
काठमाडौं । त्रिपुरेश्वरस्थित दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय मान्यता दिन एएफसीले माग गरेको विवरण राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई आवश्यक कागजात शुक्रबार उपलब्ध गराएको छ ।
फिफा विश्व कप छनोट र एसियाली छनोटको खेल दशरंथ रंगशालामा सञ्चालन गर्ने सम्बन्धमा दशरथ रंगशालाको अवस्था बारे एएफसीले प्रारम्भिक अनुगमन पश्चात माग गरेको विवरण राखेपले एन्फालाई दिएको हो । उक्त विवरण शुक्रबारै एन्फाले एएफसीमा पठाउने तयारी गरेको छ ।
एएफसीले एन्फालाई दुवै छनोट प्रतियोगिताका खेल खेलाउन दशरथ रंगशाला उपयुक्त हुने आधारसहति चार बुँदे विवरण माग गरेको थियो ।
एएफसीले एन्फालाई स्टेडियम सेफ्टी सर्टिफिकेट, इभाक्वुएसन प्लान, कोलर कोडेड फ्लोर प्लान डायग्राम र रिस्क एनालाइसिस स्पेसिफिक टु दि स्टेडियमका विषयमा जानकारी माग गरेको थियो । सो विषयमा एन्फाले राखेपलाई एएफसीमा पठाउन विवरण माग गरेकोमा राखेपले प्राविधिक परामर्शदाताको सहयोगमा अध्ययन पश्चात तयार पारेको सम्पूर्ण विवरण एन्फालाई दिएको हो ।
बिहीबार मात्रै संसदीय व्यवस्था समितिमा दशरथ रंगशालाको अवस्था बारे प्रश्न उठ्दा राखेपका सदस्य–सचिव टंकलाल घिसिङले यही हप्ताभित्र विवरण उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । त्यसको भोलिपल्ट नै राखेपले एन्फालाई विवरण दिएको छ ।
सदस्य–सचिव टंकलाल घिसिङको उपस्थितिमा राखेपअन्तर्गत पूर्वाधार निर्माण तथा मर्मत शाखाका प्रमुख राजु श्रेष्ठले एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरलाई विवरण हस्तान्तरण गर्नु भयो ।
आगामी दिनदेखि अन्तर्राष्ट्रिय महासंघहरुको पूर्वाधार मापदण्ड राखेपलाई समयमै उपलब्ध गराउन सदस्य–सचिव टंकलाल घिसिङले एन्फाको ध्याणाकर्षन गराउनु भएको छ ।
फिफा विश्व कप र एसियाली छनोटअन्तर्गत नेपालले युएइ विरुद्ध जेठ २४ गते दशरथ रंगशालामा ‘होम म्याच’ खेल्दै छ ।
काठमाडौं । प्रतिनिधि सभाको बैठकमा कांग्रेसले अवरोध गरेपछि जेठ १ गते बेलुका ६ सम्मको लागि स्थगित स्थगित भएको छ ।
आज बसेको प्रतिनिधि सभाको दोश्रो बैठक पनि काँग्रेसले अवरोध गरे पछी जेठ १ सम्मको लागि स्थगित गरिएको छ ।
सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने कांग्रेसको माग छ । तर, सरकार समितिको पक्षमा छैन ।
काठमाडौं । सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गरेको अभियोगमा मकवानपुर छतिवन बकैया गाउँपालिका-७ चुलुङ्गा घर भई काठमाडौं महानगरपालिका-३२ जडिबुटी बस्ने पीडितकै श्रीमान् २४ वर्षीय पुरूषलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
