काठमाडौं । बागमती प्रदेश सभाको बर्खे अधिवेशन वैशाख ३१ गते दिउँसो १ बजेका लागि आह्वान गरिएको छ ।

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम बागमती प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णय र सिफारिस बमोजिम प्रदेशसभाको बर्खे अधिवेशन आह्वान गरेका हुन् ।
प्रदेशसभा अन्तर्गतका विभिन्न पाँच वटा समितिको सभापति पदको निर्वाचन आगामी जेठ ४ गते गर्ने विषयमा सबै दलबीच सहमति भएकोबागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले बताएका छन् ।












