२०८२ श्रावण १ बिहीबार
२०८२ श्रावण १ बिहीबार

अनलाइन गेम सट्टेबाजी खेलाउने १३ जना भारतीय नागरिक पक्राउ

बुटवल । गैरकानुनी रुपमा अनलाइन गेम सट्टेबाजी गर्ने १३ जनालाई बुटवलबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने सबै राजस्थान जयपुरका भारतीय नागरिक रहेका छन् । बुटवलको कालिकानगरमा एक घर भाडामा लिएर अनलाइन गेम र सट्टेवाजी गराउनेलाई बुटवल प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका युवाहरूले २ वटा फ्ल्याट भाडामा लिएर अवैध गतिविधि गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय रामनगरको टोलीले प्रक्राउ गरेको छ ।

प्रहरीले १३ जना भारतीय नागरिक र उनीहरूले प्रयोग गर्ने ३९ थान मोवाईल १३ थान कम्यूटर लगायतका सामान नियन्त्रणमा लिएको इलाका प्रहरा कार्यालय बुटवलका प्रमुख विजय राज पण्डितले बताए ।

उनीहरुले गत मंसिर देखि अफिस संचालनका लागि भन्दै घरको २ वटा प्यालाट भाडामा लिएको बताइएको छ । उनीहरूको बारेमा थप अनुसन्धान जारी रहेको प्रनाउ पण्डितले बताए ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।