रवि लामिछानेले ६ जेठमा संसद्मा दिएको अभिव्यक्तिबारे प्रश्न उठाएका हुन् । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने, ‘गृहमन्त्रीजीले सदनभित्र रहेका माननीय र कांग्रेसलाई लाञ्छित गर्नुभएको छ, यसका बारेमा जवाफ चाहन्छौं भनेका छौं ।’
साथै कांग्रेस नेताहरूले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउमा समेत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको उनले बताए ।
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले नेपाली खेलकुद पत्रकारिता अब शोध तथा अनुसन्धानमा केन्द्रित हुनुपर्ने बताएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्चको १९ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै खेलकुद पत्रकारिता खेलकुद विकासको अहम् पाटो रहेको बताउँदै पत्रकारहरुले सबै खेलकुद संघका समाचारलाई प्राथमिकतामा राख्दै अगाडि वढ्नुपर्ने बताए ।
उनले भने, ‘पत्रकारिताको आयाम फेरिरहेको छ । यस्तोमा खेल पत्रकारले खेल जगतलाई दीर्घकालिन प्रभाव पार्न सक्ने समाचारमा ध्यान दिनु जरुरी छ ।’
होटल क्राउन प्लाजामा भएको उद्घाटन सत्रमा नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले नेपाली खेलकुदमा नयाँ खेलाडीहरु उत्पादन हुनु जरुरी रहेको बताउँदै एकै जना खेलाडिले लामो समय कब्जा जमाउनु भनेको खेलकुदको विकास नहुनुको सुचक रहेको बताए । त्यस्तै नेपाल पौडी संघका नवनियुक्त अध्यक्ष जगतमान श्रेष्ठले भने, ‘खेलकुद पत्रकार मञ्चले प्रजातान्त्रिक ढंगमा जसरी संस्थालाई हाँकीरहेको छ, त्यसबाट सबै राष्ट्रिय खेल संघले सिक्नुपर्छ ।’
रामेछाप । मन्थली नगरपालिका १४ फुलासी स्थित हरिसिद्धी माध्यमिक विद्यालय चौकीघरका विद्यार्थीहरुलाई ट्र्याकसुट वितरण गरिएको छ ।

मन्थली नगरपालिका १ निवासी समाजसेवी श्याम सुवेदीले आफ्नो व्यक्तिगत सहयोगमा १ सय ३० थान ट्र्याकसुट वितरण गरिएको हरिसिद्धी माविका व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर तामाङले जानकारी दिए । तामाङले विद्यार्थीहरुलाई ट्र्याकसुट वितरण गरेर सहयोग गरेकोमा सुवेदीलाई धन्यवाद समेत व्यक्त गरे ।

सुवेदी मन्थली माध्यमिक विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष रहेका छन् । पुर्व शिक्षक समेत रहेका सुवेदीले आफ्नो पेन्सन र मन्थलीमा रहेको घरभाडाबाट विभिन्न सामाजिक कामहरु गर्ने गरेका छन् ।

रामेछाप जिल्लाको शिक्षाको धरोहरका रूपमा परिचित सुवेदीले वार्षिक दस लाख बराबरको विभिन्न शैक्षिक सामाग्री सहयोग गर्दै आइरहेका छन् ।