वैदेशिक रोजगारीमा रहँदा वाट्स एपमा कुराकानी गर्ने क्रममा श्रीमान/श्रीमती बिचमा आदान प्रदान भएका गोप्य अङ्ग देखिने तस्विर/भिडियो सामाजिक सञ्जालमा फेक एकाउन्ट बनाई अपलोड गरी पीडितको साथीहरूले प्रयोग गर्ने सामाजिक सञ्जालहरूमा समेत पठाई चरित्र हत्या गरेको भन्ने उजुरीको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले अनुसन्धान तथा प्राविधिक विश्लेषण गर्ने क्रममा ती पुरूषको संलग्नता खुल्न आएपछि उनलाई पक्राउ गरेको हो ।
उनी उपर विद्युतिय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नियुक्ति सर्वोच्च अदालतले सदर गरिदिएको छ ।
निवर्तमान मुख्यमन्त्री केदार कार्कीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नियुक्ति बिरुद्ध सर्वोच्चमा हालेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश हरि फुयाँलको एकल इजलासले संविधानको व्याख्यासँग जोडिएकाले पूर्ण सुनुवाइबाट निरूपण हुनुपर्ने भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।
निवर्तमान मुख्यमन्त्री कार्कीले दायर गरेको रिटमा मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको नियुक्ति बदर गर्न र आफूलाई मुख्यमन्त्रीका रूपमा कामकारबाही गर्न दिन अन्तरिम आदेश माग गरिएको थियो।
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पाशुपत क्षेत्र विश्वभर फैलिएका सनातन धर्मावलम्बीको पवित्र स्थल भएको र यो भाषण गर्ने ठाउँ नभएको बताएका छन् ।
पशुपति क्षेत्र विकास कोषको ३८ औँ वार्षिकोत्सव कार्यक्रमलाई आज सम्बोधन गर्दै मन्त्री तामाङले राष्ट्रदेव पशुपतिनाथमा आएर राजनीति गर्ने र कोषलाई राजनीति गर्ने थलो बन्न नदिने बताए । उनले भने, “गैरराजनीतिक ठाउँअर्थात् धार्मिकस्थलमा आएर राजनीति गर्न कसैलाई छुट छैन, धार्मिक क्षेत्रमा आएर राजनीति नगर्नु होला ।”
यसैगरी उनले कोषलाई राजनीतिक स्वार्थ पूरा गर्ने थलोको रुपमा हेर्न नहुनेसमेत बताए । उनले पछिल्लो समय विकास कोष राजनीति गर्ने थलोको रुपमा प्रयोग भएको भन्ने सुन्नमा आएकाले अब त्यस्तो हुन नदिने प्रतिबद्धता जनाए ।
उनले भने, “पाशुपत क्षेत्र गैरराजनीतिक आध्यात्मिक पवित्र थलो हो, यहाँ धार्मिक उद्देश्य प्राप्तिको निम्ति काम गर्नुपर्छ ।” पशुपति क्षेत्र, विश्व सम्पदा सूचीमा सूचीकृत, पूर्वीयदर्शन र पूर्वीय संस्कृतिको महत्वपूर्ण केन्द्र रहेकाले यसले विश्वमा नेपाललाई चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ छ ।
सोही कार्यक्रमलाई सम्बाधोन गर्दै मन्त्री तामाङले करोडौँ जनसङ्ख्या भएको हिन्दू धर्मप्रति आस्था राख्ने भारतका हिन्दू धर्मावलम्बीलाई सहजरुपमा भित्र्याउन पाशुपत क्षेत्रमा धार्मिक पर्यटकका लागि रमणीय भौतिक र आध्यात्मिक परिवेश बनाउन आवश्यक रहेको बताए ।
उनले भने, “हामीले पशुपति क्षेत्रमा रमणीय र आध्यात्मिक परिवेश बनाउनसके मुलुकको विकासको लागि आर्थिक उन्नति र प्रगतिमा अभूतपूर्व योगदान पुर्याउने छ, यहाँको विकासका लागि सबैको सहयोग आवश्यक छ ।”
