२०८३ बैशाख १६ बुधबार
२०८३ बैशाख १६ बुधबार

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा एक हजार दुई सय ३१ जनाको मिर्गौला प्रत्यारोपण गरेको छ ।

भक्तपुरस्थित आफ्नै अस्पतालमा आज आयोजना गरेको १२औँ स्थापना दिवसका अवसरमा केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द श्रेष्ठले स्थापनादेखि हालसम्म ३२ जनाको कलेजो समेत प्रत्यारोपण गरिएको जानकारी दिनुभयो । अस्पतालले २०८० वैशाखदेखि चैत मसान्तसम्म एक सय ८४ जनाको मिर्गौला र १३ जनाको कलेजो प्रत्यारोपण सफलतापूर्वक गरेको उहाँले बताउनुभयो

आगामी दिनमा प्रत्यारोपण प्रतिष्ठान निर्माण गर्ने, सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने, पाँच सय श्ययाको सुविधा सम्पन्न केन्द्र बनाउनेलगायत लक्ष्य रहेको कार्यकारी निर्देशक डा श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव डा दीपेन्द्ररमण सिंहले केन्द्र स्थापनादेखि यसको विकासका लागि मन्त्रालय निरन्तर लागिरहेको चर्चा गर्दै केन्द्रलाई अगाडि बढाउन मन्त्रालयदेखि सबै निकायले हातेमालो गर्नु आवश्यक भएको उल्लेख गर्नुभयो ।

सांसद प्रेम सुवालले अस्पतालका लागि जग्गा उपलब्ध गराउने जिम्मेवारी सरकारको भएको बताउनुभयो । सांसद दुर्लभ थापाले भक्तपुर नगरपालिकाले आयोजना गरेको एक हजार दुई सय रोपनीको जग्गामध्ये १० रोपनी मानव अङ्गको अस्पताल बनाउन दिनुपर्ने बताउनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बिरामीको चाप बढेकाले भवन विस्तारमा जोड दिनुपर्ने बताउनुभयो । सो अवसरमा २०८० सालमा उत्कृष्ट सेवा गरेबापत डा दिपेश श्रेष्ठलाई सर्वाेत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरिएको थियो ।

उत्कृष्ट सेवा दिएको भन्दै केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठ र डा कल्पनाकुमारी श्रेष्ठलाई समेत सम्मान गरिएको थियो ।
राष्ट्रिय समाचार समिति (रासस)

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले राष्ट्रिय खेल संघले विभिन्न जिल्लामा गठन गरेका जिल्ला संघका गतिविधिको पनि अनुगमन गर्ने बताएका छन् ।

भारतको केरलामा भएको प्रथम दक्षिण एसियाली कुरास प्रतियोगिताका पदक विजेतालाई बधाई दिन आयोजित कार्यक्रममा सदस्य–सचिव घिसिङले सो कुरा बताएका हुन् ।

‘अब राष्ट्रिय खेल संघहरुको मात्र हैन, राष्ट्रिय खेल संघले विभिन्न जिललामा गठन गरेका जिल्ला संघको पनि अनुगमन हुन्छ ।’ सदस्य–सचिव घिसिङले भने– ‘कार्यसमिति बन्नु मात्र ठूलो कुरा होइन । कार्यसमितिले कस्तो कार्ययोजना ल्याउछ र त्यसलाई कति कार्यन्वयन गर्छ, त्यो हेर्न जरुरी छ । सम्बन्धित जिल्लामा कति खेलाडी छन् । कति प्रशिक्षक छन् । प्रशिक्षण भइरहेको छ कि छैन । के के गतिविधिहरु भइरहेका छन् । सबै कुराको अनुगमन हुन्छ ।’

