२०८३ बैशाख १७ बिहीबार
२०८३ बैशाख १७ बिहीबार

काठमाडौँ  । क्रीकेटर सन्दिप लामिछानेले आफू र गौशाला २६ बीचको सम्बन्ध पुष्टि गर्न चुनौती दिएका छन् । 

मंगलबार बेलुका फेसबुकमा एक स्टाटस राख्दै उनले सो कुरा बताएका हुन् ।

 `मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध चाहे जबर्जस्ती वा अनुचित प्रभाव बाट भएको, तथ्य र प्रमाण ले अझै साबित गर्नुहोस, यदि म दोषी देखिन्छु भने मलाई फासीमा चढाइयोस् मलाई ८ बर्ष ले पुग्दै पुग्दैन ´ उनले भनेका छन् ।

यस्तो छ उनले लेखेको स्टाटस:

“धेरै समय मौनतामा बसी रहें, आफूलाई अन्धकार मा राखी रहे अनि प्रतीक्षामा पल पल बाचि रहे। मलाई थाहा छ कि जिल्ला अदालत ले गरेको फैसला मा गम्भीर त्रुटी छ, तर पनि धेरै चुप लागेर बसें। कानूनी व्ययवसायी ले भन्नु हुन्छ तिमीलाई नगरेको अपराध को दोषी बनाइएको छ, न तथ्य ले न प्रमाण ले न अनुसन्धान को कुनै सारभूत निचोड ले पुस्टि गर्छ। तर मैले कति सहनु? म न्याय माग्दा माग्दा सिथिल भई सके। सामाजिक संस्था र सामाजिक संजाल मा अनि झुट का न्याय का लागि लड्ने एकथरी गज्जब का आमा, दिदि हरु रहेछन अनि केही प्रभाव पार्ने पत्र पत्रिका। ति तथाकथित र भनौंदा सामाजिक अभियेंता हरूलाई मेरो यो खुल्ला चुनौती हो वहां हरुलाई मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध चाहे जबर्जस्ती वा अनुचित प्रभाव बाट भएको, तथ्य र प्रमाण ले अझै साबित गर्नुहोस, यदि म दोषी देखिन्छु भने मलाई फासीमा चढाइयोस् मलाई ८ बर्ष ले पुग्दै पुग्दैन। तपाईं हरुको पूर्वाग्रही दबाब र योजना मैले मात्र होइन दुनिया ले बुझेको छ। म कानुन ले होइन अनुमान र एकतर्फी भनाइ ले दोषी भएको छू, त्यो अनुमान मेरो लागि मात्र होइन, भोलि तपाईंहरूका लागि अनि सारा संसार को लागि गम्धिर दुर्घटना हुनेछ लेखी राख्नु भगवान ले हेरिरहेका छन् व्यक्ति भन्दा माथि। ति तथाकथित महिला सामाजिक अभियेंता भन्ने हरु येती स्वार्थी र अपराधि रहेछन कि जो बास्तबिक पिडित हरु हुन् तिनका लागि न बोलेको देख्छु न लेखेको, न लडेको। धिक्कार छ ति तथाकथित अभियेंताहरु जसले एउटा खोल ओडेर अर्को ब्यबसाय गर्छन। मैले एती लेखिरहदा अब केहि ले मलाई पिडित को नाटकीय त्रूप फाल्यो भनेर लेख्लान। तर झुटा आरोप जब लाग्छ नि अनि बल्ल सदबुद्धि आउला। म सानै देखि धर्म मा विश्वास गर्ने व्यक्ति हु | जो जो यो बनावटी अभियोग को अभियान मा खटिरहनु भएको छ, कानुन ले नहोला धर्मको अग्निपरिक्षा मा तपाईहरुले आफ्नो कर्म को फल भोग्नु हुनेछ। यो किन भन्दै छु भने म यो घटना को निर्दोष पात्र हु र मलाई यो घटना कसले कसरि घटाउन लगाएको राम्रै थाहा छ त्यसमा तपाईंहरूको पनि सहभागिता छ। धेरै खोल्न बाकि छ। फेरि भन्छु यो घटना घटेको होइन घटाइएको हो। बास्तबिक अनुहार आफै निस्केला म चाहि विश्वस्त छु।अन्तमा म निर्दोष छु र मेरो निर्दोशिता मा विश्वास र सहानुभूति राख्नेहरू संग म जीवन भर ऋणी रहने छु। फेरी पनि मेरो यो खुल्ला चुनौती हो ति तथाकथित अभियेंता हरुलाई, सक्नु हुन्छ भने प्रमाणित गर्नुहोस मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध चाहे जबर्जस्ती वा अनुचित प्रभाव बाट सम्बन्ध भएको होस्। यदि म दोषी देखिन्छु भने मलाई फासी होस् मेरो लागि ८ बर्ष ले पुग्दैन फासी नै सही हुनेछ। म त फसे, बोलेकै भरमा अब अरु कोही नफसोस।बिनती छ।🙏 सन्दिप लामिछाने ´´

