काठमाडौं । सभामुख देवराज घिमिरेले सबै संसदीय समितिका सभापतिहरूलाई छलफलका लागि बोलाएका छन् ।
बुधबार दिउँसो १ बजे सिंहदरबारस्थित कानून समितिको हलमा छलफल गर्नेगरी सभामुख घिमिरेले सबै सभापतिहरूलाई बोलाएका हुन् ।
सभामुख र सभापतिहरूसँग संसदीय गतिरोध, बजेटलगायतका विषयमा छलफल हुनेछ ।
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिन समिति बन्नुपर्ने अडान राख्दै नेपाली काँग्रेसले संसद् बैठक अबरोध गर्दै आएको छ । यसलाई कसरी हटाउने भन्नेबारे आजको बैठकमा छलफल हुने सभामुख घिमिरेको सचिवालय जनाएको छ ।
यसका साथै जेठ १५ मा ल्याउनुपर्ने बजेटसम्बन्धी पनि छलफल हुनेछ ।