२०८३ बैशाख २१ सोमबार
२०८३ बैशाख २१ सोमबार

काठमाडौं । बेलायतमा हुने दुई मैत्रिपूर्ण खेलको लागि नेपाली राष्ट्रिय फुटबल टिमको खेलाडी तथा अफिसियलको भीसा  नआएको विषयमा युवा तथा खेलकूद मन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवको उपस्थितिमा अखिल नेपाल फुटवल संघ एन्फाका महासचिवसँग आज छलफल भएको छ। 

भीसा ढिलाईको विषयमा मन्त्री श्रेष्ठलाई जानकारी गराउँदै एन्फा महासचिव राईले आज राती सम्म भीसा आउने बताए। भीसा लिनकै लागि भारतको दील्लीमा पठाएको पनि महासचिव राईले जानकारी गराए। 


एन्फाले मैत्रिपूर्ण खेलको लागि खेलाडी र अफिसियल गरी कुल ३० जनाको नाम राष्ट्रिय खेलकुद परिषदमा पठाएको र हिजो स्वीकृती दिएको सदस्य सचिव टंक लाल घिसिङले मन्त्री श्रेष्ठलाई जानकारी गराए। यस बाहेक ५ जना एन्फा भीआइपी र १५ जना अन्य एन्फा पदाधिकारीको सहभागिताको स्वीकृतीको लागि परिषदमा पत्र नआएको पनि सदस्य सचिव घिसिङले स्पष्ट पारे। 


यस विषयमा एन्फा महासचिव किरण राईले खेलाडी र टिमको मात्र स्वीकृती लिनुपर्ने भएकाले अरूको हकमा स्वीकृती नलिएको जिकिर गरे। उनले बाकी २० जना आफ्नै खर्चमा जाने पनि बताए। तर एन्फाले उनीहरूको भीसाको लागि बेलायती राजदुतावासमा भीसाको लागि सिफारिस गरेको पनि बताए।  राष्ट्रिय खेलकुद ऐेन अनुसार  खेलाडी पदाधिकारी सबैले स्वीकृती लिनुपर्ने व्यवस्था भएको सदस्य सचिव घिसिङले बताए। सोही बमोजिम अन्य १५ पदाधिकारीहरू बेलायत जानको लागि राष्ट्रिय खेलकुद परिषदबाट स्वीकृती लिनुपर्ने निर्णय युवा तथा खेलकूद मन्त्री विराजभक्त श्रेष्ठले गरेका छन।

स्वीकृती नलिएसम्म हालको लागि १५ पदाधिकारीहरू बेलायत जान पाउनेछैनन।  युवा तथा खेलकुद मन्त्रालयले परिषदको स्वीकृती बिना १५ एन्फा पदाधिकारीलाई बेलायत जान रोक
लगाउन गृह मन्त्रालयलाई पनि पत्र पठाएको छ।

एजेन्सी। अहिलेको समयमा रक्तचापको समस्या घट्ला भन्दा उल्टै बढ्दै गइरहेको छ । विश्वभर करोडौं मानिस उच्च रक्तचाप वा निम्न रक्तचापको समस्याबाट ग्रसित छन् ।

वयस्क र वृद्धवृद्धाहरूमा मात्रै होइन युवाहरूमा समेत रक्तचापको समस्या बढेको छ । सामान्य वयस्कको रक्तचाप १२०र८० एमएम एचजी हुन्छ । सिस्टोलिक प्रेसर १२० एमएम एचजी सम्म र डायस्टोलिक प्रेसर ८० एमएम एचजी सम्म हुनुपर्छ । यो भन्दा बढी वा कम भएमा उच्च र निम्न रक्तचापको समस्या सुरु हुन्छ ।

अहिलेको समयमा खराब जीवनशैली र खानपानका कारण रक्तचापको समस्या तीव्र गतिमा बढिरहेको छ । बीपीको समस्याबाट बच्न सबैले आफ्नो ब्लड प्रेसर जाँच गरिरहनुपर्छ र यो कम वा धेरै भएमा चिकित्सकको सल्लाह लिनुपर्छ । आजकल बजारमा डिजिटल ब्लड प्रेसर जाँच गर्ने मेसिन पनि पाइन्छ । यसको साहाराले हामी घरमै बसी बसी सजिलै आफ्नो रक्तचाप जाँच्न सक्छन् । मानिसहरू ओछ्यानमा सुतेर वा बसेर पनि बीपी चेक गर्छन् ।

रक्तचाप नाप्ने सही तरिका के हो ?