यसैगरी कोषका सदस्य सचिव डा मिलनकुमार थापाले भगवान् पशुपतिनाथ तथा विकास कोषको हितका लागि आफू सधैँ अग्रसर रहने बताए । उनले भने, “शिवस्व खानुहुन्न भन्ने मेरा पिता पुर्खाको अर्ती छ, म शिवस्व खान्न बरु घरबाट ल्याएर भए पनि यहाँको विकास गर्छु ।”
कोषको अहित चिताउने केही विरोधीतत्वका कारण आफूले विगतमा निकै दुःख पाएको समेत बताए । उनले भने, “पशुपति विरोधी तथा यहाँको विकासमा अहित चिताउनेले आफ्नो स्वार्थ पूर्ति नहुँदा मलाई विगतमा दिनु दुःख दिए, म त्यस्ता विरोधीलाई भन्छु मैले गलत काम गर्दिन ।” रासस
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अब पार्टी फुट्ने पालो नेकपा माओवादी केन्द्रको भएको बताएका छन् ।
शुक्रबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै यादवले माओवादीले नै आफ्नो पार्टी फुटाएको आरोप लगाउँदै अब फुटको शिकार माओवादी नै हुने बताए।
पार्टी फुटाउने नेताहरूलाई मागेजति दिएर पनि सन्तुष्ट बनाउन नसकेको टिप्पणी गर्दै उनले उनीहरूको गन्तव्य माओवादी र एमाले नै भएको जिकिर गरे।
पार्टी फुटाएको विषयलाई लिएर सर्वोच्चमा न्यायका लागि जाने उनको भनाइ छ । नयाँ पार्टीको नाम, झण्डा, लोगो एउटै भएको अवस्थामा अघिल्लो दिन साँझ आवेदन लिएर भोलिपल्ट पार्टी दर्ता गरेको निर्वाचन आयोगलाई सोध्दा दबाबमा परेको भन्दै सर्वोच्च जान आयोगले नै सुझाव दिएको उनले बताए।
काठमाडौं । प्रतिनिधि सभाको बैठकमा कांग्रेसले अवरोध गरेपछि १५ मिनेट पछी बस्ने गरि स्थगित भएको छ ।
कांग्रेस सांसद गगन थापाले बोले पछी कांग्रेस सांसदहरूले उठेर बैठक अवरोध गरेका हुन्।
सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने कांग्रेसको माग छ । तर, सरकार समितिको पक्षमा छैन ।
काठमाडौं । प्रतिनिधि सभाको बैठक प्रमुख प्रतिपक्ष दल नेपाल कांग्रेसले अवरोध गरेको छ।
कांग्रेस सांसद गगन थापाले बोले पछी कांग्रेस सांसदहरूले उठेर बैठक अवरोध गरेका हुन्।
सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने कांग्रेसको माग छ । तर, सरकार समितिको पक्षमा छैन ।
बसुन्धरा नेसनल एकेडेमी (बीएनए) को आयोजनामा सातौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ ।
पहिलो दिन सिनियर ब्वाइजको ३ बाइ ३ मा समूह ‘ए’ र ‘बी’ बाट क्वाटरफाइनल पुग्ने ४ टिमको टुंगो लागेको छ । समूह ‘ए’ बाट गोल्डेनपिक विजेता र लालीगुराँस नेसनल एकेडेमी उपविजेता हुँदै क्वाटरफाइनलमा प्रवेश गरेका छन् । समूह ‘बी’ बाट डिफेन्डि च्याम्पियन ग्रिनल्यान्ड र स्किब्स क्रमशः विजेता र उपविजेतका हैसियतले क्वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफल रहे ।
जुनियर ब्वाइजमा आयोजक बीएनए, लालीगुराँस र ग्रिनल्यान्डले सफलता पाए । बसुन्धरास्थित घरेलु कोर्टमा बीएनएले इडेन ब्रिज एकेडेमी (इबीए) लाई २६–१७ ले पराजित ग¥यो । बीएनएको जितमा सिद्धान्त शर्माले १० अंक योगदान गरे ।
