२०८२ जेष्ठ २ शुक्रबार
२०८२ जेष्ठ २ शुक्रबार

ब्लड प्रेसर कसरी जाँच्ने ? जानी राखौँ…

एजेन्सी। अहिलेको समयमा रक्तचापको समस्या घट्ला भन्दा उल्टै बढ्दै गइरहेको छ । विश्वभर करोडौं मानिस उच्च रक्तचाप वा निम्न रक्तचापको समस्याबाट ग्रसित छन् ।

वयस्क र वृद्धवृद्धाहरूमा मात्रै होइन युवाहरूमा समेत रक्तचापको समस्या बढेको छ । सामान्य वयस्कको रक्तचाप १२०र८० एमएम एचजी हुन्छ । सिस्टोलिक प्रेसर १२० एमएम एचजी सम्म र डायस्टोलिक प्रेसर ८० एमएम एचजी सम्म हुनुपर्छ । यो भन्दा बढी वा कम भएमा उच्च र निम्न रक्तचापको समस्या सुरु हुन्छ ।

अहिलेको समयमा खराब जीवनशैली र खानपानका कारण रक्तचापको समस्या तीव्र गतिमा बढिरहेको छ । बीपीको समस्याबाट बच्न सबैले आफ्नो ब्लड प्रेसर जाँच गरिरहनुपर्छ र यो कम वा धेरै भएमा चिकित्सकको सल्लाह लिनुपर्छ । आजकल बजारमा डिजिटल ब्लड प्रेसर जाँच गर्ने मेसिन पनि पाइन्छ । यसको साहाराले हामी घरमै बसी बसी सजिलै आफ्नो रक्तचाप जाँच्न सक्छन् । मानिसहरू ओछ्यानमा सुतेर वा बसेर पनि बीपी चेक गर्छन् ।

रक्तचाप नाप्ने सही तरिका के हो ?

रक्तचाप जाँच्दा आरामसँग कुर्सीमा बस्नु पर्छ । कुर्सीमा बस्दा खुट्टाले भुईँ टेकेको हुनुपर्छ भने दुवै हात टेबलमा मुटुको उचाइ हाराहारीमा राखिएको हुनुपर्छ । दायाँ वा बायाँ दुवै हातबाट रक्तचाप जाँच्न सकिन्छ । यो पोजिसनमा केही समय बसेपछि मात्रै रक्तचाप जाँच गर्नुपर्छ । यसो गर्दा बीपीको रिडिङ सही हुन्छ ।

तर, रिंगटा लाग्ने मानिसहरूले चाँहि सुतेरै रक्तचाप जँचाउन सक्छन् । सुतेर ब्लडप्रेसर जाँच्दा बसेको तुलनामा कम देखाउँछ । तसर्थ बीपी नाप्दा सटिक नतिजा आओस् भन्ने चाहनु हुन्छ भने कुर्सीमा बसेरै नाप्नुपर्छ । बसाई स्थिति गलत छ भने बीपी रिडिंगमा तलमाथि हुन सक्छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।