काठमाडौं । एभरग्रिन कन्स्ट्रकसन एन्ड कन्स्लटेन्सी प्रालिले राष्ट्रिय फुटबल टोली तथा एपिएफकी फरवार्ड सविता राना मगरलाई नगदले पुरस्कृत गरेको छ ।

प्रालिका अध्यक्ष अभिषेक कोइराला र मेनेनजर स्रदिप प्रधानले सोमबार सवितालाई चेक हस्तान्तरण गरेका थिए।

साउदी अरबमा फागुनमा भएको वाफ च्याम्पियनसिपमा उच्च प्रदर्शन गरेको भन्दै प्रालिले उनलाई नगदले पुरस्कृत गरेको हो ।

जोर्डनसँगको फाइनलमा पेनाल्टीमा नेपाल ५–३ गोलले पराजित भएको थियो । निर्धारित समय २–२ को बराबरीमा सकिएको थियो । फाइनलमा सविताले नेपालका लागि पहिलो गोल

मकवानपुर । हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट अवैध लागूऔषध गाँजा करिब ५ किलोसहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राक्सिराङ गाउँपालिका-१ सानो भावर बस्ने १९ वर्षीय बिजय तामाङ र रौतहट बृन्दावन नगरपालिका-१ बस्ने ३५ वर्षीय धर्मेन्द्र ठाकुर रहेका छन् । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले चितवनबाट वीरगंजतर्फ जाँदै गरेको ना.६ ख ३५५७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

सुनसरी । धरान उपमहानगरपालिका-२० विष्णुपादुकाबाट अवैध लागूऔषध गाँजा करिब ४ किलो ५ सय ग्रामसहित धनकुटा साँगुरीगढी गाउँपालिका-८ बस्ने २४ वर्षीय दिपक मुडेललाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट विष्णुपादुकाबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको को.१ ज २१७८ नम्बरको बोलेरोलाई जाँच गर्ने क्रममा बोलेरोमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

माता तिर्थ औंसीको साइत पारेर गायक यादु सुबेदीले´´मेरी आमा“बोलको नया गित बजारमा ल्याएका छन।

यादु सुबेदीको शब्द ,सङ्गीत र स्वरमा रहेको गितलाइ सुरज सिवाले एरेन्ज गरेका हुन भने रन्जन राइको मिकिसिङ रहेको छ।

आमाको माया र भब समेटेर तयार पारिको म्युजिक भिडियोमा सफल कलकार मिथिला शर्माको र गायक यादु सुबेदीको अभिनय रहेको छ।

दिनेश ठकुल्ला को निर्देशनमा रहेको भिडियोलाइ नरेश एरले छायान्कन गरेका हुन भने टेकेन्द्र शाहले सम्पादन गरेका हुन।

भिडियो यादु सुवेदी युटुब च्यानलमा हेर्न सकिन्छ।

रामेछाप । नेकपा एमाले जिल्ला कमिटी रामेछापको नवौं जिल्ला अधिवेशन बुधबाट मन्थलीमा सुरु हुँदैछ ।

मन्थली स्थित तीनलाल पार्कमा पुर्व अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले उद्घाटन गर्ने कार्यक्रम तय भएको जिल्ला सचिव पुरुषोत्तम कडेरियाले जानकारी दिए ।

अधिवेशनमा सहभागी हुन रामेछापका ६४ वटै वडाबाट ७ सय जना प्रतिनिधिहरु मन्थलीमा पुगिसकेको छ ।

वैशाख २६ देखि २८ गतेसम्म सञ्चालन हुने एमाले जिल्ला अधिवेशनलाई सफल र व्यवस्थित बनाउन ९ वटा उपसमिति गठन गरिएको छ ।

यी हुन् ९ उपसमिति र पदाधिकारी :

१. सांगठनिक, राजनैतिक प्रतिवेदन, प्रस्ताव मस्यौदा उप समिति संयोजक : आनन्द कुमार श्रेष्ठ, अध्यक्ष र पदाधिकारीहरु

