२०८२ कार्तिक २८ शुक्रबार
२०८२ कार्तिक २८ शुक्रबार

प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट : उद्धारका लागि पहल गरिदिन आग्रह

काठमाण्डौ । हमासको आक्रमणपछि इजरायलमा बेपत्ता भएका विपिन जोशीको परिवारले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका छन् । जोशीका बुबा–आमासहितको टोलीले आज बिहान प्रधानमन्त्री प्रचण्डसँग बालुवाटारमा भेट गरी विपिनको सकुशल उद्धारका लागि पहल गरिदिन आग्रह गरेका छन् ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले आफू विपिनको रिहाइका लागि चिन्तित र गम्भीर रहेको बताएका छन् । साथै विपिनको रिहाइका लागि निरन्तर पहल भइरहेको र छिटै सकारात्मक परिणाम आउनेमा आशावादी रहेको बताएका छन् ।

गएको असोजमा हमास लडाकु समूहले इजरायलमा गरेको आक्रमणमा परि १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो । त्यस बेला कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विपिन जोशी सम्पर्कविहीन हुनुभएको थियो । उहाँको अवस्था अहिलेसम्म थाहा हुन सकेको छैन ।

रासस

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।