२०८२ कार्तिक २९ शनिबार
२०८२ कार्तिक २९ शनिबार

हिजबुल्लाहले पनि गर्यो इजरायलमा मिसाइल प्रहार

तेहरान । मध्यपूर्वमा युद्धको आगो साम्य भएकै छैन । इरान र इजरायलबिच जारी तनावका बिच फेरि मिसाइल प्रहार भएको छ । यस पटक इरान समर्थित हिजबुल्लाहले इजरायलमा मिसाइल प्रहार गरेको छ । हमासको सहयोगी र इरान समर्थित हिजबुल्लाहले इजरायलको सेनाको मुख्यालयमा दर्जनौँ काट्युशा रकेटले आक्रमण गरेको दाबी गरेको छ ।

वास्तवमा, अक्टोबर ७ मा इजरायलमा हमासले आक्रमण गरेपछि गाजामा युद्ध चलिरहेको छ । इजरायली सेना र इरान समर्थित हिजबुल्लाहबीच लगभग दिनँहुजसो सीमापार गोलाबारी भइरहेको छ । तर यस पटक हिजबुल्लाहले इजरायली सेनाको मुख्यालयलाई निशाना बनाएको छ । हाल, इजरायल–इरान तनाव सबै समय उच्चमा छ । यसैबिच, लेबनानी शिया चरमपन्थी समूह हिजबुल्लाहले सीमापार इजरायली सैन्य बेसमा आक्रमणलाई तीव्र बनाएको छ ।

आफूले दर्जनौँ कत्युशा रकेटले इजरायली इइन जेटिम बेसमा रहेको ९१ औँ डिभिजनको तेस्रो इन्फन्ट्री ब्रिगेडको मुख्यालयमा बम प्रहार गरेको थियो हिजबुल्लाहले आफ्नो विज्ञप्तिमा भनेको थियो । हिजबुल्लाहले इजरायलले गरेको हमलाको जवाफमा लेबनानको दक्षिणी गाउँ र सर्वसाधारणको घरहरूमा आक्रमण गरेको बताएको छ । लेबनानको आधिकारिक राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले सोमबार तीनवटा गाउँमा इजरायलीले आक्रमण गरेको जानकारी दिएको थियो ।

लेबनानबाट उत्तरी इजरायलको आइन जेटिम क्षेत्रमा प्रवेश गरेका करिब ३५ वटा रकेट पहिचान गरिएको र यस हमलामा अहिलेसम्म कुनै हताहत नभएका इजरायली सेनाले बताएको छ । 

आफ्नो सेनाले फायर गरिएको रकेटको स्रोतमा आक्रमण गरेको छ इजरायली सेनाको भनाई छ । अक्टोबर ७ देखि लेबनानमा ३७६ जनाको मृत्यु भइसकेको छ जसमा अधिकांश हिजबुल्लाह लडाकु र ७० जना सर्वसाधारण रहेका छन् । 

योसँगै इजरायली पक्षमा भने १० सैनिक र ८ नागरिकको मृत्यु भएको बताइएको छ । इजरायल र हिजबुल्लाहबीच अन्तिम ठूलो युद्ध सन् २००६ मा भएको थियो ।

को हुन् हिजबुल्लाह ?

हिजबुल्लाह इरान समर्थिन एक सैन्य संगठन हो । प्यालेस्टाइनको समर्थन गर्ने यो संगठनले इजरायल विरुद्ध लड्दै आएको छ । तर अमेरिकालगायत विश्वका अधिकांश देश यसलाई आतंकवादी संगठन मान्दछन् । हमासले अक्टोबर ७ मा इजरायलमाथि आक्रमण गर्दा हिजबुल्लाहले खुलेर हमासको साथ दिएको थियो । इजरायलले लेबनानमा आक्रमण गरेपछि सन् १९८२ मा हिजबुल्लाह गठन भएको थियो । इरानले हिजबुल्लाहलाई हतियार, पैसा र तालिम दिने गरेको छ । 

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।