२०८२ कार्तिक २९ शनिबार
२०८२ कार्तिक २९ शनिबार

सदस्य–सचिव घिसिङले गरे स्वास्थ्य परिक्षणको अवलोकन

काठमाडौं, बैशाख ७ । राष्ट्रिय खेलकुद परिषद्(राखेप)का सदस्य–सचिव टंकलाल घिसिङले मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका विभिन्न ५ खेलका खेलाडी र प्रशिक्षकको स्वास्थ्य परिक्षणको शुक्रबार अवलोकन गरेका छन् ।

खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रको समन्वयमा भएको स्वास्थ्य परिक्षणअन्तर्गत खेलाडी तथा प्रशिक्षकको भिटामिन बी १२, भिटामिन डि, थाइराइड फङसन र इको जाँच गरिएको थियो ।

मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा तेक्वान्दो, कराते, उसु, जुडो र बक्सिङका ५० खेलाडी तथा १० प्रशिक्षक गरी ६० जना छन् ।

चेस टोली रुस जाने


एसियन सिटी चेस टिम च्याम्पियनसिपमा सहभागी हुन ५ खेलाडीसहित ६ सदस्यीय टोली शनिबार रुस जाने भएको छ ।

अप्रिल २० देखि ३० तारिखसम्म हुने प्रतियोगितामा पुरुषोत्तम चौलागाईं, सुश्रुत दाहाल, गोविन्दमान श्रेष्ठ, इन्द्रकुमार बस्नेत र सागर श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । गत पुसमा भएको छैटौं तुल्सीलाल अमात्य स्मृति राष्ट्रिय क्लब टिम चेस प्रतियोगिताबाट खेलाडी छनोट गरिएको उक्त प्रतियोगिताका संयोजक राजु ताम्राकारले जनाएका छन् । उक्त प्रतियोगितामा यि पाँच खेलाडीको टिम पहिलो भएका थियो । अफिसियलमा सजल कार्की छन् ।


टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरेका थिए ।

हाप्किडो सुरु
नुवाकोट जिल्ला स्थित बेलकोटगढी नगरपालिकामा आजबाट नुवाकोट आमन्त्रित ओपन हाप्किडो राष्ट्रिय प्रतियोगिता सुरु भएको छ ।


उक्त राष्ट्रिय प्रतियोगिताको उद्घाटन संघिय सांसद माननीय बिमल सुबेदीले गरेका छन । नुवाकोट जिल्ला हाप्किडो संघको आयोजना र नेपाल हाप्किडो संघ तथा बागमती प्रदेश हाप्किडो संघको सहकार्यमा भएको कार्यक्रममा बागमती प्रदेश सभा सांसद माननीय राम प्रसाद ढुङ्गाना, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको प्रमुख स्वकीय सचिव नवीन पुडासैनी र नेपाल हाप्किडो संघको केन्द्रीय अध्यक्ष काली बहादुर घर्ती मगर लगायतको उपस्थित रहेको थियो ।


टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।