२. अतिथि सत्कार उप समिति संयोजक इन्द्र बहादुर तामाङ, उपाध्यक्ष, जि. क सदस्यहरु – ईश्वरी बस्नेत, करमा घिसिङ, दिपा पाखीन, मखमली श्रेष्ठ, राधिका श्रेष्ठ,अम्बिका भण्डारी बोहोरा, .तिर्थ सुवेदी

३. प्रतिनिधि व्यवस्थापन उप समिति संयोजक : पुरुषोत्तम कडरिया, सचिव, जि. क सदस्यहरु – रामबाबु घिमिरे, रोशन पाख्रीन, भिम बहादुर तामाङ, दिपक कार्की, रुद्र मणी नेवार, पुष्कर कुमार कार्की, प्रेम लामा, अम्बर ध्वज तामाङ, आङ लामु शेर्पा

४. प्रचार प्रसार उप समिति संयोजक : प्रकाश कुमार कार्की, उप-सचिव, जि. क सदस्यहरु – युनिक बिफा घिसिङ, देउ बहादुर थापा, रोज ग्यापक, मोतिलाल तामाङ, सुन्दर घिमिरे, सुबास बोहरा, तेम्बा शेर्पा, पवित्र ध्वज कार्की, सागरहरि अधिकारी, पुष्कर भट्टराई, .नवराज श्रेष्ठ, निरोज थापा, प्रज्वल पौडेल, दिलिप श्रेष्ठ, रामहरि कार्की, कुमार मिजार, सलिना बुढाथोकी

५. आवास एवम् खाद्य व्यवस्थापन उप समिति संयोजक : होतराज ढकाल, उप-सचिव, जि. क सदस्यहरु – दिनेश सुवेदी, बिनोद फुयाल, राधिका खड्का, सन्तोष पौडेल, सुर्दशन प्रसाई, मनोज पौडेल, आराम तामाङ

६. आर्थिक प्रतिवेदन मस्यौदा उप समिती संयोजक : राम प्रसाद देवकोटा, प्रमुख, वित्त तथा कोष व्यवस्थापन विभाग

७. आर्थिक उप समिती संयोजक : आनन्द कुमार श्रेष्ठ सदस्य जिल्ला कमिटी पदाधिकारीहरु राम प्रसाद देवकोटा, प्रमुख, वित्त तथा कोष व्यवस्थापन विभाग सदस्यहरु – दिपेन्द्र कार्की, भिमराज आरण, केशर पौडेल, भोला चौलागाई, सुरेश गौतम, सुमिका श्रेष्ठ, रविन्द्र भण्डारी

८. मन्च तथा हल व्यवस्थापन उप समिती संयोजक : मिलन घिसिङ, सदस्य, जि. क सदस्यहरु – तिलक कार्की, रामकुमार श्रेष्ठ, देवेन्द्र श्रेष्ठ, गोपाल थोकर, कटक घतानी, राम कुमार माझी, राकेश श्रेष्ठ, टेक बहादुर श्रेष्ठ, लक्ष्मी कुमारी तामाङ, मुना कँडेल, रमेश बस्नेत, विकल योञ्जन

९. स्वयमसेवक परिचालन उप समिती संयोजक : उज्वल सुवेदी, सदस्य, जि. क सदस्यहरु – सुरेन्द्र कार्की, तेज घिसिङ, गणेश वि.क, श्याम श्रेष्ठ, धनराज तामाङ, रमेश चापागाई, रमिता कोईराला, विमल कार्की, युवराज सुनुवार, निराजन तिमल्सीना, राजकुमार श्रेष्ठ,

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सहकारीका आफूविरुद्ध कुनै पनि मुद्दा या उजुरी परे राजीनामा दिने बताएका छन् ।

उनले आफु विरुद्ध कुनै पनि उजुरी नपरेको अवस्थामा संसदीय समिति बनाउन आवश्यक नै नरहेको बताएका छन् ।

सभामुख देवराज घिमिरेले दलका शीर्ष नेताहरूसँग गरेको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् ।

उनले सहकारीको रकम हिनामिनामा आफ्नोविरुद्ध कतै पनि मुद्दा दर्तासमेत नभएको भन्दै उजुरी हाल्नासाथ संसदीय समिति बनाउने भएमा राजीनामा दिन आफू तयार रहेको बताए । उनले अहिले समिति बनाउने स्पष्ट आधार नभएको जिकिर गरे।

उनले आगामी संसद्‌ बैठकमा सो निर्णयलाई प्रस्तावको रुपमा लैजाने तयारी रहेको पनि उल्लेख गरे ।

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको नागरिकता छानबिन गर्नुको कारण पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