बैशाख ७ देखि ८ गतेसम्म भएको उक्त प्रतियोगितामा २ स्वर्ण र ३ रजत गरी ५ पदक जित्दै नेपाल दोश्रो भएको थियो । दिक्षा मगर र योगेन्द्र विष्टले स्वर्ण पदक जितेका थिए । परि घर्ती मगर, अर्जुन क्षेत्री र दीपिका अछाजुले रजत पदक प्राप्त गरेका थिए । दिक्षा जुनियरतर्फ उत्कृष्ट खेलाडी घोषित भएकी थिइन् । प्रतियोगितामा नेपालसहित आयोजक भारत, बंगलादेश, माल्दिभ्स र श्रीलंका ५ राष्ट्र सहभागी थिए ।

काठमाडौँ । मंगलबार अपरान्ह चार बजेतिर कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आइपुगेका छन् । उनलाई रास्ट्रपति रामचन्द्र पौडेलले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको थियो ।

कतारी राजाको सवारी हुँंदा रुट खाली गरिएपछि यात्रीहरुले सास्ती भाेग्नु परेको छ । 

यातायात आवतजावतमा ठप्प गरिएपछि विभिन्न स्थानमा पुग्नुपर्ने यात्रीहरु पैदल हिँड्न बाध्य भएका हुन् ।

रत्नपार्क ,सुन्धारा हुँदै कोटेश्वर ,भक्तपुर जाने यातायात कुरेर त्रिपुरेस्वरमा बसिरहेकी एक महिलाले भनिन् `म यहाँ गाडि कुरेको एक घण्टा हुन लागिसक्यो । अहिलेसम्म एउटा बस आको छैन । आज कता राजा आउँछ भन्थे ,आएछन् क्यार ´ उनी थप्छिन `आफ्नो देशको जनतालाई दु:ख दिएर बाहिर देशको राजा आउँदा किन यस्तो गरेको होला ?´ 

 थानीलाई एअरपोर्टबाट तीनकुने, नयाँबानेश्वर, माइतीघर, शहिदगेट, दरबार मार्ग, बालुवाटार हुँदै राष्ट्रपति कार्यालय शीतल निवास पुर्याएपछी सडकलाई खाली गराइएको थियो  ।

दुइदिने राजकीय भ्रमणका लागि नेपाल आएका थानी बुधबार फर्कने कार्यतालिका रहेको छ ।

https://www.khabarpetika.com/2024/04/23/1685

बारा । इलाका प्रहरी कार्यालय अमलेखगञ्जमा १० राउन्ड लोड भएको पेस्तोल हराएको छ। सोमबार राति गाँजाको तस्करी भइरहेको सूचना आएपछि गस्तीमा गएको वरिष्ठ प्रहरी नायब निरीक्षक पूज्य बिसीले बोकेको १० राउन्ड लोड भएको अटोमेटिक पेस्तोल हराएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

अप्रेसनमा १० किलो गाँजासहित एक जनालाई पक्राउ गरिएको तथा हराएको पेस्तोलको बारेमा खोज तलासको साथै वरिष्ठ प्रहरी नायब निरीक्षक बिसीलाई जिल्लामा बोलाएर अनुसन्धान सुरु गरिएको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दघिराम न्यौपानेले जानकारी दिनुभयो।

सिन्धुली । कमलामाई नगरपालिका-८ बाधठेडा जंगलबाट भरूवा बन्दुक १ थानसहित सोही नगरपालिका-८ खरबाह बस्ने ४५ वर्षीय हिरालाल स्याङताङलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो । पक्राउ पर्नेलाइ हिरासतमा लिएर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बाँके । नेपालगंज उपमहानगरपालिका-१३ लोनियनपुरूवाबाट कटुवा पेस्तोल १ थान, उक्त पेस्तोलको गोली १ थान र मोबाइल ३ थानसहित ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा नेपालगंज उपमहानगरपालिका-२३ बस्ने सदराम बागवान, साकिर अली बागवान र सोही उपमहानगरपालिका-१४ बस्ने हुसेन बागवान रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले भे.६ प ४९०२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पेस्तोलसहित फेला पारी पक्राउ गरेको हो ।

पक्राउ पर्नेलाइ हिरासतमा लिएर प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जनकपुर । जनकपुरको रामानन्दचोकमा रहेको होटल होलिडे एन्ड गेष्ट हाउसमा दुई जना मृत अवस्थामा फेला परेका छन् ।