गाउँमा रोड पुगेको छ।
पानी पनि आउँछ।।
विद्यालय पनि छ।
स्वास्थ्य चौकी पनि छ।।
नुन लिन हाट जानू पर्थ्यो।
अहिले साहिँला घर पाऊछ।।
भात खान दशैं कुर्नु पर्थ्यो।
अहिले दिनहु दिन खाइन्छ।।
न्याय नपाए गोर्खा जानू भन्थे।
गोर्खा भन्दा ठूलो नगरपालिका छ।।
किन हो किन मेरो त चित्तै बुझ्या छैन।
खासमा मलाई के पो चाहिएको हो।।
खेलौना चाहिएको हो भनौं।
म बच्चा पनि त होइन।।
डोको चाहिएको हो भनौं।
म घाँस दाउरा पनि त गर्दिनँ।।
कुटो कोदालो चाहिएको हो भनौं।
म एक असली किसान पनि त होइनँ।।
रातो कलम चाहिएको हो भनौं।
म हाकिम पनि त होइन।।
खास के चाहिएको हो।
अन्जान छु,अनविज्ञ छु।।
म को हुँरु र मैले के गर्नु पर्ने हो।
मलाई नै थाह छैन,अचम्म्म छ बा।।
म पिरोलिएको कसैले देखे कि।
कठै बरै लाज मर्दो।।
आफैले आफैलाई नचिन्ने पो भएछुँ।
भयो अब कसैले सुन्लान फेरी।।
कोहि आइदिए हुने,बताइदिए हुने।
म के हुँरुमैले के गर्न पर्ने हो।।
सबै पुग्दो छ तर पनि किन दुख छुँ।
मन अत्तालिएको छ,अचम्म छ बा।।
( दिगाे दिगाे -आठबिकोट नगरपालिका वडा न.१० रुकुम पश्चिम्)
काठमाडौँ । नेपाल प्रहरीको टोलीले काठमाडौँको मित्रनगर र गोकर्णेश्वरमा जुवा खेलिरहेको अवस्थामा २२ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
काठमाडौँ महानगरपालिका २६ मित्रनगरस्थित धादिङ गङ्गा जमुना गाउँपालिका–६ घर भएकी ३२ वर्षीया सरस्वती गुरुङको गुरुङसेनी गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालिका गुरुङ समेत सात जनालाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ।
साथै गोकर्णेश्वर नगरपालिका ४ माकलबारी बस्ने देवराज गिरीको घरमा जुवातास खेलिरहेको अवस्थामा मोरङ केराबारी घर भई काठमाडौँ कपन बस्ने ३८ वर्षीया विष्णू लिम्बुसमेत १५ जनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीले बताए।
उनले भने, “मित्रनगरमा प्रहरी प्रभाग गोङ्गबु तथा गोकर्णेश्वरमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले निजहरुलाई पक्राउ गरेको हो।” पक्राउ परेकाहरुको साथबाट प्रहरीले दुई लाख ७० हजार ५५० रुपैयाँ तथा केही थान ताससमेत बरामद गरिएको प्रहरीको भनाइ छ।
सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रवक्ता कार्कीले बताए।
जनकपुर । नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको मुद्दामा बहस सकिएको छ ।
धनुषा जिल्ला अदालतको ५ नम्बर इजलासमा उपस्थित गराएपछि सुरुमा सिरोहियाकोतर्फबाट ७ जना वरिष्ठ वकिलले बहस गरे ।
सिरोहियाको पक्षमा वरिष्ठ अधिवक्ता शम्भु थापासहित वकिलहरूको जम्बो टोलीले बहस गरेको हो ।
सिरोहियाको पक्षमा थापासँगै मधेश प्रदेशका पूर्व मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा, वरिष्ठ अधिवक्ताहरू सीताराम भट्टराई, शेरबहादुर केसी, रमन श्रेष्ठ, गोविन्द बन्दी र रमण कर्णसहितले बहस गरे ।
धनुषा अदालतको पाँच नम्बर इजलासमा न्यायाधीश रोमाकान्त ज्ञवालीसमक्ष सिरोहियाका वकिलहरूले बहस सकेपछि सरकारी वकिलकोतर्फबाट बहस भएर सुनुवाइ सकिएको हो ।
सुनुवाइ सकिएसँगै अब न्यायाधीश ज्ञवालीले यो मुद्दामा सिरोहियालाई म्याद थप गरेर हिरासतमै राख्ने या बाहिर पठाएर प्रक्रिया अघि बढाउने आदेश दिने छन् ।
मंगलबार काठमाडौंस्थित कान्तिपुरको केन्द्रीय कार्यालयबाट पक्राउ परेका सिरोहियालाई अदालतले शुक्रबार (आज) सम्म दिएको तीन दिनको म्याद सकिएपछि थप्न पेस गरिएको थियो ।
जिल्ला सरकारी वकिल कार्यालय धनुषाका प्रमुख सुदीप दंगालले सिरोहियाको केसमा अनुसन्धान नसकिएकाले थप ५ दिन म्याद मागेका थिए ।
जेरुसेलम । इजरायली सेनाले शुक्रबार उत्तरी गाजापट्टीको जबालियामा रातभरको कारबाहीपछि तीन जना बन्धकलाई मृत अवस्थामा भेटेको जनाएको छ ।
बन्धकहरूको शव नियन्त्रणमा लिई परिवारसँगको फोरन्सिक परीक्षण पहिचानपछि नाम सार्वजनिक गरिएको इजरायली सेनाले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
मृत अवस्थामा भेटिएका इजरायली बन्धक चानान याब्लोन्का, इजरायली मूलका ब्राजियाली नागरिक मिशेल निसेनबाम र फ्रान्सेली मूलका मेक्सिकोका नागरिक हर्नान्डेज राडोक्स छन् ।
अक्टोबर सातमा हमास लडाकुहरूले गाजाबाट दक्षिणी इजरायलमा आक्रमण गर्दा ४२ वर्षीय याब्लोन्का र ३२ वर्षीय राडोक्सलाई सङ्गीत महोत्सवबाट अपहरण गरिएको थियो ।
यसैगरी, गाजा नजिकैको इजरायली सहर सेडेरोटका बासिन्दा ५९ वर्षीय निसेनबामसँग हमास आक्रमणको दिन नातिनीलाई लिन सीमामा रहेको सेनाको आधार शिविर जाने क्रममा अन्तिम पटक सम्पर्क भएको थियो ।
बाँकी बन्धकहरूको सुरक्षित रिहाइ गर्न बढ्दो दबाबबीच प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले शुक्रबार जारी विज्ञप्तिमा भन्नुभएको छ, “श्रीमती सारा र म इजरायली जनतासँगै रहेर गहिरो दुःख एवम् समवेदना व्यक्त गर्दछौँ साथै शोकाकुल परिवारजनमा यस कठिन घडीमा सहानुभूति प्रकट गर्दछौं ।” रासस/एएफपी
मोरङ : बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ६ मिलिग्रामसहित भारत बिहार अररिया थाना फारबिसगंज बस्ने २२ वर्षीय मुजमिल अन्सरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदमा कांग्रेसलाई बोल्न नदिएको आरोप लगाएका छन्। शुक्रबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले शुक्रबारको बैठकमा बोल्न समय माग गरेपनि बोल्न नदिएको बताए ।
उनले सहकारी प्रकरणमा रास्वपालाई एमाले र गिरिबन्धुमा एमालेलाई रास्वपाले जोगाउन खोजिएको तर्क गरे । शर्माले सहकारी प्रकरणमा संसदीय छानविन समिति बन्न नाम किटान नगर्ने हो भने त्यसको कुनै अर्थ नरहने जिकिर गरे।
मिडिया हाउसका सञ्चालनको नागरिकताको विषयमा उठेको विषयमा सहयोग गर्न तयार छु भन्दा समातेको भन्दै उनले समात्ने निकायमा दुईवटा पारपोर्टको कारण आरोपी व्यक्ति रहेको उल्लेख गरे । सभामुखको छेउमा बस्ने व्यक्तिको दुईवटा नागरिकताको कुरा आए पनि गिरफ्तार नगरिएको उनको भनाइ छ ।