धनुषा प्रहरीमा सिरोहियाको नागरिकता छानबिनको माग गर्दै उजुरी परेपछि उनले आफ्नो नागरिकताको छानबिन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

मंगलबार न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले उक्त रिटमाथि सुनुवाइ गर्दै सिरोहियाको नागरिकता छानबिन गर्नुको कारण पेश गर्न भनेको हो। सर्वोच्चले अन्तरिम आदेशबारे छलफलका लागि दुवै पक्षलाई बोलाएको छ।

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई संसद‍मा बोल्न अनुमति माग्दै सोमबार निवेदन दिएका छन् ।

निवेदनमा उनले संसद‍्मा उत्पन्न गतिरोधका कारण आकस्मिक, शून्य र विशेष समयमा उठेका विषयको जवाफ सम्बन्धित मन्त्रीले सात दिनभित्र सदनमा दिनु पर्नेछ भन्ने प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५ को उपनियम २ मा उल्लेख भएको व्यवस्थाको उल्लङ्घन हुन गएकोप्रति ध्यानाकर्षण गराएका छन् ।

मन्त्री लामिछानेले आगामी बर्खे अधिवेशनमा संसदमा जवाफ दिने वातावरण मिलाउनका लागि आग्रह गरेका हुन ।

निवेदनमा उनले भनेका छन्,‘सङ्घीय संसद्को गत अधिवेशनमा मैले सम्हालेको मन्त्रालयसँग सम्बन्धित एवम् मेरो व्यक्तिगत विषयमा माननीय सदस्यहरूले विभिन्न प्रश्नहरू उठाउनु भएको थियो । सो सम्बन्धमा मैले संसदमा उपस्थित भई सार्वभौम संसद् मार्फत आम जनतालाई जानकारी गराउन चाहेको थिएँ तर संसदमा उत्पन्न भएको गतिरोधको कारण सम्भव भएन । यसबाट आकस्मिक, शून्य र विशेष समयमा उठेका विषयको जवाफ सम्बन्धित मन्त्रीले सात दिनभित्र सदनमा दिनु पर्नेछ भन्ने प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५ को उपनियम २ मा उल्लेख भएको व्यवस्थाको उल्लङ्घन हुन गएको छ । जनताको जिम्मेवार प्रतिनिधि एवं गृह मन्त्री भएको कारण माननीय सदस्यहरूले उठाउनु भएको विषयमा आम नागरिकलाई जानकारी गराउनु मेरो अधिकार, कर्तव्य र जिम्मेवारी रहेको हुँदा यही २८ गतेबाट चालु हुने अधिवेशनको यथाशक्य प्रारम्भिक दिनहरूमा संसदमा उपस्थित भई गत अधिवेशनमा उठेका प्रश्नहरूको जवाफ दिने व्यवस्था मिलाई दिनुहुन मेरो व्यक्तिगत विषयमा उठेका प्रश्नहरूको सम्बन्धमा उजुरी जाहेरी, अनुसन्धान तथा अभियोजन समेत नभएको भनी महान्यायाधिवक्ता कार्यालयबाट मलाई जानकारी गराइएको पत्र यसैसाथ संलग्न गरी सम्माननीयज्यू समक्ष निवेदन गर्दछु ।’

काठमाडौँ । एनआईसी एसिया बैंकले वाफ महिला च्याम्पियनसिप २०२४ मा उत्कृष्ट प्रदर्शन गरेको राष्ट्रिय टोलीलाई सम्मान गरेको छ ।

बैंकले फुटबल टोलीका ३१ खेलाडीलाई कदर स्वरूप प्रति व्यक्ति २५ हजार रुपैयाँ नगद प्रदान गरेको छ । बैंक र अखिल नेपाल फुटबल संघ (एन्फा) बिच आगामी खेलहरूमा पनि सहयोग गर्ने सम्झौता भएको छ ।

बैंकले कार्यक्रमकै दौरान अन्जना रानालाई ब्रान्ड प्रमोटरको रूपमा घोषणा पनि गरेको छ ।

काठमाडौं । गायिका मेनुका पौडेलको आँखाको शल्यक्रिया गरिएको छ । केही दिनअघि तिलगंगा आँखा प्रतिष्ठानका वरिष्ठ आँखारोग विशेषज्ञको टोलीले शल्यक्रिया गरेको हो ।

‘कस्मेटिक प्रोथेस्टिक’ राखिएपनि मेनुकाको दृष्टि चाहिं फिर्ता नआउने अस्पतालका वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले बताए ।

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।