मंगलवार बिहान होटलको कोठा नम्बर २०५ मा महोत्तरीको पिपरा गाउँपालिका–३ का ३१ वर्षीय हितेन्द्र पासवान र महोत्तरीको लोहारपट्टी नगरपालिका –४ खट्टाकी २५ वर्षीया प्रियंका कापर दुवै जना झुन्डिएर मृत्यु भएको अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए ।

कोठाभित्र बच्चा रोइरहेको आवाज सुनेपछि होटलका कर्मचारीले झ्यालबाट हेर्दा दुई वयस्कहरू झुन्डिएको अवस्थामा देखे पछि प्रहरीलाई खबर गरेका थिए ।

धनुषाको प्रहरी टोलीले घटनास्थलमा पुगेर ढोका फोडेर बालिकालाई बाहिर निकालेको थियो ।​ प्रहरीका अनुसार साढे २ वर्षकी बालिका प्रियंकाकी छोरी हुन् ।

उनीहरू विगत चार दिनदेखि सोही होटेलमा बस्दै आएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको अवाले बताए ।

काठमाडौँ । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आइपुगेका छन्।

थानी मंगलबार अपराह्न ४ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। उनलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल विमानस्थल पुगेका छन्।

उनको यो भ्रमणबाट कतार र नेपालबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीले बताएका छन्।

काठमाडौं । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव अमेरिका जाने भएका छन् ।

जनसंख्या विकास सम्बन्धी ३०औं अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन २७ अप्रिल ९१६ वैशाख०मा मन्त्री यादव सहितको टोली अमेरिका जान लागेको मन्त्रालयका समन्वय महाशाखा प्रमुख डा. चुमनलाल दासले जानकारी दिए ।

मन्त्री यादवको नेतृत्वमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समन्वय महाशाखा प्रमुख डा. चुमनलाल दास, जनसंख्या महाशाखा प्रमुख विनोदबहादुर कुँवर, मन्त्री यादवका स्वकीय सचिव भवनाथ खतिवडा र परराष्ट्र मन्त्रालयका सहसचिव रहनेछन् ।

‘सम्मेलनमा जनसंख्या विकास सम्बन्धी नेपालको धारणा प्रस्तुत हुनेछ ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नीजि क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानीमैत्री वातावरण छ भनेर सन्देश प्रवाह गर्नुपर्ने बताएका छन्।
नयाँ वानेश्वरस्थित लगानी बोर्डको कार्यालयमा मंगलबार बसेको बैठकमा उनले विकास र समृद्धिका लागि नीजि क्षेत्रलाई नियन्त्रण गर्ने नभइ सहजीकरण गर्नुपर्ने बताएका हुन्।
प्रधानमन्त्री दाहालले आजको विश्वमा ⁠विकासलाई नियन्त्रण गर्ने सोच ग्राह्य नहुने बताउँदै विकासलाई प्रोत्साहन गर्ने नीति लिँदा मात्र जनताको चाहनालाई सम्बोधन गर्न सकिने बताए। उनले लगानी सम्मेलनलाई सफल तुल्याउनका लागि सबैले सकारात्मक भावमा काम गर्नुपर्ने भन्दै लगानी सम्मेलनमा ‘इच्छा सूची’ प्रस्तुत गर्नेभन्दा पनि ठोस र व्यवहारिक परियोजना प्रस्तुत गर्नुपर्ने बताए।
‘लगानी सम्मेलनमा ‘विस लिष्ट’ होइन ठोस र व्यवहारिक परियोजना प्रस्तुत गरौँ, ⁠सम्मेलनअघि ऐन संशोधन गरेका छौँ, त्यसले लगानी बढाउन मद्दत गर्नेछ, त्यसैले पनि ठोस र व्यवहारिक योजनाहरू दिनुपर्छ, ⁠नयाँ सन्देश दिनेगरी सम्मेलन गरौँ,’ उनले भने।
error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।