२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

पाँचौँ पटक राष्ट्रपति पदको शपथ लिँदै,को–को सहभागी हुँदैछन् ?

मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आज पाँचौँ पटक राष्ट्रपति पदको शपथ लिँदै छन् । उनको शपथ ग्रहण समारोह मस्कोको ग्र्यान्ड क्रेमलिन प्यालेसमा सुरु हुनेछ । यो समारोह करिब एक घण्टासम्म चल्ने बताइएको छ । रुसमा मार्च १५–१७ मा भएको निर्वाचनमा पुटिनले ८८ प्रतिशत मत प्राप्त गरेका थिए । उनका प्रतिद्वन्द्वी निकोले खारिटोनोभले ४ प्रतिशत मात्रै मत पाएका थिए ।

ग्रान्ड क्रेमलिन दरबार रुसको जार परिवारका तीन राजाहरू अलेक्जेन्डर द्वितीय, अलेक्ज्याण्डर तृतीय र निकोलस द्वितीयको राज्याभिषेक गरिएको थियो । पुटिनले सन् २००० मा पहिलो पटक राष्ट्रपतिको शपथ लिएका थिए । त्यसयता उनी सन् २००४, २०१२ र २०१८ मा पनि राष्ट्रपति भइसकेका छन् ।

को–को सहभागी हुनेछन् शपथ ग्रहण समारोहमा ?

शपथ ग्रहण समारोहमा रुसको तल्लो सदन र माथिल्लो सदनका सदस्यहरू, उच्च अदालतका न्यायाधीशहरू, विभिन्न देशका राजदूतहरू र कूटनीतिक निकायहरू उपस्थित रहनेछन् । सन् २०१८ मा, पुटिनको चौथो शपथ ग्रहणमा पूर्व जर्मन चान्सलर गेर्हार्ड श्रोडर सहित करिब ६ हजार मानिस उपस्थित थिए । यसको प्रत्यक्ष प्रसारण पनि भएको थियो । यो पटक भने त्यस्तो रौनक छैन ।

शपथ समारोह पछि  रुसी अर्थाेडक्स चर्चका प्रमुखका साथमा पुटिनले क्याथेड्रल चर्चमा प्रार्थना गर्नेछन् ।

पुटिनका लागि किन महत्त्वपूर्ण छ यो कार्यकाल ?

पुटिन पाँचौँ पटक रुसको राष्ट्रपतिमा निर्वाचित भएका छन् । यो कार्यकालको अन्त्यमा, उनी जोसेफ स्टालिनलाई पछाडि पार्दै सबैभन्दा लामो समयसम्म रुसमा शासन गर्ने नेता बन्नेछन् । पुटिन सन् २०३६ सम्म राष्ट्रपति बन्ने तय छ । आफ्नो हरेक कार्यकालमा पुटिनले रुसमाथि आफ्नो पकड कायम राख्न महत्त्वपूर्ण साबित हुने केही न केही कदम चालेका छन् ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।