प्रजेश महर्जनको ६ अंक सहयोगमा लालीगुराँसले ओडिसी इन्टरनेसनल एकेडेमीलाई १८–१३ ले हरायो । ग्रिनल्यान्डले न्युटनमाथि २०–१६ को जित दर्ता ग¥यो । ग्रिनल्यान्डका वियोन गिरीले ६ स्कोर गरे ।
प्रतियोगिताको टोखा नगरपालिका वडा ५ का अध्यक्ष मदन गुरुङले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगिताको सिनियर ब्वाइजमा २०, सिनियर गल्र्समा १३ तथा जुनियर ब्वाइजमा १२ गरी ४५ टिम सहभागी छन् ।
काठमाडौं । पारा पौडी खेलाडी भीमबहादुर कुमालले फ्रान्समा हुने पेरिस पारालिम्पिक– २०२४ का लागि हुने छनोट प्रतियोगिता खेल्ने भएका छन् ।
पेरिस पारालिम्पिक छनोट आधार रहेको सिटी विश्व पारा पौडी प्रतियोगितामा भीमले प्रतिस्पर्धा गर्न लागेका हुन् । सिंगापुरमा मे १७ देखि १९ तारिखसम्म हुने प्रतियोगितामा भीमले पुरुष ५० मिटर र १०० मिटर फ्रिस्टायलमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
दुवै स्पर्धामा भीमकै नाममा राष्ट्रिय कीर्तिमान पनि छ । ५० मिटरमा ३३.३४ सेकेन्ड तथा १०० मिटरमा १ मिनेट २१ सेकेन्डको भीमको व्यक्तिगत उत्कृष्ट टाइमिङनै राष्ट्रिय कीर्तिमान हो ।
सिंगापुरमा हुने प्रतियोगिताका लागि भीमले विगत २ महिनादेखि कालोपुलस्थित वेस्ट भेन्युमा नियमित प्रशिक्षण गरिरहेको नेपाल पारा पौडी संघका अध्यक्ष सरोज श्रेष्ठले जानकारी दिए । श्रेष्ठ पनि अफिसियलका रुपमा सिंगापुर जाँदै छन् ।
गोर्खा जिल्लाको नारेश्वर बेनीखोला निवासी भीमले आफ्नो करियरमा ३ अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । उनले खेलेको पछिल्लो प्रतियोगिता चीनको हाङझावमा भएको चौथो एसियाली पारा खेलकुद हो । त्यसअघि उनले सन् २०१८ मा इन्डोनेसियामा भएको तेश्रो एसियाली पारा खेलकुद तथा सन् २०१९ मा लन्डनमा भएको विश्व पारा पौडी प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका थिए । ४१ वर्षीय कुमाल एम्पुटी फुटबलका पनि खेलाडी हुन् ।
भीमले पेरिस पारालिम्पिकमा छनोट हुने लक्ष्य रहेको बताउदै भने– ‘एउटा खेलाडीको मुख्य उद्देश्य ओलम्पिक खेल्नु रहेको हुन्छ । यो एउटा सुनौलो अवसर हो । सक्दो प्रयास गर्ने छु ।’
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे । भीम र अफिसियल श्रेष्ठ मे १५ तारिख सिंगापुर जाने छन् । प्रशिक्षक विजेनमान श्रेष्ठ आइतबार जाँदै छन् ।
सो अवसरमा सदस्य–सचिव घिसिङले पेरिस पारालिम्पकमा छनोट हुने दोश्रो खेलाडी बन्न खेलाडीलाई शुभकामना दिए ।
‘पेरिस पारा ओलम्पिकमा तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धन छनोट भइ इतिहास रची सक्नु भएको छ । पलेशा पारालिम्पिकमा छनोट चरण पार गरी खेल्ने पहिलो नेपाली खेलाडी हुनु हुन्छ ।’ सदस्य–सचिव घिसिङले भने– ‘अब पालो तपाईं (भीमबहादुर) को हो । राष्ट्रलाई सम्झेर उत्कृष्ट प्रदर्शन गर्नु होस् । शुभकामना ।’





