२०८२ जेष्ठ ९ शुक्रबार
२०८२ जेष्ठ ९ शुक्रबार

आज देखि बीएनए कप बास्केटबल सुरु

बसुन्धरा नेसनल एकेडेमी (बीएनए) को आयोजनामा सातौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ ।

पहिलो दिन सिनियर ब्वाइजको ३ बाइ ३ मा समूह ‘ए’ र ‘बी’ बाट क्वाटरफाइनल पुग्ने ४ टिमको टुंगो लागेको छ । समूह ‘ए’ बाट गोल्डेनपिक विजेता र लालीगुराँस नेसनल एकेडेमी उपविजेता हुँदै क्वाटरफाइनलमा प्रवेश गरेका छन् । समूह ‘बी’ बाट डिफेन्डि च्याम्पियन ग्रिनल्यान्ड र स्किब्स क्रमशः विजेता र उपविजेतका हैसियतले क्वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे ।

जुनियर ब्वाइजमा आयोजक बीएनए, लालीगुराँस र ग्रिनल्यान्डले सफलता पाए । बसुन्धरास्थित घरेलु कोर्टमा बीएनएले इडेन ब्रिज एकेडेमी (इबीए) लाई २६–१७ ले पराजित ग¥यो । बीएनएको जितमा सिद्धान्त शर्माले १० अंक योगदान गरे ।

प्रजेश महर्जनको ६ अंक सहयोगमा लालीगुराँसले ओडिसी इन्टरनेसनल एकेडेमीलाई १८–१३ ले हरायो । ग्रिनल्यान्डले न्युटनमाथि २०–१६ को जित दर्ता ग¥यो । ग्रिनल्यान्डका वियोन गिरीले ६ स्कोर गरे ।
प्रतियोगिताको टोखा नगरपालिका वडा ५ का अध्यक्ष मदन गुरुङले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगिताको सिनियर ब्वाइजमा २०, सिनियर गल्र्समा १३ तथा जुनियर ब्वाइजमा १२ गरी ४५ टिम सहभागी छन् ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।