रक्तचाप जाँच्दा आरामसँग कुर्सीमा बस्नु पर्छ । कुर्सीमा बस्दा खुट्टाले भुईँ टेकेको हुनुपर्छ भने दुवै हात टेबलमा मुटुको उचाइ हाराहारीमा राखिएको हुनुपर्छ । दायाँ वा बायाँ दुवै हातबाट रक्तचाप जाँच्न सकिन्छ । यो पोजिसनमा केही समय बसेपछि मात्रै रक्तचाप जाँच गर्नुपर्छ । यसो गर्दा बीपीको रिडिङ सही हुन्छ ।

तर, रिंगटा लाग्ने मानिसहरूले चाँहि सुतेरै रक्तचाप जँचाउन सक्छन् । सुतेर ब्लडप्रेसर जाँच्दा बसेको तुलनामा कम देखाउँछ । तसर्थ बीपी नाप्दा सटिक नतिजा आओस् भन्ने चाहनु हुन्छ भने कुर्सीमा बसेरै नाप्नुपर्छ । बसाई स्थिति गलत छ भने बीपी रिडिंगमा तलमाथि हुन सक्छ ।

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेश नामकरण गर्दा केही पनि नब्रिगिएको बताएका छन् । मंगलबार इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा पार्टीका उम्मेदवार सुहाङ नेम्वाङ निर्वाचित भएपछि आयोजित विजयी सभामा बोल्दै उनले सो कुरा बताएका हुन् ।

उनले जात र थर विशेषलाई पहिचानको विषय बनाउन नहुने बताए । अध्यक्ष ओलीले विगतमा पनि मेची, कोशी, कर्णाली, सेती, बागमती अञ्चलको नाम राखिएको उल्लेख गर्दै त्यस्ता साझा नाममा असहमति राख्नुपर्ने कुनै कारण नरहेको जिकिर गरे । उनले समृद्ध नेपाल, सुखी नेपाली आम नेपालीको पहिचान भएको र त्यसलाई साकार पार्न एमाले लागि परेको बताए ।

नेम्वाङ परिवारमा परेको चोटमा सुहाङलाई उमेदवार बनाएको सुनाए । अनेक प्रश्न उठेका थिए । उनले भने, ‘एमालेमा असन्तुष्टि हुन्छ । राजाको छोरा राजा हुन्छ , कहाँबाट सुवास नेम्वाङ राजा हुनुहुन्थ्यो र उहाँको छोरा राजा हुन्छ ? उहाँ त संविधानको निर्माता, सांसद, एउटा योद्धा हुनुहुन्थ्यो । योद्धाको छोरा योद्धा नभएर बाघको छोरा बाघ नभएर स्याल हुन्छ त ?’

बारा । निजगढ नगरपालिका-१० स्थित सडकबाट अवैध लागूऔषध गाँजा २ सय १६ किलोसहित जितपुरसिमरा उपमहानगरपालिका-२ बस्ने ३२ वर्षीय आकाश लामा समेत २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट रतनपुर र इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको संयुक्त टोलीले रतनपुरबाट निजगढतर्फ जाँदै गरेको ना.५ ख ७५५२ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा रहेको ७ वटा बोरामा उक्त परिमाणको गाँजा फेला पारी ट्रक चालक लामा समेत २ जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

झापा : झापा गाउँपालिका-३ कामाटोलीबाट अवैध लागूऔषध ब्राउनसुगर १ सय १६ ग्राम ६० मिलिग्राम, दाउ थान १ र खुकुरी थान १ सहित सोही गाउँपालिका-४ खैरबारी बस्ने २५ वर्षीय सरिफुल आलमलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा लागूऔषध कारोवार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्यूरो काकरभिट्टाबाट खटिएको संयुक्त टोलीले आलमलाई नियन्त्रणमा लिने क्रममा निजले आफ्नो साथमा रहेको दाउ र खुकुरीले प्रहरीमाथि आक्रमण गर्न खोजे पश्चात प्रतिरक्षा स्वरूप प्रहरीले गोली फायर गर्दा गोली लागेर सामान्य घाइते भएका छन् । उनलाई तत्कालै उपचारार्थ प्रादेशिक अस्पताल भद्रपुर झापामा लगिएको छ । 

कैलाली, गोदावरी नगरपालिका-१ मनहराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय २० मिलिग्रामसहित धनगढी उपमहानगरपालिका बस्ने २३ वर्षीय सुरज चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त ४ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरूलाई प्रदेश प्रमुख तिलक परियारले मंगलबार शपथ खुवाएका हुन् ।

शपथ लिनेमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीमा शेरबहादुर बुढा, आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसी, सामाजिक विकास मन्त्री वीरबहादुर शाही र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दुर्ग रावत रहेका छन् ।

यस्तै राज्यमन्त्री गोमता विकले पनि शपथ लिने भएकी छन् ।भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त भएका एमालेका विनोद शाह भने शपथ ग्रहण कार्यक्रममा उपस्थित भएनन् । उनले भौतिक बन्त्रालय चाहेको कारण अहिले असन्तुष्ट रहेको बुझिएको छ ।

काठमाडौंको अनामनगरस्थित लिबर्टी कलेजबाट शैक्षिक भ्रमणमा आएका विद्यार्थी सवार बस दुर्घटना भएको छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४, कागबेनीमा पर्ने मुक्तिनाथ सडकखण्डको सेल्फिडाँडामुनि घुम्तीमा दुर्घटना हुदा २१ जना यात्रु घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार काठमाडौंको अनामनगरस्थित लिबर्टी कलेजबाट शैक्षिक भ्रमणमा आएका विद्यार्थी सवार प्रदेश नम्बर ३ ०१००६ ख ६२२ नम्बरको बस मंगलबार बिहान ९ बजे दुर्घटनामा परेको थियो ।

मुक्तिनाथ दर्शन गरी फर्क‌दै गरेको ३३ जना विद्यार्थी सवार बस ब्रेक फेल भई सडकमा पल्टिएको हो । दुर्घटनामा घाइते भएका २१ विद्यार्थीको जोमसोम अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा परी सिरहा लहानका आदेश आचार्य, भक्तपुर मध्यपुर ठिमीका अनुज न्यौपाने, सिरहा गोलबजारकी ज्योति साह, गुल्मी रुरुकी समीक्षा ज्ञवाली, काठमाडौं कीर्तिपुरकी प्रतीक्षा खड्का, भक्तपुर चाँगुनारायणकी विन्दा दाहल, काठमाडौं एयरपोर्टकी अनामिका थापा, कैलाली गोदावरीका ध्रुवराज जोशी, भोजपुर भोजपरनका पेसल बस्नेत, महोत्तरी जलेश्वरकी रम्मा कुमारी, पाँचथर कुम्मायका आदेश लावती घाइते भएका छन् ।

इलाम । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएका छन् । मंगलबार निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार सुहाङले २७ हजार ७७२ मत पाएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले २१ हजार ९४२ मत पाएका थिए ।

सुहाङ विजयी भएपछि नेकपा एमालेले आज विजयी सभाको आयोजना गरेको छ । विजयी सभालाई सम्बोधन गर्न अध्यक्ष केपी शर्मा ओली इलमामा आइपुग्ने एमाले इलाममका सचिव उमेश गुरुङले बताए ।

निर्वाचनमा पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ र माओवादी केन्द्र त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका मिलन लिम्बुले ५ हजार ५० मत पाए । कूल सदर मतको १० प्रतिशतभन्दा कम मत पाएकाले रास्वपाका लिम्बु सहत १६ जना उममेदवारहरुको जमानत जफत भएको छ । ।

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।